कृष्ण के सी/अमेरिका/३/१२/२०
कोरोना भाइरसले अमेरिकाका सबैजसो राज्यहरु संक्रमित बनाएको बेला क्यालिफोर्नियाका गभर्नर ग्याविन न्यूसमले सम्पूर्ण खाले जनमास जमघट माथि प्रतिबन्ध लगाएका छन्। जमघट या ग्यादरिङ्ग भन्नाले कुनै पनि ठाउँ, कोठा या स्थान सबैखाले भेटघाटलाई भनिएको छ।
गभर्नर न्यूसमद्वारा मार्च १२, २०२० मा जारि गरेको निर्देशनमा उनले क्यालिफोर्निया हेल्थ अधिकारीहरुको निर्णय अनुसार तत्काल सम्पूर्णखाले मास ग्यादरिङ्ग नगर्न भनेका छन्। खेल, कन्सर्ट, सभा-सम्मेलन, कर्पोरेट बैठक जस्ता खाले ठूला जनमास जम्मा हुने कार्यक्रम नगर्ने निर्देशन दिएका छन्। यस्ता भेटघाटहरु कम्तिमा पनि मार्चको अन्तिम सम्म रद्द गर्न या सार्न भनेका छन्।
आफन्त र पारिवारिक भेटघाट, ब्यबसायीक भेटघाट पनि रद्द गर्न निर्देशन दिएका छन्। गभर्नर न्यूसमले यस्ता जमघटमा पनि २५० जना भन्दा कमको उपस्थिति गर्न र व्यक्तिहरुको आपसी दुरी (६ फिट भन्दा टाढा) अर्थात सोसल डिस्ट्यान्स कायम गर्न अन्यथा भेटघाट नगर्न निर्देशन दिएका छन्।
रिस्क भएका नागरिकहरु जस्तो बृद्धहरु, क्यान्सर, डायविटिक, मुटु र हृदय रोगी जस्ताहरुको भेटघाट १० जना भन्दा कम र त्यसमा पनि सोसल डिस्ट्यान्स अर्थात व्यक्तिहरुको आपसी दुरी ६ फिट टाढा अनिवार्य रुपमा कायम गर्नुपर्ने छ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...