-नेपाली राजदूतावास डिसीद्वारा क्यालिफोर्नियामा घुम्ती कन्सुलर सेवा संचालन गरिने

नेपाली राजदूतावास डिसीद्वारा क्यालिफोर्नियामा घुम्ती कन्सुलर सेवा संचालन गरिने

Hollywood Khabar October 25,2022 Comments

हलिउडखबर, अक्टुवर २५, २०२२

अवैतनिक महावाणिज्यदूत ऋषि ढकालको अफिस क्यालिफोर्नियाको आयोजनामा स्थानीय संघ-सँस्थाहरुको समेत सहयोगमा क्यालिफोर्निया राज्यको लस एन्जलस र सान फ्रान्सिस्कोमा नेपाली कन्सुलर सेवा शिविर हुने भएको छ।

नोवेम्बर २४ र २५ मा लस एन्जलस र २७-२९ मा सान फ्रान्सिस्कोमा प्रदान गरिने कन्सुलर सेवामा पासपोर्ट, आधिकृत वारेसनामा, एनआरएन कार्ड लगायतका सेवाहरु प्रदान गरिने कुरा महावाणिज्यदुत ऋषि ढकालले जानकारी दिनुभएको छ।

सो सेवा संबन्धि नेपाली राजदूताबासको सूचना जस्ताको तस्तै

नेपाली राजदूतावास, वाशिङ्गटन, डिसीले क्यालिफोर्निया राज्यको लस एन्जलस र सान फ्रान्सिस्को शहरस्थित देहायको स्थान, मिति र समयमा त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी कन्सुलर सेवा शिविरमार्फत निम्न बमोजिमका कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम तय गरेकोले आफूलाई पायक पर्ने स्थानबाट आवश्यक सेवा लिन राजदूतावास सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ।

कन्सुलर सेवा शिविर आयोजना हुने स्थान, मिति र समय

लस एन्जेलस क्षेत्र

स्थानः Shree Pashupatinath and Buddha Mandir, 10843 Kenney St, Norwalk, CA 90650

मितिः नोभेम्बर २४ र २५ , २०२२

  1. पहिलो दिन: बिहान १०:०० बजेदेखि साँझको ६:०० बजेसम्म (दिउँसो १-२ बजेसम्म लन्च ब्रेक)
  2. दोस्रो दिन: बिहान ९ बजेदेखि साँझको ५ बजेसम्म (दिउँसो १-२ बजेसम्म लन्च ब्रेक)

सान फ्रान्सिस्को

स्थानः Hotel Sonesta, 5555 Shellmound St, Emeryville, CA 94608

मितिः नोभेम्बर २७-२९, २०२२ (३ दिन)

  • समयः बिहान ९:०० बजेदेखि साँझको ५:०० बजेसम्म (दिउँसो १-२ बजेसम्म लन्च ब्रेक)

स्थानीय सम्पर्कको लागि:

Mr. Rishi Punnakhar Dhakal, Honorary Consul General of Nepal, San Diego, CA, Cell No: 1-626-320-2437

कन्सुलर सेवा शिविरबाट प्रवाह हुने सेवाहरुः

  • क) राहदानी नविकरण (२०२३ नोभेम्बर सम्म बहाल अवधि रहेका सेवाग्राहीहरुले आफ्नो राहदानी नविकरण गर्न सक्ने)
  • ख) गैर आवासीय नेपाली परिचयपत्र (NRN ID)
  • ग) अधिकृत वारेसनामा (Power of Attorney)

उल्लेखित सेवाहरु प्राप्त गर्न आवश्यक कागजात, शुल्क र प्रक्रियाबारे जानकारीको लागि राजदूतावासको वेबसाइट https://us.nepalembassy.gov.np को होमपेजमा रहेको “Consular Services” मेनुमा गई हेर्न सकिनेछ।

क) विद्युतीय राहदानी (e-Passport) को आवेदन दिने तरिका

  • https://emrtds.nepalpassport.gov.np/ मा गई राहदानीका लागि अनलाइन आवेदन फाराम भर्नुपर्नेछ।
  • फाराम भर्दा आवेदन दिने स्थान NE, Washington DC छनौट गर्नु पर्नेछ।
  • प्राविधिक कारणले उल्लिखित मितिमा समय उपलब्ध नभएमा November महिनामा उपलब्ध कुनै पनि मितिमा appointment मिति र समय छनौट गरी फाराम भर्न सकिनेछ। जुनसुकै मितिको appointment लिई फाराम भरेको भएतापनि शिविरबाट सेवा उपलब्ध गराइनेछ।

(नोटः अनलाईन फाराम भर्दा आफ्नो कम्प्युटर वा ल्यापटप वा मोबाईलको Date and Time Setting मा गई Time Zone “Kathmandu, Nepal” छनौट गर्नुहुन अनुरोध गरिन्छ। शिविरका लागि विद्युतीय राहदानी Appointment Booking नोभेम्बर ०५ मा खुला गरिनेछ।)

  • Appointment Date and Time छनौट गरी सम्पूर्ण विवरण भरिसकेपछि अन्त्यमा barcode सहितको PDF फाराम download गर्नु पर्नेछ। (डाउनलोड गरिएको फारामको दाँयापट्टि छेउमा र bottom मा बारकोड रहेको देख्न सकिनेछ।)
  • उक्त बारकोडसहितको फारामको scanned PDF copy, राहदानी र नागरिकताको फोटोकपी attach गरी नोभेम्बर ०५ अगावै verification का लागि दूतावासको इमेल ठेगानामा consularcamplosangeles@nepalembassyusa.org (Los Angeles को लागि) र consularcampsanfrancisco@nepalembassyusa.org (San Francisco को लागि) मा ईमेल पठाउनु पर्नेछ।
  • फाराम verify नगरी निवेदकले भरेको details/data retrieve गर्न नसकिने र सो नभई biometrics लिन नसकिने भएकोले फारामलाई verification को लागि अनिवार्य रुपमा नोभेम्बर १५ भित्र दूतावासमा माथि उल्लेखित ईमेलमा पठाउनुपर्नेछ। अन्यथाः शिविरबाट सेवा प्राप्त गर्न सकिने छैन।
  • डाउनलोड गरिएको फारामको प्रिन्ट प्रति तथा अन्य आवश्यक कागजातसहित माथि उल्लेखित तोकिएको स्थान र समयमा आवेदक स्वयम् उपस्थित हुनुपर्नेछ।

आवश्यक कागजातहरु:

  • सक्कल नागरिकता र सोको प्रतिलिपि।
  • नाबालकको हकमा नाबालक परिचयपत्र तथा बाबु र आमा को नागरिकताको प्रतिलिपि।
  • सक्कल राहदानी र सोको प्रतिलिपि।
  • Biometrics का लागि रीतपूर्वक अनलाईन फाराम (https://emrtds.nepalpassport.gov.np/) भरी सोको बारकोड सहितको प्रिन्टआउट प्रति।
  • नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. 150 (३४ पाना) र अ.ड. २०० (६४ पाना) को मनी अर्डर (हराएको र बिग्रिएको राहदानीको हकमा दोब्बर दस्तुर अर्थात् अ.ड. 300 र अ.ड. ४००)। तर, १० बर्ष भन्दा मुनिका नाबालकको हकमा नवीकरण अ.ड. ७५ र हराएको/बिग्रिएको हकमा अ.ड. १५०।
  • नयाँ राहहदानी प्रिण्ट भई राजदूतावासले राहदानी विभागबाट प्राप्त गरिसकेपछि सम्बन्धित आवेदकको ठेगानामा पठाउन पहिले नै पैसा तिरीसकेको आफ्नो पूरा ठेगाना लेखेको फिर्तिखाम (Self Addressed Prepaid Return Envelope)।

राहदानी सेवा सम्बन्धी अन्य प्रक्रिया, आवश्यक कागजात दूतावासमा नियमित आवेदन दिँदा गरिने प्रक्रिया सरह हुनेछ । विस्तृत जानकारीको लागि https://us.nepalembassy.gov.np/passport/ मा गई हेर्न सकिनेछ।

ख) गैर आवासीय नेपाली परिचयपत्र

  • सेवाग्राहीले https://us.nepalembassy.gov.np/.../2017/02/NRN-ID-FORM1.pdf मा गई रीतपूर्वक भरेको आवेदन फारामको प्रिन्टेड कपी।
  • गैरआवासीय परिचयपत्र हराएको हकमा स्थानीय प्रहरीले जारी गरेको प्रहरी प्रतिवेदन (Police Report)।
  • नेपाली मुलुकका विदेशी नागरिकले विदेशमा प्राप्त गरेको Naturalization Certificate र सोको प्रतिलिपी।
  • नेपाली मूलका विदेशी नागरिकले प्राप्त गरेको उक्त देशको राहदानी र सोको प्रतिलिपी ।
  • नेपाली मूलको भएको जनाउने कागजात, जस्तै- साविकको नेपाली नागरिकताको प्रतिलिपि वा नागरिकता परित्याग गरेको भए सोको प्रतिलिपी, वा
  • बाबु/आमा/हजुरबुबा/हजुरआमा मध्ये कुनै एकको नेपाली नागरिकताको प्रमाणपत्र वा नेपाली मूलको भएको जनाउने अन्य कुनै कागजात (जस्तै नाता प्रमाणित)।
  • साबिकको नेपाली राहदानीको प्रतिलिपी।
  • हाल बसोबास गरेको मुलुकमा व्यापार/व्यवसाय गरिरहेको भएको सोको प्रमाण।
  • कुनै पेसा/रोजगारीमा संलग्न रहेको भएको सोको प्रमाण।
  • चारप्रति पासपोर्ट साइजको फोटो।
  • नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. 520 को मनी अर्डर वा क्यासियर चेक।
  • गैरआवासीय नेपाली परिचयपत्रका लागि आवश्यक पर्ने कागजातहरुका बारेमा थप जानकारीका लागि https://us.nepalembassy.gov.np/nrn-id/ मा गई हेर्न सकिनेछ।

ग) अधिकृत वारेसनामा

  • सम्बन्धित आवेदक वा कानून व्यवसायीले नेपाली कागजमा तयार गरेको लिखत।
  • सम्बन्धित आवेदक वा कानून व्यवसायीले नेपाली राजदूतलाई सम्बोधन गर्दै लेखेको निवेदन।
  • अधिकृत वारेसनामा (अ.वा.) दिनेको नेपाली नागरिकताको सक्कल र सोको प्रतिलिपी।
  • अधिकृत वारेसनामा लिनेको नागरिकताको प्रमाणित प्रतिलिपी।
  • अवा लिने दिने दुबैको हालसालै खिचिएको दुई/दुई प्रति फोटो।
  • अवा दिनेको स्थायी आवास अनुमतिपत्र (Green Card) वा Visa Status।

गैरआवासीय नेपाली परिचयपत्रको सक्कल तथा सोको प्रतिलिपि (नेपाली मूलका अमेरिकी नागरिकको हकमा)।

  • जुन प्रयोजनका लागि अवा दिने हो सो सम्बन्धी सक्कल वा प्रमाणित कागजात, जस्तै- जग्गा बेचबिखनको हकमा लालपुर्जाको सक्कल, कर तिरेको रसिद वा सोको प्रमाणित प्रतिलिपी, सम्बन्ध विच्छेदका लागि विवाह दर्ताको सक्कल वा सोको प्रमाणित प्रतिलिपी।
  • नेपाली राजदूतावासको नाममा जारी भएको अ.ड. 200 को मनी अर्डर।
  • दूतावासबाट वारेसनामा प्रमाणित भएपछि आवेदकलाई पठाउन पहिलेनै पैसा तिरीसकेको आफ्नो पूरा ठेगाना लेखेको फिर्ति खाम (Self Addressed Prepaid Return Envelope)।
  • अधिकृत वारेसनामा प्रमाणीकरणका लागि आवश्यक पर्ने कागजातहरुका बारेमा थप जानकारीका लागि https://us.nepalembassy.gov.np/power-of-attorney/ मा गई हेर्न सकिनेछ।

नेपाली राजदूतावास, वाशिङ्गटन, डिसी संबन्धि समाचारहरु:

अमेरिकाका लागि नव नियुक्त राजदुत प्रा श्रीधर खत्री वाशिंगटन डिसीमा

नेपाली राजदूतावासद्वारा बोस्टनमा २०० भन्दा धेरै निवेदकहरुलाई घुम्ती कन्सुलर सेवा प्रदान

नेपाली राजदूतावासले बोस्टनमा घुम्ती कन्सुलर सेवा शिविर संचालन गर्दै

म्यासाच्यूसेट्स राज्यको बोस्टनमा संचालन हुने घुम्ती कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना –

Embassy of Nepal, Washington DC, USA

क्यालिफोर्निया: लस एन्जलस र सान फ्रान्सिस्कोमा घुम्ती कन्सुलर सेवा संचालन हुँदै

नेपाली राजदूतावासको कन्सुलर सेवा तथा ब्रेनगेन कार्यक्रम अगष्ट ७-८ वासिङ्गटन स्टेट सियाटलमा

ब्रेन गेन कार्यक्रमको यूट्यूब भिडियोhttps://studio.youtube.com/video/oegn-0xx7WM/edit?c=UC4ADrlKUkh46Sth795Tiz2A

अमेरिकामा पहिलो पटक नेपाली राजदूत कप गल्फ प्रतियोगिता हुँदै

दुताबास, महावाणिज्यदूत ढकाल र NANC को संयुक्त आयोजनामा सान फ्रान्सिस्कोमा कन्सुलर सेवा

https://www.hollywoodkhabar.com/nepal-businessforum-acsherpa2019बाणिज्यदुत शेर्पाको आयोजनामा बिजनेश सम्मेलन हुँदै, महामहिम डा कार्की प्रमुख अतिथि, गभर्नर बिशेष अतिथि

नेपाली दुतावास अमेरिकाको Outreach Program क्यालिफोर्नियामा