सम्माननिय सभापति ज्यु; नेपाली काङ्ग्रेस- काङ्ग्रेस एक हौं बारे

Hollywood Khabar March 01,2017 Comments

सम्माननिय सभापति ज्यु

नेपाली काङ्ग्रेस 

केन्द्रिय समिती

        विषय:काङ्ग्रेस एक हौं बारे।

 

महोदय

            उपरोक्त सम्बन्धमा नेपाली काङ्ग्रेसको विगतको इतिहास अब इतिहासमा नै सिमित हुने हो कि भन्ने डर -त्रास चिन्ता मन्मा कत कता जागिरहेको छ।दुईमत नहोला नेपाली काङ्ग्रेसको अवस्था प्रजापरिषद जस्तै हुने त होईन?आउने पिढिको लागि हाम्रो पार्टी एउटा ऎतिहासिक दस्तावेजमा मात्र  सिमित हुन पुग्ने त होईन?

नेपाली काङ्ग्रेसको नेतृत्वमा आज मुलुक शान्ति सम्झौताको स्थितिमा आई नयाँ संविधान कार्यन्वयको प्रक्रियामा जुटेकोछ तर गाउँ इकाई देखि केन्द्रीय समिति सम्मको पार्टीको अवस्था दयनीय छ,पार्टीका सबै अंग अस्तव्यस्त छन्।सम्पुर्ण पार्ट पुर्जाहरुमा खिया लागेको अनुभुती भैइराखेको छ।यस्तो बिकराल अवस्थाबाट पार्टीलाई मुक्त गरि सम्पुर्ण "मेशिनरिलाई सुचारुपले संचालनमा ल्याउन म एक कार्यकर्ताको हैसियतले विनम्र अनुरोध गर्दछु।

आशा छ सभापति महोदयले यश प्रती गम्भीर भइ पार्टीबाट उचित ब्यबस्थापन भइ नेपाली काङ्ग्रेसलाई अझ प्रभावकारी,सक्षम र जनहितको पार्टीमा रुपान्तरण गर्न सफलता मिलोस भन्ने बिश्वास लिएकी छु।उचित अबसर पाएमा सबैको सल्लाह,सहानुभूति र सहयोगबाट सात बिकास क्षेत्रमा कार्य सुचारू गरि यश अवधारणाबाट उचित र पार्टी हितमुख प्रतिफल प्राप्त गराई छाड्ने छु।

श्रीमानको जो आदेश

भवदीय

शर्मिला अधिकारी बिराटनगर