३० अप्रिल २०२०
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) चीन, दक्षिण कोरिया र मकाउवाट प्राप्त स्वास्थ्य सम्बन्धी सामाग्री नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।
नेपालमा कोभिड १९ बिरुद्ध लड्न सहयोग गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) दक्षिण कोरिया, चीन र मकाउको संयोजन तथा त्यहाँ रहनु भएका अभियन्ताहरुको सहकार्यमा संकलित रकमबाट खरिद गरिएको दोश्रो चरणका स्वास्थ्य समाग्रीहरु आज एक कार्यक्रम वीच नेपाल सरकारलाई हस्तान्तरण गरियो। उक्त सामाग्रीमा पिपिइ, के एन नाइन्टि फाइव मास्क, मेडिकल मास्क, इन्फ्रारेड थर्मामिटर, पंजाहरुका साथै अन्य स्वास्थ्य सम्बन्धी सामाग्रीहरु रहेका छन्।
उक्त सामाग्रीहरु संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई हस्तान्तरण गर्नु भयो। कार्यक्रममा स्वास्थ्य सचिव र स्वास्थ्य मन्त्रालयका अधिकारीहरु, संघका एसिया प्रशान्त क्षेत्रिय संयोजक गोविन्द श्रेष्ठ (रोविन्द), राष्ट्रिय समन्वय परिषद चीनका अध्यक्ष प्रदिप न्यौपाने लगायत एनआरएनए एनसीसी चीन र कोरिया प्रतिनिधिहरु र संघको सचिवालयको सहभागीता रहेको थियो।
गैरआवासीय नेपाली संघ
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...