-Suchana Timalsina

बल्दा बल्दा थकित राम्रो ऊ नराम्रो बनेर पछारिन्छ गल्दा गल्दा राम्री म नराम्री बनेर थच्चारिन्छु

Hollywood Khabar September 23,2020 Comments

-सुचना तिमल्सिना, ललितपुर, सेप्टेम्बर २४, २०२०

मलाइ ठ्याक्कै मिल्ने शब्द थाहा छैन राम्री के कुरालाई भन्ने हो। तर यहाँ राम्रो-राम्री बनेर देखाउने होडबाजीमा चल्नेहरु धेरै छन्। त्यति नै रुपमा राम्रो-राम्री छैनन भनेर पन्छिनेहरु पनि कमि छैनन्। जे सुकै भएपनि राम्रो र नराम्रोको खेल खेल्दैछन् सबैजना अनि मैदानमा मदानमाम पनि सामेल छु।

राम्राका पंक्तिमा लामबद्धमध्येको राम्रो मान्छे छान्छु। छनोटमा समेत कार्यकुशलता साथ राम्री देखाउन चाहन्छु। त्यो पहेलो टिसर्ट लगाउने केटा राम्रो छ। अनुहारमा राम्रो छ, लवाइमा राम्रो छ । खान्कीमा राम्रो छ, अहिलेको बानी व्यवहारमा राम्रो छ। समाजमा भएजति सबै इर्ष्यामा जल्दछ ऊ माथि।

अनि म भन्छु, मसँग सबथोक छ। म राम्री भएको कारण मेरो साथमा जल्ने समाज छ। राम्रो केटो छ। अनि सबथोक छ। साथै मेरो अहममा परिक्रमा गर्ने जति सबै राम्रा छन्। अनि सबै राम्रा र राम्री हामीसँगै हुँदा समाजमा हाम्रा जति मनका दुश्मन अरु कसैका छैनन् होला।

अहममा बहकिदा बहकिदा राम्रो खोज्दा खोज्दा राम्रो केटो दिक्क, (बोर) मानेर नराम्रो खोतल्न थाल्छ। नराम्रो देख्न थाल्छ, अहमका जरा तान्न थाल्छ अनि सबै भावना एकै साथ व्यक्त गर्छ, अनि सबै भावना व्यक्त गर्छु। माया, रिस, घमण्ड, दुख, घृणा; जे जति छन् सबै बन्दुकका गोली जस्तै परर निस्कन्छन।

राम्री म, राम्रो देखाउन व्याख्या गर्नुपर्ने हुन्छ। भनिदिन्छु घृणाभित्र माया हुन्छ। रीस मायाको लागि पोखिन्छ। म दुइचारवटा कोटेसन हालेर फेसबुक, ट्विट लगायत सामाजिक संजाल हल्लाउछु। अझ थप्छु, प्रेम भ्रमात्मक हो, यो संसारमा प्रेम छैन, स्वार्थी मात्र छन्। तीमध्येको ऊ पनि एक हो। ऊ पनि के कम! मेरै पिछा गर्छ अनि हाम्रो झगडा सुरु हुन्छ। जति समय प्रेम परेर बिताइयो त्यो समय भन्दा लामो त हाम्रो झगडा पर्छ।

जमात दुइ तहमा विभाजित हुन्छ। हुन त तीन तहमा विभाजित हुन्छ। एक तह जसको म चर्चा गर्न चाहन्नँ। किनकी त्यो तहलाई हाम्रो झगडा बकवास लाग्छ। कोहि मलाई सही मान्दै मेरो खनिएको अहमको खाल्डो पुरिदिन्छन्। कोही उसलाई साथ दिन्छन्।

जमातका व्यक्तिलाई तान्न आफ्नो कुराले छुनुपर्ने हुन्छ। उनीहरु व्यक्तिगत विवरणमा आगो सल्काइदिन्छन्। बल्दा बल्दा थकित ‘राम्रो ऊ’ नराम्रो बनेर पछारिन्छ। गल्दा गल्दा ‘राम्री म’ नराम्री बनेर थच्चारिन्छु। अनि मलाई लाग्छ, यो संसार राम्रो छैन। यहाँका मानिस राम्रा मानिस छैनन्। अनि फेरी ‘राम्री म’ राम्री बन्न, अरुले राम्रा भनेका काम गर्न थाल्छु।

सुचनाका अन्य लेखहरु

 

सूचनाका अरु लेखहरु

फूल फुल्न पात झर्नुपर्दो रहेछ लालुपाते फूल-१

के गर्ने तीज मनाउने ? कहिल्यै दुविधामा थिइन तर यो पालामा परेँ

घाउ बोल्छ मान्छे बोल्दैन, घाउ पीँडा हुँदै आगो बन्छ

मन पराउनेहरु मन पराउन नपराउनेहरु नपराउन अड्केका, गन्तव्य एउटै बाटो नमिलेर विचारहरु विचारमग्न

भ्यालेण्टाइन डे बिशेष: हेल्लो देअर

बल्दा बल्दा थकित राम्रो ऊ नराम्रो बनेर पछारिन्छ गल्दा गल्दा राम्री म नराम्री बनेर थच्चारिन्छु

कहिलेकाहीँ कपाल छाडेर फोटो खिच्न मन लाग्छ, कहिले पुरै चिन्डे बनाएर काटिदिउ झैँ

उपद्रो मन

कहिलेकाहीं म लेख्दा लेख्दै अड्कन्छु, अर्कोको पछि लाग्दा अर्काकै घर पुगिन्छ

कहिलेकाहीँ कपाल छाडेर फोटो खिच्न मन लाग्छ, कहिले पुरै चिन्डे बनाएर काटिदिउ झैँ