Arjun Raj Panta

कुकुर काण्ड

Hollywood Khabar February 24,2019 Comments

अर्जुन राज पन्त
गर्ला भनि घरको रक्षा पाले कुकुर मैले
के को गर्नु रक्षा हजुर घाडो भा छ ऐले

दुइ घरको कलो जुठो खादा मिठो मानी
त्यहि भएर बिग्रो कि खै यो कुकुरको बानी

कुन कलोमा बिगार पर्यो अचम्मै पो भा छ
निस्वार्थी त्यो प्राणि पनि स्वार्थी हुदै गा छ

घरै फोर्ने चोर आउदा टाँड मुनि लुक्छ
कलो खाने बेला भए सेवा लाउन भुक्छ

अनायसै भुक्यो आज बिघ्न कतै भो कि
बिरामी ति बुढी आमा बढ्यो कि खै खोकी

जर्फराउदै उठे राति हेरे तल माथि
के भएर भुक्यो भन्दै अधेरिको साथी

देखाउनलाइ केहि जस्तै वरिपरि घुम्याे
चम्रे पुच्छर डाेल्याउदै आफ्नै भाँडाे शुँघ्याे

हन्तकारी शान्त पार्न कलो थपे मैले
के भएर यस्तो गर्छ सोच्न थाले ऐले

भुक्नै छाड्यो स्याललाई देख्दा शाधु देख्दा भुक्छ
कलो खान सेवा लाउँछ अरु बेला लुक्छ

कुखुरा चोर्ने स्यालसँग साख्खै हुन जान्छ
उनले फाल्या टाउको खुट्टा मिठो मानि खान्छ

टोलै भरका कुकुरको नाइके जस्तो गरी
सबै कुकुर हिड्दा रैछन उसका वरिपरी

स्यालले फाल्या खुट्टा खादा नभरिएर पेट
उसको कलो खादा रैछन हुँदा जम्मा भेट

बन कुकुर र धर कुकुरकाे हुँदा आज दोश्ती
यिनकाे रैछ माेजमस्ती मलाइ दिए शास्ती

अरु पाल्ने जिम्मा समेत लेको रैछ यैले
खेद्छु अब यस्तो डाम्नो पल्दिन भो मैले !!!!

****लेखक/कविका अन्य रचनाहरु****

समयकाे माग भ्यालेन्टाइनमा बिदा

ब्यङ्ग्य कविता :मन गणना

व्यङग्य कविता:भीउ टाओर कि निहुँ टाओर

नारी दिबश बिशेष ब्यङग्य कविता:बुहारी पाइने पशल

ब्यङग्य कविता:अचम्मको हल

ब्यङग्य कविता:बतासे भ्यालेन्टाइन

ब्यङग्य कविता:नाटक हेर्नी कि नाैटङ्की हेर्नि

ब्यङग्य कविता:भद्र गाेल

ब्यङग्य कविता:भाले मेवा

ब्यङग्य कविता:काेइली तिहार

ब्यङग्य कविता:बली प्रथा; धर्म यस्ताे भए पाप कस्ताे

ब्यङग्य कविता:रेल कि झेल

ब्यङ्ग्य कविता:माननिय कि ताननिय

ब्यङग्य कविता:सर्पलाइ अर्व

ब्यङग्य कविता:नाता तन्त्र

ब्यङ्गय कविता- नमिलेकाे हल

ब्यङग्य कविता:भैँसीगाेठे क्वारेण्टीन

ब्यङ्ग्य कविता:काेदाे र ताेरी भाँडा भरि

ब्यङ्ग्य कविता:भ्रुण हत्या

ब्यङ्ग्य कविता:दाेषी तुलाे

कविता:मेराे प्याराे बाग्लुङ्गकाे पहिचान

ब्यङ्ग्य कविता:न जिबनकाे मुल्य न उखुकाे, नुनिलाे चिनी

ब्यङ्ग्य कविता:मालाले ज्यान खाला, थोरै माला लाए भने हेप्नी भन्छन भनि

नारी अस्त्र ब्रह्मास्त्र ब्यङ्ग्य कविता

ब्यङ्ग्य कविता:गिद्ध बाबा

दुष्ट छिमेकी

पहिलाे नेपाली ब्यङ्ग्य काब्य काेइलीको बिमाेचन

डाेजर काण्ड-अर्जुन राज पन्त

ब्यङ्ग्य कविता,बली प्रथा:धर्म तिम्रो यस्ताे रै छ पाप चाँहि हुन्छ कस्तो ?

अमेरिकाबाट पन्तले उडाएको कोइली नेपाल पुग्दा पहिलो व्यंग्य काब्य बन्यो

ब्यङ्ग्य कविता:कोइली तिहार

ब्यङ्ग्य कवि पन्तको शर्म निरपेक्ष राज्य

ब्यङ्ग्य कविता:एप्पल माला

व्यंग्य कवि पन्तको व्यंग्य कविता:चाइनिज जनै

व्यंग्य कवि पन्तको तीज जात्रा-उमेर हदको सिमा तोक बयश्क मात्रै भनि

कृषि प्रधान शरिर

पिर्के सलाम

व्यङ्ग्य कवि पन्तको प्रकाशााेन्मुख व्यङ्ग्य काब्य काेइलीबाट एक टुक्रा

ब्याङग्य कविता:पद एक तलब अनेक

व्यंग्य कतिवा: बेच्देउ बेच्देउ, टुंडीखेल नि बेच्देउ

NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा

व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला

व्यंग्य कविता:दुइ पाइलटी जहाज

मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे

कुकुर काण्ड

संघिय जहानियाँ गालातन्त्र

दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ

घर फोर्नु कुखुरा नचोर्नु

सिंह दरवार फेरियो मुहार

नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ

फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा

राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान

नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त

डा बाबुराम भट्टराईलाई खाल्टे पत्र

गुहार बामदेव गुहार