कृष्ण के सी/अमेरिका/९/१८/१९
सयाद धेरैजना गैरआवासीय नेपाली संघको ९ औं बिश्व सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशनको लागि या नियमित रुपमा नेपाल जाँदै हुनुहुन्छ होला। यदि हो भने आफ्नो यात्रा सुरु गर्नुपूर्व नै आफ्नो स्वास्थ्यको लागि केहि ब्यबस्था गर्नुभयो भने तपाइको स्वास्थ्य राम्रो रहनेछ।
हाल नेपालमा डेङ्गे (DENGUE) भाइरसको प्रकोप लगायत थुप्रै जनस्वास्थ्यका कुराहरु समाचारमा आएका छन्। समयमा नै आफ्नो स्वास्थ्य ब्यवस्था संबन्धि जानकारीको लागि यो प्रयास गरिएको हो। यो सानो लेखन प्रयास हो तर सधैं भन्दा फरक लेखन आज तपाइँ यातुहरुको लागि प्रस्तुत गरिएको छ। अथवा भविष्यमा यात्रा गर्नेहरुको लागि पनि काम लाग्नसक्छ। अन्य देशमा के-कस्तो ब्यबस्था छ थाहा छैन तर यो अमेरिकाको बेसमा लेखिएको हो।
हामी नेपाली अर्गनाइजरहरु जनस्वास्थ्य, सुरक्षा तयारी र अन्य यस्ता खाले कुराको डेस्क राख्ने, सूचना दिने पटक्कै गर्दैनौं। आशा गरौँ यो लेखन पढेर कुनै दिन अर्गनाइजरले त्यो पनि ब्यबस्था गर्नेछन। उसै पनि त्यो सद्बुद्धि पलाउने भन्दा पनि हामीलाई कतिबेला नेपाल ओर्लेर सानो उपाहार लिएर कुनचाहि नेता भेट्ने हो त्यो हातरमा हुन्छौ।
उसो त तपाइँहरु मध्ये धेरैजना आफैँ स्वास्थ्यकर्मी हुनुहुन्छ होला। मेरो यो लेखन भन्दा धेरै जानिफकार हुनुहुन्छ। म आफू स्वास्थ्य क्षेत्रको व्यक्ति होइन। तर पनि सबैको सपोर्टको लागि केहि अनुसन्धान गरेर यो सूचना दिने प्रयास गरेको छु। यसमा धेरै कमि-कमजोरी पक्कै होलान तर यसलाई केवल तपाइको यात्राको जानकारीको लागि मात्र सम्झनु होला।
हामी अमेरिकामा बसेका जुन-कुनै पनि स्टाटसका नै किन नहौं, यो देशको सरकार र अमेरिकाप्रति धन्वावादी हुनुपर्छ। किनकी हामी नागरिक या जुनै पनि देशबाट आएका बासिन्दा नै किन नहोस सबैको लागि यस्ता खाले साना-साना कुरामा पनि यहाँ कति धेरै ब्यबस्था गरिदिएको छ। संसारको कुन ठाउँमा कुन रोगको प्रकोप छ त्यो यहाँबाट तपाईलाइ सजिलै दिन सक्छन। अमेरिका चाहन्छकी आफ्ना नागरिकहरु संसारमा जहाँ पनि पुगोस उसले दु:ख र खतरा मोल्नु नपरोस। उसको शीर ठाडो रहोस अनि उसको स्वास्थ्य राम्रो रहोस। अमेरिकाको लागि सबैभन्दा ठूलो सम्पप्ति नै आफ्ना देशका नागरिक हुन र नागरिकको सुरक्षा पहिलो जिम्मेवारी हो।
हुन त हामी नेपालीहरु मध्ये धेरैले नागरिकलाइ मारेर सत्तामा पुग्नुलाई राजनीति बुझेकाले नागरिकको सुरक्षालाइ अनावश्यक ठान्छौ होला। तपाइहरु मध्ये धेरै देब्रेपंथी देब्रेपन्थीहरुले नागरिकको सुरक्षा गर्ने देशलाइ बिरोध गर्दै साम्राज्यबाद भन्नुहुन्छ। अनि एउटा मन्त्रीले घण्टौ हवाइजहाज कुराउनुलाइ शुशासन र त्यसको बिरोध गर्नेलाई राष्ट्र बिरोधी बुझ्नुहुन्छ। सयाद हामीलाई देब्रेपंथी पूर्वजले सिकाएको राजनीतिको असल पाटो होला ? ?
तपाइँ अमेरिकामा हुनुहुन्छ र तत्काल दशैँ-तिहार, एनआरएनको सम्मेलन अथवा आफ्नै कारण नेपाल जाँदै हुनुहुन्छ भने पहिला आफ्नो स्वास्थ्यको ब्यबस्था गर्नुहुन अनुरोध गर्दछु। खासगरी तपाइँ काइजर पर्मानेण्टको मेम्बर हो भने सबैभन्दा सजिलो तरिका छ। अन्यथा पनि थुप्रै तरिकाहरु छन्। यहाँ केहि तरिकाहरुको बारे उल्लेख गरिनेछ।
अमेरिकाको जनस्वास्थ्यले तत्काल नेपालमा निम्न रोगहरुको लाग्न सक्ने या तपाइलाइ रिस्क हुन सक्ने अथवा प्रिभेण्टिभ भनेर वर्गीकृत गरिदिएको छ। Cholera, Hepatitis A, Hepatitis B, Influenza, Japanese Encephalitis, Measles, Mumps, Rubella, Meningococcal Meningitis, Polio, Rabies, Tick-borne Encephalitis, Typhoid Fever, Malaria, Avian Influenza, Brucellosis, Chikungunya, Dengue, Enteroviruses, Hantavirus, Helminths, Leishmaniasis, Leptospirosis, Lyme Disease, Melioidosis, Plague, Rickettsial Infection, Schistosomiasis, Travelers’ Diarrhea, Tuberculosis, Viral Hemorrhagic Fevers, West Nile Virus इत्यादि।
यसका साथै Yellow Fever भ्याक्सिनको लागि केहि उमेर हद समेत तोकिएको छ। अमेरिका ट्राभल नर्सले जनस्वास्थ्यको लागि नेपाल र चाइना हुँदै यात्रा गर्नेहरु सबैको लागि हेप्पा ए र टाइफाइड भ्यास्क्सिन लिन सुझाव दिएको छ।
नेपालमा इन्फ्लुएंजा चाहिं डिसेम्बर देखि फेब्रवरी र जुलाई देखि अगष्ट सम्म हुने हुनाले त्यो समय बाहेक नलिंदा पनि हुने भएको छ। बाह्य रुपमा यौन सम्पर्कमा जाने र स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मीहरुले भने प्रकृति हेरिकन हेपा बि को भ्याक्सिन पनि लिनुपर्ने हुन सक्छ भनिएको रहेछ।
यस्तै थुप्रै मध्ये बाँदरसँग पनि होसिया रहन भनिएको छ। पशुपति क्षेत्र, स्वयँभू लगायत ठाउँहरुमा खुल्ला रुपमा रहेका बाँदरहरुलाइ खान नदिन, नजिस्काउन, नछुन, नजिक नजान समेत भनिएको छ। बाँदरले टोकेर सर्न सक्ने रेबिज, हर्पेज बि हुन सक्ने रहेछ। यस्तै अरु थुप्रै कुराहरु छन्।
१. सबैभन्दा पहिला आफ्नो मेडिकल इन्सुरेन्सलाइ फोन गरेर ट्राभल नर्ससँग सल्लाहको लागि समय लिनुहोस्।
२. यदि तपाइँ काइजरको मेम्बर हो भने काइजर पर्मानेण्टमा ट्राभलरको लागि छुट्टै डिपार्टमेण्ट छ। फोन गरेर समय मिलाउनुहोस।
३. ट्राभल डिपार्टमेण्टका ट्राभल नर्सलाइ आफ्नो यात्राको डिपाचर, एराइभल, नेपालमा कुन-कुन ठाउँमा जाने, कस्तो-कस्तो खाने कुरा खाने हो, खाने पानीको श्रोत कस्तो छ, हाइकिङ्ग, ट्रेकिङ्ग जस्ता कुरामा सहभागी हुने या होइन, खेल-कुदमा हो कि, सबै कुरा बताउनुहोस। यहाँ सम्मकी यौनसम्पर्कका कुरा छन् भने त्यो पनि नर्सलाइ बताउनुहोस।
४. त्यसपछि, ट्राभल नर्सले तपाईको हेल्थको ब्यागराउण्ड अध्ययन गर्छन। कुन-कुन भ्याक्सिन आवश्यक छ, कुन कुन पहिला नै लगाएको, कुन कुन टेष्ट गर्नुपर्ने, लगायत तत्काल तपाइँ जाने ठाउँमा कुन-कुन रोगको प्रकोप छ, त्यो सबै जानकारी तापाइलाइ दिन्छन।
५. तपाइको लागि आवश्यक्त औषधि, भ्याक्सिन, खाना, खाने पानीको तरिका आदि सल्लाह भएको इ-बुकलेट इमेलमा पठाउँछन्। तपाइको यात्राको स्थान र प्रकृति हेरिकन त्यो बुक लगभग ५०-१०० पेज जति लामो पनि हुन्छ।
६. त्यो बुकलेटको अध्ययन गर्नुहोस, नर्सले दिएको अनुसार औषधि लिनुहोस्, फ्लु र अन्य भनिएको अनुसारको खोप र अन्य ट्राभल किट लिनुहोस्।
७. हाल नेपाल लगायत केहि देशमा प्रकोपमा रहेको डेङ्गे भाइरस अमेरिकामा नहुने भएकोले अमेरिकामा भ्याक्सिनको ब्यबस्था रहेनछ। तर अन्य लामखुट्टेबाट बच्ने कुराहरु जस्तै रिपिलेण्ट लगायतको किटको ब्यबस्था रहेछ।
८. टाइफाइडको लागि पिल्स या सुइ के लगाउने हो त्यो पनि ब्यबस्था रहेछ। हेप्पा ए या बि कुनै आवश्यक छ या छैन त्यो ट्राभल नर्सले नै बताउने छन।
९. तपाइलाइ केहि मोशन सिक्नेश, एण्टाइ डाइरियल लगायतका ओभर द काउण्टर औषधि अनि इमर्जेन्सीको लागि एण्टाइबायोटिक प्रिस्किप्शन समेत आवश्यकता अनुसार दिनेछन।
१०. कुनै इमर्जेन्सी परेमा के गर्न भनेर आवश्यक सल्लाह समेत दिनेछन।
११. अब तपाइँ शुभयात्राको लागि तपाइँ तयार हुनुभयो।
तपाइको यात्रा शुभहोस, जय होस् ! कृष्णार्पण !
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...