https://www.youtube.com/embed/U7G07IJeqb0

-Arjun Raj Panta

ब्यङग्य कविता:बली प्रथा; धर्म यस्ताे भए पाप कस्ताे ?

Hollywood Khabar October 16,2020 Comments

-अर्जुन राज पन्त, बाग्लुङ मुलपानी, अक्टुवर १६, २०२०

लैना पाँडा दुधे पाठा परेवाका चल्ला
बली दिँदै गर्ने अझ धर्म भनि हल्ला ।

मासु खाने रहर भए काट अन्तै बरु
मन्दिरमा बली नदेउ पशु पन्छी अरु

तिमी मात्र जान्नौ त्याहाँ जान्छन् अरु पनि
बाल बच्चा सबै त्यहाँ दर्शन गर्न भनि

साथ लागेर बाउआमाको बच्ची त्याहाँ गा 'कि
बली दिएको दृश्य देखि झण्डै बेहोस भा 'कि

रुँदै रुँदै भनि उसले मेरो मने पाठी
लतारेकाे किन अाज काटी उसकाे घाँटी

देख्दाखेरी रगत आज मन्दिर वरिपरि
नराम्ररी तर्सि बच्ची रुँदै बिलाप गरि

पुजा गरे बाउआमाले उसले मुहार छोपि
झिकिकन उसका बाउको शिरमा भा' को टोपी

न त खाइ प्रसाद केहि न त लगाइ टिका
यस्ता ठाँउमा नलेउ भन्दै राखि निधार फिका

बलीयोले निर्धा प्राणी काट्दा यसो गरि
गलत सन्देश दियो कि खै यस्ले लोकै भरि

मन्दिरको भिडलाइ हेर्न बिदेशी नि आ'को
सबै थरि दृश्य खिच्ने क्यामरा नि भा' को

एकाेहाेराे हेर्याे त्यहाँ खाेज्याे फाेटाे खिच्न
किन काँमे उसका हात खै सकेन त्याे थिच्न

बली दिएकाे दृश्य देखि भइ निकै दङ्ग
के गरेकाे यस्तो भन्दै शाेध्याे सबै सङ्ग

एउटै उत्तर पायाे उसले धर्म गर्या भनि
छक्कै परि गर्याे उसले अर्को प्रश्न पनि

लाै त देखाउ अरु त्यस्ताे मैले भने जस्ताे
धर्म भन्ने यस्तो रै छ पाप चाँहि हुन्छ कस्तो ?

घुम्दै आउला फेरि अर्को एकादशिका दिन
शाेध्ला पश्न बधशाला याे बन्द भयाे किन ?

पशुत्वकाे बली देउ चाैपाँयाकाे हैन
धर्म हाेला बल्ल त्यँहा पाउला मनमा चैन

सके राेक यस्तो प्रथा राेज अर्को बाटो
नरिवलकाे बली देउ चाैपाँयाकाे साटाे ।

सक्दैनाे त्याे राेक्न भने अर्को मेसाे गर
बनाउ एउटा बधशाला त्याे मन्दिर भन्दा पर

काेहि कसैलाइ जानै नदेउ त्यसका वरिपरि
जे मन लाग्छ त्यतै गर नदेखिने गरि

पशुत्वकाे बली देउ जुन छ तिमी भित्र
अनि बल्ल फेरिनथ्याे कि याे समाजकाे चित्र

**ब्यङग्य कवि पन्त नेपाली साहित्यकाे पहिलाे ब्यङग्य काब्यकार समेत हुन**

****लेखक/कविका अन्य रचनाहरु****

 

ब्यङ्ग्य कविता: चाइनिज‌ सिन्का

ब्यङ्ग्य कविता:साहसी काेइली

ब्यङ्ग्य कविता: कोदो र तोरी भाग २ “धान खेतमा कोदो”

समयकाे माग भ्यालेन्टाइनमा बिदा

ब्यङ्ग्य कविता :मन गणना

व्यङग्य कविता:भीउ टाओर कि निहुँ टाओर

नारी दिबश बिशेष ब्यङग्य कविता:बुहारी पाइने पशल

ब्यङग्य कविता:अचम्मको हल

ब्यङग्य कविता:बतासे भ्यालेन्टाइन

ब्यङग्य कविता:नाटक हेर्नी कि नाैटङ्की हेर्नि

ब्यङग्य कविता:भद्र गाेल

ब्यङग्य कविता:भाले मेवा

ब्यङग्य कविता:काेइली तिहार

ब्यङग्य कविता:बली प्रथा; धर्म यस्ताे भए पाप कस्ताे

ब्यङग्य कविता:रेल कि झेल

ब्यङ्ग्य कविता:माननिय कि ताननिय

ब्यङग्य कविता:सर्पलाइ अर्व

ब्यङग्य कविता:नाता तन्त्र

ब्यङ्गय कविता- नमिलेकाे हल

ब्यङग्य कविता:भैँसीगाेठे क्वारेण्टीन

ब्यङ्ग्य कविता:काेदाे र ताेरी भाँडा भरि-भाग १

ब्यङ्ग्य कविता:भ्रुण हत्या

ब्यङ्ग्य कविता:दाेषी तुलाे

कविता:मेराे प्याराे बाग्लुङ्गकाे पहिचान

ब्यङ्ग्य कविता:न जिबनकाे मुल्य न उखुकाे, नुनिलाे चिनी

ब्यङ्ग्य कविता:मालाले ज्यान खाला, थोरै माला लाए भने हेप्नी भन्छन भनि

नारी अस्त्र ब्रह्मास्त्र ब्यङ्ग्य कविता

ब्यङ्ग्य कविता:गिद्ध बाबा

दुष्ट छिमेकी

पहिलाे नेपाली ब्यङ्ग्य काब्य काेइलीको बिमाेचन

डाेजर काण्ड-अर्जुन राज पन्त

ब्यङ्ग्य कविता,बली प्रथा:धर्म तिम्रो यस्ताे रै छ पाप चाँहि हुन्छ कस्तो ?

अमेरिकाबाट पन्तले उडाएको कोइली नेपाल पुग्दा पहिलो व्यंग्य काब्य बन्यो

ब्यङ्ग्य कविता:कोइली तिहार

ब्यङ्ग्य कवि पन्तको शर्म निरपेक्ष राज्य

ब्यङ्ग्य कविता:एप्पल माला

व्यंग्य कवि पन्तको व्यंग्य कविता:चाइनिज जनै

व्यंग्य कवि पन्तको तीज जात्रा-उमेर हदको सिमा तोक बयश्क मात्रै भनि

कृषि प्रधान शरिर

पिर्के सलाम

व्यङ्ग्य कवि पन्तको प्रकाशााेन्मुख व्यङ्ग्य काब्य काेइलीबाट एक टुक्रा

ब्याङग्य कविता:पद एक तलब अनेक

व्यंग्य कतिवा: बेच्देउ बेच्देउ, टुंडीखेल नि बेच्देउ

NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा

व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला

व्यंग्य कविता:दुइ पाइलटी जहाज

मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे

कुकुर काण्ड

संघिय जहानियाँ गालातन्त्र

दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ

घर फोर्नु कुखुरा नचोर्नु

सिंह दरवार फेरियो मुहार

नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ

फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा

राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान

नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त

डा बाबुराम भट्टराईलाई खाल्टे पत्र

गुहार बामदेव गुहार