बिदेशमा बस्ने नेपालीहरुमा नेपालको माया बढी रहेछ-गायक पौडेल

Hollywood Khabar August 17,2018 Comments

कृष्ण के सी/अमेरिका
बिहानै फेसबुक मेसेन्जरमा खवर आयो, खवर लामो थियो, सबै पढेर केहि प्रश्न सोधे अनि थोरै खोज-तलास गरे र यो दुइ शब्द खर्चन प्रयास गरे लोक गायक नविन पौडेलको लागि।

कहिले काहिं हामी एकै पटक वरिष्ठ, चर्चित र लोकपृय जस्ता शब्द अन्दाज र अति सम्मानको लागि पनि प्रयोग गर्छौं। वास्तबमा हेर्दा ति शब्दको अर्थ छ, निश्चित योग्यता पुगेको हुनुपर्छ। तर पनि शब्द निशुल्क छ हामी उदारोमा जति पनि लिन्छौं र दिन्छौं।

पछिल्लो समय दर्शकको घेरा बढाउँदै नेपाल बाह्रिर समेत पुगेका नविन पौडेल लोक तर्फका गायक रहेछन। केहि स्टेज सो का भिडियो पनि हेर। पहिला सुरुमा विस्तारै अनि गति बढाउंदै जाने चुट्के भजन र पश्चिम तिरका लोक भाका जस्तै गाउने नविनले दर्शक पनि तेही तालमा नचाउँदा रहेछन।

भर्खरै सम्पन्न गैरआबासीय नेपाली संघको युरोपियन भेलामा गाउनकै लागि युरोप पुगेका गायक नवीन पौडेलले लक्जेम्बर्गमा नेपालीहरुलाई छमछमी नचाए। युरोपका केहि थप देशहरुको कार्यक्रम सकेर नेपाल फर्किएका पौडेलले नै मलाइ मेसेन्जरमा आफ्ना बारे बताएका हुन्।

मेरो फेसमा थुप्रै कलाक्षेत्रका सर्जकहरु साथी हुनुहुन्छ, थोरै संगमा कुरा हुन्छ। फेसमा साथी भए पनि कहिल्यै कुरा नगरेका नविनसंग छोटो च्याप्ट भयो। केहि थप प्रश्न गरेपछि केहि अरु अनुसंधान र तलासी गरे। करिव ४५ मिनेट समय खर्चिए उनैका लागि। साच्चै हो रहेछ, नविन लोक लयका दर्शकहरुको माझ लोकप्रिय नै रहेछन्।

हुन त नेपाल बाहिर गएपछि काम र दामको चापले गर्दा गजल र आधुनिक गीत तेती मन पराइन्न्न। थाकेको ज्यान र कुँडिएको मनलाइ थोरै भए पनि नाचेर या थपडी पजाएर होस् मनोरंजन लिनु परेको हुन्छ। त्यसै कारण नेपाली मूभी हेर्ने भन्दा डिजे नाइट धेरै चल्छ।

नविनका केहि गीतहरु समाज भित्रका चित्र पनि रहेछन। त्यसै गरी अधिकार र बिरहका कथा पनि रहेछन। हलिउड खबरको लागि सोधिएको एक प्रश्नमा नविनले भने-नेपालको सबैजसो मुख्य शहरहरुमा गाइसकेको र उत्तिकै रुपमा दर्शकहरुको माया बटुलेको छु।

नविनको ऐलेको चलेको गीत भनेको-चार बजे स्कुलबाट घरमा आइनन भनि, बस्नुपर्छ बाउआमाले औँला गनि गनि, जोगाउनै गाह्रो फुलेको तोरिलाइ, बैँस आकि छोरिलाइ भन्ने हो।  

उनले भने बिदेशमा बस्ने नेपालीहरुमा कला सस्कृतीको माया र मोह अझ बढी रहेछ। योरोप मात्र होइन जापान, मलेसिया, युएइ, बाङ्लादेश लगायतका देशहरुमा पुगेर पनि तेस्तै नेपालीहरु पाए नविनले।