-एनआरएनएको जिम्मेवार व्यक्तिले परराष्ट्रको निर्देशन मान्दिन भन्नु अमर्यादित, डा पौडेल

एनआरएनएको जिम्मेवार व्यक्तिले परराष्ट्रको निर्देशन मान्दिन भन्नु अमर्यादित, डा पौडेल

Hollywood Khabar September 13,2021 Comments

जीएनएन, सेप्टेम्बर १४, २०२१

गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को २०२१-२०२३ कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्न हुने निर्वाचन मुखैमा आएको छ। प्रस्ताव अनुसार अक्टुवर १०, २०२१ मा गर्ने भनिएको अनलाइन भोटिङ्गको लागि अझै मतदाताको टुंगो लागेको छैन। निर्वाचन कमिटीले काम सुरु गरेको कुरा आधिकारिक रुपमा बाहिर आएको छैन।

यसै क्रममा वर्तमान नेतृत्वले महाधिवेशन प्रतिनिधि चयन संबन्धि बिधानको अपव्याख्या गरेर एकलौटी रुपमा गरेको कुरा आएको छ। त्यसलाई गैरआवासीय नेपाली संघका ६४ मध्ये ४९ भन्दा धेरै एनसीसीहरुले मान्दैनौं, बिधान अनुरुप हुनुपर्छ भने। त्यसैलाई प्रतिनिधित्व गर्दै संघ मर्यादित हुनुपर्छ भनेर संघ दर्ता भएको नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा निवेदन दर्ता भयो।

नेपाल सरकारको परराष्ट्र मन्त्रालयले पनि सो निवेदनको सुनुवाई गर्दै अनुगमन गर्ने एक टोलि बनाएको छ। सो प्रतिवेदन नआए सम्म महाधिवेशनका बाँकी सम्पूर्ण गतिबिधि रोक्न निर्देशन पनि दिएको छ।

संघका पदिय जिम्मेवार व्यक्तिबाट नै प्रतिनिधि चयन संबन्धि ब्यबस्था हेरफेरी गरेर बिधानको अपव्याख्या गर्ने कामभयो। यति मात्र होइन संघका उपाध्यक्ष डा बद्रि के सी, महासचिव डा हेमराज शर्मा र सचिव गौरी जोशीले मन्त्रालयको सो निर्देशनलाइ नमान्ने कुरा बताए। यति मात्र होइन अध्यक्षको नाममा महासचिव शर्माका तर्फबाट समाचार वितरण गर्ने काम पनि भएको छ।

यसैबीच संघको महासचिवमा उम्मेदवारी घोषणा गरेका डा केशव पौडेलले आफू संघको जिम्मेवार व्यक्तिले नै मन्त्रालयको निर्देशन मान्दिन भन्नु पदिय मर्यादामा नपर्ने कुरा बताए। यो त एक दम गैर जिम्मेवार जवाफ मात्र भएन आफू गल्तिबाट जोगिन भाग्ने काम भएको बताए।

पहिलो कुरा संघको प्रतिनिधि चयनमा बिधान बिपरित लगियो, दोश्रो कुरा विभेद गरेर जे जसो पनि गरियो, तेश्रो कुरा मन्त्रालयको निर्देशन पनि मान्दिन भन्ने गैर जिम्मेवार कुरा गरियो। यी सबै संघ र बिधान अनि पदिय गैरजिम्मेवार कुरा हुन्। एउटा जिम्मेवार व्यक्तिले यस्तो कुरा गर्न मिल्दैन।

डा केशव पौडेल संबन्धि थप समाचार:

गैरआवासीय नेपाली संघमा विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशीको बिषय प्रवेश हुन्छ

एनआरएनएमा रुपान्तरण, थन्किएका मुद्धा धेरै छन्, महासचिवका आकांक्षी डा पौडेल

एनआरएनए आइसीसीको महासचिवमा अमेरिकाका डा केशव पौडेल उम्मेदवार हुने