-विश्व नाथ बराल, प्रमुख निर्वाचन आयुक्त, एनआरएनए एनसीसी अमेरिका

एनआरएनए एनसीसी अमेरिका राष्ट्रिय निर्वाचन आयोगको निर्वाचन संबन्धि विज्ञप्ति

Hollywood Khabar June 01,2021 Comments

विज्ञप्ति

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले संघको २०२१ को निर्वाचन सम्पन्न गरेको छ।

मे २९ र ३०, २०२१ मा भएको निर्वाचनमा सहभागी सम्पूर्ण मतदाता, उम्मेदवार, संचार जगत, एनआरएनए एनसीसी अमेरिका कार्यसमिति, एनआरएनए आइसीसीका संबद्ध पक्ष, एनसीसी प्राबिधिक टिम, हाम्रो भोटिङ्ग कम्पनिका प्रतिनिधि र सम्पूर्ण नेपाली समुदायमा निर्वाचन आयोगको तर्फबाट हार्दिक धन्यवाद।

हामीले निर्वाचनलाइ सदा झैँ यस पटक पनि अत्यन्तै ब्यबस्थित, पारदर्शी र छरितो बनाउन प्रयास गर्यौं। यसमा हामीलाई सबै क्षेत्रबाट सहजीकरण, सहयोग र समर्थन प्राप्त भयो। हाम्रो काम भनेको निर्वाचन सम्पन्न गर्ने हो, गरियो। तर पनि सिमित सिट हुने र उम्मेदवारहरु धेरै हुने कारण कतिपय प्रत्यासीहरुले प्रयास गर्दा-गर्दै पनि उपविजेता बन्नुभयो। उहाँहरुप्रति यो अभियानमा सहभागी हुनुभएकोमा हामी आभार प्रकट गर्दछौं।

 

तपाइहरु उम्मेदवारहरु जो जसले आफ्ना प्रतिस्पर्धी भन्दा धेरै मत ल्याएर बिजयी हुनुभयो अनि निर्विरोध निर्वाचित हुनुभयो सबैलाई निर्वाचन आयोग हार्दिक बधाई ज्ञापन गर्दछ।

२०२१ को निर्वाचन सम्पन्न भएको छ। निर्वाचनको परिणाम पनि सकेसम्म पारदर्शी रुपमा संसारभरि पुर्याउन प्रयास गरेका थियौं। उम्मेदवारहरुको प्राप्त जम्मा मत संघको साइटमा अपलोड गरिएको छ। अब निर्वाचन परिणामको डिटेल ब्रेकडाउन एनआरएनए एनसीसी अमेरिकाको वेबसाइटमा अपलोड गरिनेछ।

निर्वाचनको एउटा पाटो सम्पन्न भयो, यसमा सबैको सहयोग रहन गयो, हामी सबैलाई हार्दिक आभार प्रकट गर्दछौ।

निर्वाचनको दोश्रो भाग भनेको सपथ ग्रहण, पदस्थापन, प्रमाणपत्र प्रदान गरिने समारोह भने एनआरएनए एनसीसी अमेरिकाको नियमित साधारण सभामा गरिने छ।

यो निर्वाचन सम्पन्न गर्न सधैं साथ, जिम्मेवारी र समय दिनुहुने मेरा सहकर्मी निर्वाचन आयुक्तहरु बाशु फुलारा, कुल मणि आचार्य, गोविन्द कुमार श्रेष्ठ र शिव राज पौडेललाइ बिशेष धन्यवाद।

अन्तमा सबैलाई हार्दिक धन्यवाद;

 

विश्व नाथ बराल

प्रमुख निर्वाचन आयुक्त

एनआरएनए एनसीसी अमेरिका

जुन १, २०२१

 

****************

उम्मेदवारहरुको प्राप्त जम्मा मत

****************

 

एनआरएनए एनसीसी अमेरिका संबन्धित समाचार हेर्नको लागि:

एनआरएनए एनसीसी अमेरिका राष्ट्रिय निर्वाचन आयोगको निर्वाचन संबन्धि विज्ञप्ति

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचनको सामान्य रुपमा, भोटिङ्ग लिंक सहित

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन २०२१, मे २९-३० मा बिहान ८ बजे सुरु हुँदै

एनआरएनए अमेरिकाको निर्वाचनमा मतदान कसरी गर्ने?

एनआरएनए अमेरिकाको निर्वाचन २०२१ को निर्वाचन र मौन अबधिबारे सूचना

एनआरएनए अमेरिका उम्मेदवार:अन्तिम नामावलीमा ४१२ जना, १४४ निर्बिरोध, बिस्तृतमा

एनआरएनए अमेरिकाको निर्वाचन आयोगमा तपाइँ प्रमुख भएको भए सालको बिषयमा के निर्णय गर्नुहुन्थ्यो?

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवारमा ४ जना मात्र लाम्सालको उम्मेदवारी रद्द

एनआरएनए अमेरिका:उम्मेदवारहरुको दोश्रो लिष्ट प्रकाशित, अध्यक्षका उम्मेदवारहरुको नाम बाँकी

एनआरएनए एनसीसी अमेरिकाको उम्मेदवारहरुको पहिलो लिष्ट प्रकाशित, नाम सहित 4 Days ago

एनआरएनए अमेरिकाको अन्तिम मतदाता २०,१३९ जना, उम्मेदवारी मनोनयनको सूचना सहित

एनआरएनए एनसीसी अमेरिकाका निर्वाचन आयोगका प्रमुख विश्व बरालसँग कुराकानी

एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन तालिका प्रकाशन, मे २९-३० मा निर्वाचन

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन आयोगले निर्वाचन आचार संहिता प्रकाशित गरेको छ