-सेप्टेम्बर २८ को मत सर्भेक्षणमा बाइडेनको २७० मा २७५ इलेक्ट्रोरल भन्दा धेरै मत हुने

सेप्टेम्बर २८ को मत सर्भेक्षणमा बाइडेनको २७० मा २७५ इलेक्ट्रोरल भन्दा धेरै मत हुने

Hollywood Khabar September 28,2020 Comments

अमेरिकाको आसन्न नोवेम्बर ३, २०२० मा हुने राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति डनल्ड ट्रम्प र डेमोक्र्याटिक पार्टीका नोमिनी जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ।

निर्वाचनलाइ लिएर धेरै संचार निकायहरुले मत सर्भेक्षण गरेका छन्। सबैजसोको मत सर्भेक्षण धेर-थोर फरक आएता पनि राष्ट्रिय रुपमा सबैले बाइडेन अगाडी रहेको देखाएका छन्। मत सर्भेक्षणले नै निर्वाचन यसै हुन्छ त्यो भन्न कठिन छ तर एउटा सतहमा गएर गरेको हुनाले धेरै कुराहरु नतिजाको नाहिक हुन्छ।

अमेरिकाको जम्मा ५३८ एलेक्ट्रोरल मतमा राष्ट्रपति निर्वाचनमा बिजयी हुनको लागि २७० एलेक्ट्रोरल मत प्राप्त गर्नुपर्ने हुन्छ। राष्ट्रिय स्तरमा 2020 Presidential Election Polls ले दिएका सेप्टेम्बर २८, २०२० को नतिजा अनुसार बाइडेन ५१% र ट्रम्प ४३% रेसियोको पतिस्पर्धामा रहेका छन्। सोहि सर्भेक्षणलाई स्टेट अनुसार वितरण गरेर हेर्दा राष्ट्रपति ट्रम्पले २४१ र जो बाइडेनले २७५ भन्दा धेरै इलेक्ट्रोरल मत लाउने अवस्था देखिएको छ।