-एनआरएनए अमेरिका निर्वाचनका उम्मेदवारहरुको अन्तरक्रिया तथा जुम डिबेट, बिस्तृत बिबरण सहित

एनआरएनए अमेरिका निर्वाचनका उम्मेदवारहरुको अन्तरक्रिया तथा जुम डिबेट, बिस्तृत बिबरण सहित

Hollywood Khabar April 16,2021 Comments

कृष्ण के सी, अमेरिका, अप्रिल १६, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१ को निर्वाचनलाइ मध्ये नगर गर्दै हलिउडखबरले अन्य मिडियाहरुसँग संयोजन गर्दै उम्मेदवारहरुको अन्तरक्रिया तथा जुम डिबेट कार्यक्रमको आयोजना गरेको छ।

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन २०१३/२०१४ मा आंशिक रुपमा सुरु गरिएको २०१५, २०१७ मा निरन्तरता गरिएको र २०१९ मा भब्य रुपमा सम्पन्न गरेपछि यो २०२१ चाहिं चौथो डिबेट तथा अन्तरक्रिया कार्यक्रम हो।

हलिउडखबर र म आफू कृष्ण के सी संबद्ध टिमले बिगत देखि नै उत्कृष्ट रुपमा आयोजना गर्दै आएको एनआरएनए एनसीसी अमेरिकाको निर्वाचनका उम्मेदवारहरुको अन्तरक्रिया तथा डिबेट कार्यक्रमलाइ यो पटक पनि निरन्तरता दिएको छ। विगतको सफल अनुभव र सुझाव समेत समेट्दै यो पटक अझै परिस्कृत र आकर्षक अन्तरक्रिया तथा डिबेट कार्यक्रमको तयारी गरिएको छ।

हलिउडखबरले एनआरएनए एनसीसी अमेरिकाको निर्वाचनलाइ आधार मानेर एउटा प्याट्रन तयारी पारेको छ। त्यसै अनुरुप केहि सुधार गर्दै यो २०२१ को अन्तरक्रिया तथा डिबेट भने जुममा गरिने छ। यसबारेमा बैठक बसेर तयारी पनि पुरा गरिएको छ। डिबेटको समय र मितीको बिस्तृत विवरण यसैसाथ प्रकाशित गरिएको छ भने संचालन बिधि र पछि प्रकाशित गरिनेछ। कार्यक्रम विभिन्न डेढ दर्जन भन्दा धेरै मिडियाहरुका फेसबुक पेज र ग्रुपहरुमा लाइभ गरिनेछ।

NRNA NCC USA Election Candidates’ Debate & Interaction Program 2021

  1. Board of Directors (BOD) Candidates’ Interaction Program- MAY 10, 2021 Monday, 7:30 EST
  2. General Secretary, Secretary, Treasurer, Jt. Treasurer, Women Coordinator, Youth Coordinator Candidates’ Interaction Program- May 12, 2021, Wednesday 7:30 PM EST
  3. Sr. Vice President, Vice President Candidates’ Interaction Program-May 13, Thursday 7:30 PM EST
  4. ICC Member Candidates’ Interaction Program- May 17, Monday 8:30 PM EST
  5. President Candidates’ Debate & Interaction Program-May 22, 2021 Saturday 1:00 PM EST

नोट:डिबेट, अन्तरक्रिया र प्रस्तुतिमा सहभागी हुन चाहनुहुने उम्मेदवारहरुले तलको इमेलमा सम्पर्क गर्नुहोला।

Contact email: krishnakcmedia@gmail.com, Phone# 1-510-206-1920