हलिउडखबर/काठमाण्डौ/५/२/२०
कास्की जिल्ला अन्नपूर्ण गाँउपालिका वडा नं. ११ हिङकु केभ ईलाकामा गएको हिमपहिरोमा परि बेपत्ता भएकाहरुको नेपाली सेनाद्वारा खोज तथा उद्धार गरिएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाद्वारा जारी विज्ञप्ति अनुसार २०७६ माघ ३ गते कास्की जिल्ला अन्नपूर्ण गाँउपालिका वडा नं. ११ हिङकु केभ ईलाकामा सो खोज तथा उद्धार कार्य भएको हो। हिमपहिरोमा परि बेपत्ता भएका ३ (तीन) जना नेपाली गाईड तथा ४ (चार) जना कोरियन पर्यटकहरु मध्ये २ (दुई) जना नेपाली गाईड र ३ (तीन) जना कोरियन पर्यटकहरुको शव नेपाली सेनाले पहिल्यै फेला पारिसकेको थियो।
फेला पर्न बाँकि १/१ (एक/एक) जना नेपाली र कोरियन नागरिकको शव पश्चिम पृतना हे क्वाको समन्वयमा विशेष फौज बाहिनी अन्तरगत पोखरामा रहेको सेकेण्ड रेञ्जर बटालियनबाट खट्टिएको खोज तथा उद्धार टोलीले मिति २०७७ वैशाख १९ गते फेला पारि २०७७ वैशाख २० गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याई पुर्याएको छ। यससँगै उक्त हिमपहिरोमा परी हालसम्म बेपत्ता भएका सबैको शव फेला परेको कुरा विज्ञप्तिमा उल्लेख छ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...