-Indu Panta Lohani

शरदको रमझम

Hollywood Khabar October 24,2023 Comments

-इन्दु पन्त लोहनी, चण्डोल, काठ्माण्डौ, अक्टुवर २४, २०२३

वर्षायाम गयो अविरल, न्यानो घाम उदायो
न गर्मी छ ज्यादा, न धेरै जाडो गरायो
बागभरी पहेंला , सयपत्री फुलेका
दशैंको आगमन शरदमा रमझम झुलेका!!

यो मौसम छ रसिलो उमंगित पार्ने
प्रकृतिमा चहचह पक्षिहरु नाच्ने
पुतलीहरु फुरफुर रंग लिएर आए
धानका खेतमा धानचरी रमाए !

यसबेला तर कतै छ दुखको पहिरो लडेको
कति घरहरुमा वियोगको आसु खसेको
सांडोको जुधाईमा परे बिचरा बाच्छा पिसाई
जो इजरायल गए सुनौलो भविष्य सजाई !!

रिनधन गरेर कति निर्दोष युवा गएका
नाहकमा अनमोल ज्यानै गुमेका
कस्ता क्रुर व्याधा हुन् ती बन्दुक तन्काऊने
बम बारुद फ्यांकी सुन्दर रचना ध्वस्तै गराउने

मान्छे भई मान्छेकै किन रीस गर्छन्
आफ्नै जात बीचमा बिपदाको बीज छर्छन्
आखिर अन्तीम गन्तव्य सबको चिता हो भन्ने
तथापि मान्छे किन क्रोधको ज्वालामा कुदने ?

**इन्दु पन्तका अरु कविता**