-Suchana Timalsina

चन्द्रमाको उज्यालोमा बसन्तपुर

Hollywood Khabar December 05,2022 Comments

-सूचना तिमल्सिना, ललतिपुर डिसेम्बर ६, २०२२

सिँगो बसन्तपुर चन्द्रमाको उज्योलामा उदाउछ । द्रष्टाले दृश्य हेर्दा विचार भाव बनेर बोध बन्छ । दिमाग शान्तितिर बग्दा इृच्छा मोक्ष बोकेर ठमेल ध्यान सिकाउन केन्द्रित बन्छ । जुनेली उज्योलोमा क्यामारा क्लिक गर्दा देखिने उज्यालोमा मुस्कान बोकेर चन्द्रमा यथावत थियो, छ, हुनेछ । समयको कुनै पर्वाह छैन । किनकी समय नै छैन । आएको विचारमा शक्तिहीन भएर सकिन्छ । पटक पटक शक्ति नष्ट हुन्छ । चन्द्रमा देखिएर लुप्त हुन्छ ।

शान्त अति शान्त चिहान उत्तानो परेर हेरिरहन्छ । बिरालो खुर्र दगुर्छ । चरा भुर्र उड्छ । विचार डरको सन्देश दिएर सकिन्छ । भावना सम्झिएर डरको सुचक बनेर हेर्छ । यद्यपी उही भावना हो । आत्मानुसन्धानमा लागेको विचार सम्झन्छ अनि प्रश्न गर्छ डर के हो ? डरको चुरो के हो ? फैलिएको शान्तपनमा आवाज आउदैन । तर उसलाई ज्ञान थियो डराएँ विचारले स्मृतिमा रहेको भावना देख्छ । डरको फरक कहानी उही डर भन्ने एउटै भावना बोकेर पटक पटक देखापर्छ । भुत लम्पसार बसन्तपुरमा विचार बनेर फैलिन्छ ।

ध्यान किनेको एक विदेशी टिङ्ग बटुको आवाजमा विलिन हुन्छ । ध्यान आलस्य बनेर निदाउछ । वसन्तपुर चाहनाको बादलमा केही उज्यालो बोकेर सपनामा उदाउछ । जाग्रत र सपना चाहनामा बग्छन । ईतिहास स्मृतिमा देखापर्छ । कोलाहल बसन्तपुरमा घोडाको टापमा दगुर्छ । महाराजको जय जयकारको भीँड अलप हुन्छ । खर्पन बोकेको मोचाको गोडाको आवाज आउछ । मन्दिर आकार प्रकारमा दगुर्छ । यद्यपी जानु काहीँ छैन । गएको काहीँ छैन । बसन्तपुर कोलाहलमा निदाउछ । बसन्तपुर उज्यालोमा उदाउछ ।

बसन्तपुर उदाउँदा धोबिचौरका गाई स्वयम्भू पुगेर चर्छन । ड्याह ड्याह गर्दै साँझमा घर फर्कन्छन् । खोलो सुक्छ । झाररुखपात रुख हराउछ । घर घर एक एक हुँदै देखापर्छन । अनि मोटरबाइक घ्याँ घ्याँ गर्दै कराउछ । कुश्लेचौरको चिहान उही उसैगरि सुतिरहन्छ । ठमेल सरेर वर वर आउदा एक नेपाली विदेशीलाई बुझाउछ इट्स काइन्ड अफ लोकल एरिया ।

औँशीको रातमा चन्द्रमा लुक्छ । निन्द्राको मादकतामा विचार गुम हुन्छ । विचारमा बसेको बसन्तपुर विलाउछ । चन्द्रमा हराउछ । प्रश्न भने आफै घुमिरहन्छ । विचार के को लागी आउछ ? विचार किन इतिहास बोक्छ ? फर्केर पटक पटक उही जालोमा किन मडारिन्छ ? कहिले बसन्तपुर भनेर ! कहिले लेख भनेर !

सूचनाका अरु लेखहरु

म को हूँ ?

पुतलीको नाच

फूल फुल्न पात झर्नुपर्दो रहेछ लालुपाते फूल-१

के गर्ने तीज मनाउने ? कहिल्यै दुविधामा थिइन तर यो पालामा परेँ

घाउ बोल्छ मान्छे बोल्दैन, घाउ पीँडा हुँदै आगो बन्छ

मन पराउनेहरु मन पराउन नपराउनेहरु नपराउन अड्केका, गन्तव्य एउटै बाटो नमिलेर विचारहरु विचारमग्न

भ्यालेण्टाइन डे बिशेष: हेल्लो देअर

बल्दा बल्दा थकित राम्रो ऊ नराम्रो बनेर पछारिन्छ गल्दा गल्दा राम्री म नराम्री बनेर थच्चारिन्छु

कहिलेकाहीँ कपाल छाडेर फोटो खिच्न मन लाग्छ, कहिले पुरै चिन्डे बनाएर काटिदिउ झैँ

उपद्रो मन

अर्कोको पछि लाग्दा अर्काकै घर पुगिन्छ

कहिलेकाहीँ कपाल छाडेर फोटो खिच्न मन लाग्छ, कहिले पुरै चिन्डे बनाएर काटिदिउ झैँ