एनआरएनमा भेरोको डाम्नो नं ५: राउतले भने, आइएलओको जस्तै भेरोमा पनि कुनै असर छोड्दिन

Hollywood Khabar August 27,2023 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नाममा निजी स्वार्थ पुरा गर्दै आएको रसियन गुटको कर्तुत उदाङ्ग पार्न सुरु गरिएको २०१३ देखिको अभियान कोरोना काल हुँदै अहिले सम्म आइपुग्दा नाङ्गेझार पार्न सकियो।

मार्च २०२२ मा पुग्दा समाप्त भएको सो गुटलाई नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापाले प्रलोभनमा परेर राता-रात कुल आचार्यलाइ गायब गराइदिए। त्यसपछि सो गुटले अर्को अबैधि महाधिवेशन गरेर लफडा बोक्दै आएको छ।

निर्वाचनको नाममा एकलौटी गर्नको लागि स्मार्ट एनआरएन भन्दै डाटा बेच्ने देखि मनोपली रुपमा जे जे पनि गर्दै आएको सो समूहले राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको निर्वाचनमा त नाङ्गो नाच नै खेल्यो। यसबारे यस पहिला नै धेरै पटक उजागर गरिएको नै हो।

सोहि गुटले कोरोना कालमा आइएलओसँग बैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको लागि भन्दै १० करोड भन्दा धेरै रकम लिएर केहि करोड झ्वाम पारेको कुरा प्रमाणित नै भएको हो। आइएलओ सपोर्टलाइ दुरुपयोग गर्दै ९६० जना र ३३६४ जना गरी जम्मा ४३२४ जना भन्दा धेरैको नाममा गरिएको फ्लाइट, खाना, होटल देखि विभिन्न बिषयमा गरिएका खर्च लगायतका कुरामा गरिएको अनियमित खर्चका प्रमाण सहित लेखिएको समाचारको प्रति सोहि समयमा आइएलओको मुख्यालयमा पुगेको हो। यदि कसैलाई चासो छ भने तत्कालिन कोषाध्यक्ष महेश श्रेष्ठको नेतृवमा गरिएको छानविन प्रतिवेदन हेर्न सक्नुहुनेछ। यसबारे यस पहिला पनि लेखिएको छ- ​​आइएलओको डाम्ना मिलीजुली खाम्न, भेरोले थाम्न-राउतलाइ सिइओ-एनआरएनका डाम्ना-भाग-४  यसपछि राउतको हंसले ठाउँ छोडेको प्रतिक्रिया नेपालतिरका संचारकर्मीहरुले बताएका थिए। 

पछिल्लो समयमा आएर नेकपा एमाले, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो सहित मिलेर भेरो काण्ड निकाले। सोहि भेरो निर्वाचन काण्डलाइ सफलीभूत बनाएर डा बद्रि केसीलाइ अब अर्को पटक अध्यक्ष जिताउन आइएलओ सहायता परियोजनामा प्रमुख कर्मचारी भएर काम गरेका राजेन्द्रकुमार राउतलाई प्रमुख कार्यकारी निर्देशक नियुक्त गरिएको रहेछ। 

राउतले आफू प्रमुख भएपछि भनेछन, आइएलओको परियोजनामा जस्तै भेरो काण्डमा पनि म कुनै असर छोड्दिन, जसरी पनि हजुरलाइ जिताउन भूमिका खेल्छु। यस्तो हर्कत गर्दिन भनेकै कारण रविकिरण अधिकारीलाइ छाड्न बाध्य बन्नाइएको थियो।

अब भेरो काण्ड लगाएर धेरैलाई डाम्नको लागि राउतले अहिले चार वटा हर्कत गर्न थालेका छन्:

  • १. परियोजनाबाट बचाएको रकम हण्डी वितरण गर्ने
  • २. हण्डी नलिने तर विपक्षमा लेख्ने या आरके शर्मा, महेश श्रेष्ठ लगायतको बारेमा प्रचार गर्ने मिडियालाई साँढे लगाएर डाम्छु भनेर धम्काउने। 
  • ३. अन्य कर्मचारीलाइ अनिबार्य रुपमा डा बद्रि केसीको प्रचार गर्न निर्देशन गर्ने 
  • ४. भेरोले डामेर कसरी सबैलाई पाखा लगाउने भनेर छलफल र दलाली गर्ने

यसैबीच आरके शर्मा र महेश श्रेष्ठका प्रचारमा सपोर्ट गर्ने मिडियाहरुलाई उनले तर्साइ टोपलेको पनि खबर आएका छन्। सो संबन्धि जानकारी अर्को पटकको डाम्नो नम्बर ६ मा प्रमाण सहित उल्लेख गरिनेछ।

भेरोले डामेका एनआरएनका डाम्नाहरु: