४ असोज दमौली।प्राइम लाइफ इन्स्योरेन्स कम्पनी दमौली शाखाले बुद्धि केसीको जीवन बिमा रकम माग गर्दै निवेदन दिएकोमा कम्पनीले बिमा रकम दिन अस्वीकार गरेको छ। शाखा कार्यालयबाट सुनुवाई नभएपछि निवेदन बोकेर काठमाडौं मुख्य कार्यालयमा जाँदा पनि कम्पनीका अधिकारीले आवश्यक कागजातसमेत नदेखाई वैदेशिक रोजगारीका सिलसिलामा बिरामी भएको भन्दै वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले तीन लाख रुपैयाँ उपचार खर्च दिएपनि आफैंले प्रिमियम बुझाएको कम्पनीले बिमा रकम दिन अस्वीकार गरेपछि अहिले केसी परिवार पीडामा परेको हो।
व्यास ११ निवासी बुद्धि केसी रोजगारीका लागि २०७३ पुस १ गते युएई गए। वैदेशिक रोजगारी जानुपूर्व उनले काठमाडौंमा १० लाख रुपैयाँको जीवन बिमा गराए।केसीमा क्यान्सर रोग देखिएपछि कम्पनीले नेपाल फर्काइदियो। नेपाल आएर बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराएका उनको २०७५ असार ३२ गते मृत्यु भयो। मृत्यु भए लगत्तै परिवारले केसीले जीवन बिमा गराएको प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको दमौली शाखामा बिमा रकम माग गर्दै निवेदन दिए। तर निवेदन दिएको एक वर्ष बित्दा पनि कम्पनीले बिमा रकम दिन अस्वीकार गरेको छ। कम्पनीले बिमाको शर्त उल्लंघन भएको भन्दै मृतककी पत्नी निर्मलालाई रकम दिन नसकिने जवाफ फर्कायो।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...