अर्जुन राज पन्त
कुन स्तरकाे फट्याइ हाे, यस्ता ठाउँमा भा काे ?
अध्यक्षले भान्से चालक ,बनि भत्ता खा काे !
मर्यादामा कँहा नेर ,तिम्लाई हाेला गन्नि?
त्यो शभाकाे अध्यक्ष कि ,चालक उसकाे भन्नि !
भान्से र चालककाे नि आफै तलब खाकाे !
चुनाब जिति भान्से हाे कि,चालक पाे हाे भा काे ?
भान्से र चालक बन्न, त्यस्ता ठाँउमा जानि !
रहरै छ तिम्लाई भने, त्यस्ता भत्ता खानि !
शुरु गर अर्को पेशा, यस्तो शभा छाडि
चलाउ बरु सुनाैलिका, रात्री कालिन गाडि
राजधानीलाइ छाेडि कतै, जान्नाै भने पनि
त्यहि चलाउ ट्याम्पु माइक्रो, पाउछाै गनिगनि
चालक भान्से अध्यक्ष, सबै बन्न मान्नि
परिआए सबै काम रैछाै गर्न जान्नी
बहुमुखी क्षमताका, रैछाै तिमि धनी
तिम्ले गाडी चलाएसि, चहिन्न अर्को पनि
सबै आफैं गर्ने भएसि, कस्काे चाहियाे भर
ड्राइभर तिमि आफैं छाै, खलासि नि गर
चालकै काे रहर भएसि, क्यार्नु तिम्लाई सत्ता!
रातमा गाडि चलाएसि, राम्रै मिल्ला भत्ता
भान्से तलब खाने पनि, तिम्रो रहर छ र ?
शुरु गर काम कतै ,खाेजि भान्सा घर
पर्दैन भाे खाेज्न पनि ,त्यति टाढा जान
सुन्धारा मै ओर्ले पछि, भेट्छौ थानका थान
कुन भान्सामा काम गर्ने हाे, थकाली कि नेवार?
छान आफैं त्यहि तिमि, पुर्याउ त्यो नि रहर !
चुनाब नै जितिकन, त्यसता ठाउँमा गयाै
लाजै नभै चालक भान्से, सबै आफैं भयाै
जुन पदकाे नि तलब खायाै, त्यहि नाम पनि भन्लान !
मानिकन चालक भान्से, त्यहि दर्जामा गन्लान
भत्ता खान चालक भान्से, बनेउ तिमी सब
मर्यादामा कुन चाँहि स्थान पाउँला तिम्ले अब !
*****************************
****लेखक/कविका अन्य रचनाहरु****
ब्याङ्गय कतिवा: बेच्देउ बेच्देउ, टुंडीखेल नि बेच्देउ
https://hollywoodkhabar.com/becheu-tundikhel-panta
NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा
https://hollywoodkhabar.com/nrna-story-yamalok
व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला
https://hollywoodkhabar.com/netaka-maala-chyapiyera
व्यंग्य कविता:दुइ पाइलटी जहाज
https://hollywoodkhabar.com/dui-pailati-jahaj
मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे
https://hollywoodkhabar.com/dui-pailati-jahaj
कुकुर पालन
https://hollywoodkhabar.com/kukur-palan-panta
संघिय जहानियाँ गालातन्त्र
https://hollywoodkhabar.com/sanghiya-jahaniya-galapanta
दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ
https://hollywoodkhabar.com/durbal-bakhri-secrefice
घर फोर्नु कुखुरा नचोर्नु
https://hollywoodkhabar.com/ghar-kukhura-panta
सिंह दरवार फेरियो मुहार ?
https://hollywoodkhabar.com/sinha-darwara-panta
नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ
https://hollywoodkhabar.com/naya-yug-panta
सांसदको डेरा: फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा
https://hollywoodkhabar.com/fatyai-mp-houserentnepal
राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान
https://hollywoodkhabar.com/rastrapati-bhayo-atipant
नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त
https://hollywoodkhabar.com/nepal-vs-netapalpanta
डा बाबुराम भट्टराईलाई खाल्टे पत्र
https://hollywoodkhabar.com/drbhattarai-khalte-patraa
गुहार बामदेव गुहार
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...