-गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय अध्यक्ष कुमार पन्त

एनआरएनए अमेरिकाको १० औं साधारणसभामा अध्यक्ष कुमार पन्त उपथित हुने

Hollywood Khabar June 21,2021 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको १० औं साधारणसभामा संघका अन्तराष्ट्रिय अध्यक्ष कुमार पन्त उपस्थित हुने कुरा जानकारी दिनुभएको छ।

जुन २१, २०२१ मा भएको कुराकानीमा उहाँले यहि जुलाई ३-४, २०२१ मा हुने एनसीसी अमेरिकाको साधारणसभामा आफू उपस्थित हुने कुरा जानकारी दिनुभएको हो। सभामा संघका गतिबिधिहरुबारे जानकारी दिने, संघको १० अर्ब लगानी, संघको फाउण्डेशन लगायतका बिषयमा पनि साथीहरुसँग छलफल गरिने कुरा अध्यक्ष पन्तले जानकारी दिनुभएको छ।

यस बाहेक आगामी अक्टुवरमा हुने संघको अन्तराष्ट्रिय महाधिवेशन, भोटिङ्ग सिष्टम र अन्य बिषयमा पनि कुराकानी हुनेछन। यो कार्यकालमा अमेरिका चुनाव सम्पन्न गर्ने पहिलो एनसीसी भएको, अनलाइन भोटिङ्गमा धेरै अनुभवी भएकाले पनि थुप्रै कुराहरुको छलफल गर्न अमेरिका उपयुक्त हुने-हुनाले आफ्नो उपस्थित यो पटक महत्वपूर्ण रहने कुरा अध्यक्षले पन्त जानकारी दिनुभएको छ।

कृष्ण के सी

मानार्थ परिषद सदस्य तथा सूचना तथा संचार प्रमुख

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद

जुन २१, २०२१

साधारणसभा संबन्धि थप समाचार

एनआरएनए अमेरिकाको १० औं साधारणसभा रजिष्ट्रेशन र होटल बुकिङ्ग खुला

एनआरएनए एनसीसी अमेरिकाको १० औं साधारणसभाको तयारी कमिटी र अन्य कमिटीहरु

एनआरएनए अमेरिकाको नयाँ निर्वाचितहरुलाई बधाई ज्ञापनसँगै ट्राञ्जिशन प्रक्रिया सुरु

एनआरएनए एनसीसी अमेरिकाको १० औं बार्षिक साधारणसभा न्यूयोर्कमा हुने