विश्व नवीकरणीय उर्जा संघ (इरिना) को अबुधावीमा भएको वाषिर्क साधारण सभा

फोहोरबाट उर्जा निकाल्न यूएईले नेपाललाई एक करोड डलर दिने

Hollywood Khabar January 11,2020 Comments

२८ पुस,काठमाडौं।नेपालको सहरी फोहोरबाट आधुनिक उर्जा उत्पादन प्रयोजनका गर्न संयुक्त अरब इमिरेट्स (यूएई) ले एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड) रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने भएको छ ।विश्व नवीकरणीय उर्जा संघ (इरिना) को  अबुधावीमा भएको वाषिर्क साधारण सभाको अवसरमा अबुधावी फण्ड फर डेभलपमेन्टअन्तर्गत नेपाललाई एक करोड अमेरकी डलर दिने घोषणा गरिएको हो ।उक्त रकमबाट विभिन्न ६९ वटा नगरपालिकामा फोहोरबाट ठूला बायोग्यास आयोजना सञ्चालनका साथै प्रांगारिक मल उत्पादन गरिने मन्त्री पुनले बताए। आइरिनाको प्राविधिक सहयोगमा विभिन्न मुलुकबीच सात चरणमा भएको प्रतिस्पर्धामा नेपालसहित बुर्निका पासो, चाड, क्युबा, सेण्ट लुसिया, माल्दिभ्सका साथै एण्टिगुवा र बर्मुडा सहुलियतका लागि छानिएका थिए ।

सभामा नेपालबाट सहभागी उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले उक्त सहुलियत कर्जा स्वीकार गर्दै नेपाललाई छनोट गरेकामा धन्यवाद दिए । सम्मेलनमा सहभागी वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीलेउक्त फण्डबाट नेपालले ठूला बायोग्यास र नगरपालिकास्तरको फोहोरबाट उर्जा उत्पादन गर्ने परियोजनाहरुमा न्यून ब्याजदरमा कर्जा प्रवाह गर्ने सुविधा प्राप्त हुने जानकारी दिए ।यो सहयोगबाट नेपालका ६९ नगरपालिकामा फोहोरबाट उर्जा परियोजना लागू गरी उर्जा र प्रांगारिक मल उत्पादन गरिनेछ ।

सम्मेलनमा नेपालका तर्फबाट मन्त्री पुनका साथै प्रतिनिधिभसभा सदस्यहरु राधाकुमारी ज्ञवाली, राजबहादुर बुढा, भुमी त्रिपाठी, उर्जा मन्त्रालयका सहसचिव मधूप्रसाद भेटुवाल, वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारी, नेपालका लागि यूएईका राजदूत कृष्णप्रसाद ढकाल र मन्त्री पुनका स्वकीय सचिव दुर्गाप्रसाद चापागाई सहभागी छन् ।