सान फ्रान्सिस्को साकेला उभौली पर्बमा सबैलाई हार्दिक निमन्त्रणा

Hollywood Khabar May 09,2017 Comments

बिगत देखि नियमित रुपमा मनाउंदै आएको साकेला उभौली पर्बमा यस वर्ष पनि सहभागी भएर यस कार्यक्रमलाई भब्यताका साथ सफल बनाइदिन आयोजकहरुले अनुरोध गरेका छन्।

आदरणीय  सम्पुर्ण बे-एरिया नेपाली सघ सस्थाको अधक्ष्य ज्युहरु, पदाधिकारी ज्युहरु तथा नेपाली समुदायको सद्स्य ज्युहरु;

सर्बप्रथम नेपाली एस्सोसियन अफ नोर्देर्न क्यालिफर्निया (नान्स ), किरात राई हरुको महानपर्ब "साकेला उभौली" को उपलक्ष्यमा सम्पुर्ण किराती राई आमा बुवा, दाजु भाई र दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ।

हामी नेपाली हरु बिभिन्न कारण बाट बिदेश मा रहेता पनि हाम्रो नेपाली सस्कार ,सस्कृती र रितिरिवाज सदैब हामी सँग सगै जहाँ रहन्छौ त्यहाँ लागिनु र मनाउनु पर्छ तब मात्र हाम्रो नेपाली पन जिवन्त रहन्छ र युगौ युगौ सम्म नेपाली भएर जन्मनुको सही अर्थ लाग्ने छ र नेपाल आमा प्रतिको एउटा सानो माया र सदभाब प्रमाणित हुनेछ, त्यसैले यस "साकेला उभौली पर्ब" को अबसरमा यूनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका क्यालिफर्निया च्यापटरले यस पर्ब मनाउन कार्यक्रम तय गरिरहेको छ।

सबैलाई बिभिन्न संचारका माद्द्यमबाट उपस्थितिको लागी हार्दिक निमन्त्रणा गरिएको छ। यस किरात राईहरुको माहन चाड "साकेला उभौलीमा" सहभागी र उपस्थित भएर यस कार्यक्रमलाई भब्यताका साथ सफल बनाईदिन हुन साकेला उभौली समारोहको आयोजक हार्दिक अनुरोध गर्दछ। 

बिस्तृत जानकारी

Address:

San Bruno Mountain State Park

555 Guadalupe Canyon Pkwy, Brisbane, CA 94005

Time: 10: 00 AM - 5:00 PM

Saturday, May 20, 2017