-एनआरएनए अमेरिकाको निर्वाचनको सम्पन्न, अध्यक्षमा बुद्धि सुबेदी बिजयी

एनआरएनए अमेरिकाको निर्वाचनको सम्पन्न, अध्यक्षमा बुद्धि सुबेदी बिजयी, पुरै लिष्ट सहित

Hollywood Khabar May 30,2021 Comments

कृष्ण के सी, अमेरिका, मे ३०, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालको निर्वाचन यहि मे २९ र ३० मा अनलाइन मतदानद्वारा सम्पन्न भयो। मे २९, २०२१ को बिहान ८:०० बजे पूर्वीय समयमा सुरु भएको निवाचन मे ३०, २०२१ को राति ११:५९ पूर्वीय समयमा सम्पन्न भयो।

एनआरएनए एनसीसी अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले दिएको आधिकारिक रिपोर्ट अनुसार यो पटक जम्मा २०,१३९ मतदाता थिए। त्यसमध्ये १५,७६८ अर्थात ७८.३२% मत खस्यो। त्यसमा ५,६१८ मत ल्याएर बुद्धि सागर सुबेदी अध्यक्षमा निर्वाचित भएका छन्। उनका निकटम प्रतिद्वदी कृष्ण लामिछानेले ५,२३३ मत ल्याए। त्यसैगरी डा अर्जुन बन्जाडेले ४, १२८ मत र तिलक के सीले ५६७ मत प्राप्त गरेका छन्।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका २०२१ का बिजयी उम्मेदवारहरु

  1. अध्यक्षमा-बुद्धि सागर सुवेदी
  2. बरिष्ठ उपाध्यक्षमा-कृष्ण जीबी पन्त
  3. उपाध्यक्ष-गोपेन्द्र भट्टराई
  4. उपाध्यक्ष-सुमन थापा
  5. उपाध्यक्ष-डिलु पराजुली
  6. बिकाश राज उप्रेती
  7. उपाध्यक्ष-दिक्षा बस्नेत (महिला तर्फ)
  8. महासचिव-अन्जन कुमार चौलागाइ
  9. सचिव-अनुप खनाल
  10. सचिव-सुनिता कंडेल (महिला तर्फ)
  11. कोषाध्यक्ष-राजीव श्रेष्ठ
  12. सहकोषाध्यक्ष-अग्नि ढकाल
  13. महिला संयोजक-सुन्दरी गुरुङ
  14. युवा संयोजक-त्रिभुवन पाण्डे
  15. प्रवक्ता- खाली पछि मनोनित गरिने
  16. बोर्ड सदस्य बिसाल राना
  17. बोर्ड सदस्य प्रकाश श्रेष्ठ (मेडिकल डाक्टर)
  18. बाला राज घिमिरे
  19. डोलनाथ घिमिरे
  20. प्रभात सापकोटा
  21. ज्ञानेन्द्र गुरुङ
  22. सन्तोष पहारी
  23. आशिष संग्रौला
  24. शान्ति पौडेल
  25. बिश्वो राज बास्तोला
  26. दुर्गेश कार्की
  27. राज ढुंगाना

अन्तराष्ट्रिय परिषद सदस्य

  1. अमृत सापकोटा
  2. संजीव कुमार श्रेष्ठ
  3. बिन्दु निरौला
  4. सुरेन्द्र मल्ल
  5. संजय थापा
  6. गोविन्द सुबेदी
  7. नारायण कंडेल
  8. बिनोद तिवारी
  9. बिष्णु शाह