-जनसम्पर्क क्यानडाकाे अनुरोध:निलम्बित निरन्जन थापाकाे गलत प्रचारमा विश्वास नगरौँ

जनसम्पर्क क्यानडाकाे अनुरोध:निलम्बित निरन्जन थापाकाे गलत प्रचारमा विश्वास नगरौँ

Hollywood Khabar September 30,2020 Comments

नेपाली काँग्रेसकाे अन्तर्राष्ट्रिय संगठन जनसम्पर्क समिति क्यानडाले एक विज्ञप्ति प्रकाशित गर्दै संगठनकाे नाम जाेडेर विभिन्न हर्कत नगर्न निरन्जन थापालाई चेतावनी दिएको छ।

कार्यवाहक सभापति चन्दा अधिकारी र महामन्त्री बसन्त कार्की द्वारा जारी विज्ञप्तिमा नेपाली जनसम्पर्क समिती क्यानाडाको नाम लिएर यस संस्थाबाट अनुशासनको कार्बाही गरेर निस्कासित निरन्जन थापा भन्ने व्यक्तिले आफु यस संस्थाको महामन्त्रि हु भन्दै नेपालका केन्द्रिय नेता गणलाई समेत छलकपट गरी विभिन्न भर्चुअल कार्यक्रम गर्ने, यस संस्थाको लोगो को दुरपयोग गर्ने, र संस्थाको निष्ठा प्रतिष्ठा र सामाजिक प्रतिष्ठामा आँच आउने गरी बिभिन्न क्रियाकलाप गर्दै आएकोले भ्रममा नपर्न आग्रह गरिएको छ ।निज थापाले जनसम्पर्क समितीको समयअवधि सकिएको भन्ने भ्रमको खेती गर्दे हिडेको र उक्त भ्रम पनि सत्य नभएको बताइएको छ।

यस संस्था को क्यानडाको संस्था दर्ता ऐनको बिधान धारा ११ को खण्ड (ख) बमोजिम संस्थको एक कार्यकाल कम्तिमा ३ बर्षको हुने कुरा पनि यहाँ हरुलाई अवगत गराउन चाहन्छौ र नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितीको बैठक ले नेपाली जनसम्पर्क समिती क्यानाडा लाई गत बर्ष मिति २०७६ कार्तिक ०५ को चलानी नं. १७४ को पत्रमा पार्टीको बिधान बमोजीम यही मिती बाट मान्यता प्रदान गरी संस्थाको काम काज अगाडी गराउन सभापती बुद्धि प्रकाश वली र निर्बाचित कार्यसमिती लाई निर्देशनात्मक पत्र समेत प्राप्त भएको अवस्थामा यस किसीमको गलत प्रचारबाजी र मिडिया बाजी गर्दै आएकोमा निज निरन्जन थापाको यस किसिमको हर्कत बाट सम्बन्धित सरोकारवाला हरु लाई सतर्क हुन हार्दिक अनुरोध गर्दछौ विज्ञप्तिमा भनिएको छ ।

आगामी दिनमा यस्ता हर्कत नगर्न र निज थापाको भ्रममा नपर्न सम्पुर्ण महानुभावहरुलाई अनुरोध गरिएको छ। उक्त विज्ञप्तिकाे बाेधार्थ सभापति शेर बहादुर देउवा,अनुशासन समिति,नेपाली काँग्रेस केन्द्रिय कार्यालय, गोबिन्द भट्टराई, जनसम्पर्क समिती समन्वय बिभाग प्रमुख आदि ठाउँमा गरिएको छ।