धानमन्त्री केपी शर्मा ओली

स्वच्छता र पारदर्शिताको नाममा कसैको अनुहार नहेर्ने−प्रधानमन्त्री केपी शर्मा ओली

Hollywood Khabar February 19,2020 Comments

८ फागुन काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छता र पारदर्शिताको नाममा कसैको अनुहार नहेर्ने बताएका छन्।उनले आफुले भन्नेमात्रै होइन, गरेरै देखाउने समेत बताएका छन्।नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीद्वारा लिखित मुलुक आर्थिक समृद्धिको यात्रामा नामको पुस्तक विमोचन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।

गोकुल प्रसाद बास्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनिक भएपछि पहिलोपटक सार्वजनिक अभिव्यक्ति दिएका प्रधानमन्त्रीले आफू शून्य सहनशील व्यक्ति भएको बताएका छन्।करिब ४५ मिनेटको भाषणपछि उनले भने,‘यी सबै कुराहरु विमोचित पुस्तकमा लेखिएका छन्।’