-अर्जुन राज पन्त, बाग्लुङ मुलपानी, हाल अमेरिका, फेब्रवरी २१, २०२१
एउटा राँगो अर्कोमा गोरु
भेटेनौ कि त जोत्नलाई अरु ?
यस्तो अचम्म के देख्नु पर्यो !
के भयो अर्को बेच्यौ कि मर्यो ?
कहाँ गयो अर्को गोरु त्यो हलको?
नसक्ने भो कि काम गर्न बलको ?
थल बस्यो कि गोरु त्यो अर्को?
ल्यायौ कि राँगो फुकाई घरको ?
एउटालाइ काट्नी अर्कालाइ पुज्नी
भयो कि राँगो त्यो कुरा बुझ्नी?
तर्सियो कि कतै कट्छन भनेर
आयो कि बच्न गोरु बनेर !
गोरु पो हो कि जोडा त्यो पिर्नी
हुल आफ्नो छोडी अर्कोमा छिर्नि !
हो कि पो कतै त्यस्तै गतीको
राँगो पो रोज्ने भैंसे मतीको !
नारिए आज किन एक ठाउँ?
दुइ थरि नश्ल दुइ थरि नाउँ !
बेग्लै छ शक्ति बेग्लै जिउ डाल
मिल्ला त हिड्दा खुट्टाको चाल?
एउटा तर्किन्छ हिलोमा पस्न
अर्को तम्सिन्छ त्यहि माथि बस्न
एउटा छ आहाल खेल्नि गरेको
अर्को छ सुख्खा भिरमा चरेको
हिले र धूलेको के मिल्ला रथ !
बेग्लै छ बानी बेग्लै छ पथ
जोत्लान कसरी नमिल्दो यो हल!
किसानै उस्ता बुझ्दैनन् त्यती !
होला त कतै यो लीला देखाइ ?
**ब्यङग्य कवि पन्त नेपाली साहित्यकाे पहिलाे ब्यङग्य काब्यकार समेत हुन, उनको 'कोइली' ब्यङ्ग्यकाब्य प्रकाशित छ)**
****लेखक/कविका अन्य रचनाहरु****
ब्यङ्ग्य कविता: चाइनिज सिन्का
ब्यङ्ग्य कविता: कोदो र तोरी भाग २ “धान खेतमा कोदो”
समयकाे माग भ्यालेन्टाइनमा बिदा
व्यङग्य कविता:भीउ टाओर कि निहुँ टाओर
नारी दिबश बिशेष ब्यङग्य कविता:बुहारी पाइने पशल
ब्यङग्य कविता:बतासे भ्यालेन्टाइन
ब्यङग्य कविता:नाटक हेर्नी कि नाैटङ्की हेर्नि
ब्यङग्य कविता:बली प्रथा; धर्म यस्ताे भए पाप कस्ताे
ब्यङ्ग्य कविता:माननिय कि ताननिय
ब्यङग्य कविता:भैँसीगाेठे क्वारेण्टीन
ब्यङ्ग्य कविता:काेदाे र ताेरी भाँडा भरि-भाग १
कविता:मेराे प्याराे बाग्लुङ्गकाे पहिचान
ब्यङ्ग्य कविता:न जिबनकाे मुल्य न उखुकाे, नुनिलाे चिनी
ब्यङ्ग्य कविता:मालाले ज्यान खाला, थोरै माला लाए भने हेप्नी भन्छन भनि
नारी अस्त्र ब्रह्मास्त्र ब्यङ्ग्य कविता
पहिलाे नेपाली ब्यङ्ग्य काब्य काेइलीको बिमाेचन
ब्यङ्ग्य कविता,बली प्रथा:धर्म तिम्रो यस्ताे रै छ पाप चाँहि हुन्छ कस्तो ?
अमेरिकाबाट पन्तले उडाएको कोइली नेपाल पुग्दा पहिलो व्यंग्य काब्य बन्यो
ब्यङ्ग्य कवि पन्तको शर्म निरपेक्ष राज्य
व्यंग्य कवि पन्तको व्यंग्य कविता:चाइनिज जनै
व्यंग्य कवि पन्तको तीज जात्रा-उमेर हदको सिमा तोक बयश्क मात्रै भनि
व्यङ्ग्य कवि पन्तको प्रकाशााेन्मुख व्यङ्ग्य काब्य काेइलीबाट एक टुक्रा
व्यंग्य कतिवा: बेच्देउ बेच्देउ, टुंडीखेल नि बेच्देउ
NRN को ब्यथा: नेपाल देखि यमलोक सम्मको कथा
व्यंग्य कविता:नेताका माला च्यापिएर ज्यान जाला
मार्शी पुराण-हाँस्य ब्यङ्ग्य निबन्ध: मार्शीको भात सित्तैमा पाउदानी खान डरमाेर्दाे
दुर्बललाई दैब नै घातक: सिंह, हात्ति, बाघको बच्चा होइन दुर्बल बाख्रीको पाठोलाई बलि दिइन्छ
नयाँ युग-आफ्नो तस्बिर हटाएर बलत्कारी झुन्ड्याउ
फट्याइकोनी हद हुन्छ कस्ता गति छाडा:घर हुनेले लिए अरे छैन भन्दै भाडा
राष्ट्रपति भयो अति - राणा फाले राजा फाले तिम्लाई पनि फाल्लान
नेपाल VS नेतापाल, ने मूनिको नेपाल यात्रा बर्णन: अर्जुन राज पन्त
सिफारिस
तिमी मेरो जिन्दगी-भिडियो
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!