सकम्बरी गीतले बाल मस्तिस्कमा ल्याएको अजम्बरी त्रास

Hollywood Khabar April 22,2023 Comments

-गीता बजगाईॅ अधिकारी, अमेरिका, अप्रिल २२, २०२३

बेलुका झमक्क सॅाझ परेको थियो ।म भान्सामा खाना पकाउॅदै थिए । मामु ;मामु भन्दै कान्छी छोरी चिच्याउॅदै आइन् ।किन के भो सानु ? किन यति सार्हो चिच्याएको म त झस्याङ्ग झुसुङ्ग भए ।
के भो ? भन
मामु !!
क्या …।
के भो भन न ।
मामु म न्याधधीश बन्छु नि । के भन्छे ।ल ल खुरू खुरू पढ्ने जे बने पनि बनौली । नाई म न्यायाधीश बन्ने । ल ल बने पनिपछि बन्ने !अहिल्यै किन चाहियो बाह्र कुरा ।
मामु
ॲ ! भन
म बन्छु नि !
म छक्क परें ।हिजो अस्तिसम्म यस्तो  कुरै थिएन आज फेरी एक्कासी के भो ?
ॲ साच्चै ! हजुरले सकम्वरी चिन्नु हुन्छ मामु  ?
के भन्छे ? को सकम्वरी ? कताबाट थाहा भो त्यो ? इन्स्ट्रग्राममा आइसक्यो त ?
ऊ त गॅाउले केटी रहिछ नि मामु । ए ! ॲ ,के भो मैले सोधे।
फेरी भनिदिए म पनि त गॅाउॅले केटी हो  ।
किन के भो छोरी।
मामु  
ऊ त अहिले शहरमा छ ।
ए ! हो ।
मैले भर्खर थाहा पाए झै गर्दै गएॅ। छोरीको मुहारमा भने चिटचिट पसिना आएको थियो । हामी यो समरमा नेपाल नजाउॅ हैमामु । के ? के भन्छे यो ।
हो क्या मलाई त डर लाग्यो ।मैले सोधें ।किन सानु ?के भो ?किन आत्तिएको ? फेरी फूलमाया जस्तै बनाई दिए भने । एमामु काठमाण्डौमा भएको रातो स्कुटर मामालाई फोन गरेर बेचिदिन भन्नु न । किन ! भन्नु न क्या ?अमेरिकामा बसेपनिनेपाली गीत सुनेर लेख्ने पढ्ने बानी थियो छोरीको । नेपाली गीत सुन्दै गर्दा सकम्वरी सुनिछिन् ।अब मैले मलाई ढॅाट्नसकिन ।थाहा नपाए झै गरी मुख नखोली बस्न सकिन ।
ए ,त्यो गीत सुनेर पो । छोरी  
ॲ !
किन मामु एउटा केटी मान्छेलाई त्यतिका मान्छे पछि लागेका ?
इट इज सो स्केरी मामु ।
डिड यु सि दयाट्।
ॲ ! मलाई बाबाले देखाइसेको थियो ।
मैले हेरें ।अनि सुने पनि ।
यु आर नट स्केड ?
मैले मुन्टो अल्लाउॅदै ।
नाइ ! भनिदिएॅ।
छोरी ,हॅ.,, ॲ….! आर यु किडिङ्ग मि  मामु ।
छोरी नेपालमाको संस्कार ,संस्कृति ,चाल /चलन तिमीले हेरेको गीत जस्तो छैन । फलमायालाई जस्तै होला अलि अलिकतै कतै मात्रै ।
ॲ होला नि ! जिव्रो ल्प्र्याउॅदै छोरी -त्यसो भए हजुले त्यो गीत हेरिसेकै छैन ।
हेरेको छु कान्छो। छोरी -अनि किन त..।
हेर छोरी तिमीले राम्रोसॅग सुन -
हो नेपालमा राम्री केटी देखें आहा च्वॅाक  भन्छन् ।सिठ्टी बजाउॅछन् ।माटो र ढॅुङ्गाको डल्ला फाल्दै जिस्क्याउॅछन्  ।केटीले ॲाखा तरेर हिंडिन् भने ,ग्याङ्ग छौ हा! हा !हा भन्दै खिल्लि उडाउॅछन् ।
नराम्री देख्यो भने हेर त बादर ऊ  ला ढेडु नै पो रहेछ लखट लखट भन्छन् र जिस्क्याउॅछन् ।नजान्ने भए ओइ एउटा हिसावसिकाई दे न भन्छन् । जान्ने भए आज नी बिजुली चम्कियो भन्छन् । केटीलाई कतैबाट पनि सुख्ख दिंदैन् ।
नाना भॅाती गर्छन् फकाउॅछन् , झुक्याउॅछन् , लोभ देखाउॅछन् , तर छोरी तिमी जस्ता छोरीहरू अब आफू भित्रबाट बलियोबनेर त्यस्तासॅग भिड्न जान्नु पर्छ किनकी त्यस्ता लम्पटहरूलाई तहलगाउन तिमी  दुर्गा काली जस्तै शक्ति शाली बन्नु पर्छ।
फेरी -गॅाउले केटी सबै कहॅा फुलमाया जस्तै जता बोलायो त्यतै जॅाने हुव्छन् त लाटी ।त्यो गीतमा त पछिसम्मको बाटोनहेरी हूलको पछि लाग्ने टिक टके ,फेस बुके , युटुवेहरूलाई मुर्गा बनाएर लेखकले नाम र दाम कमाउन पो लेखिदिएका पोहुन् कि।
मुर्गा भनेको के हो मामु - बॅाधेको ठाउॅबाट दाम्लो चॅुडाएर मन लाग्दी कुद्द्ने भैसी हो ।
छोरी गललल हॅासिन्। मैले लामो सास फेरें।
अनि छोरी नेपाली छोरीहरू तिमी जस्तै सोझा हुन्छन् ,छल कपट ,जाल ,झेल केही जान्दैन्न ।लोभी पापी पनि केही हुनन्।
छोरीले सोधिहालिन् -अनि फूलमायाले त धेरै पैसा पाएर केटा बदलेकी छिन् त !
म गम्भीर बने ।
होइन क्या होइन त्यो गीतको फूलमाया साच्चै फुलमाया कहॅा हो त ।त्यो त भिडियो पो हो त ।
ए ।ल ,ल। छोरीले बुझे झै गरिन् ।
मेरो मन थोरै शितल भयो ।
के यो झुट  हो त मामु ?
मैले भने -लगभग हो ।
यो गीतमा जसरी सबैले पैसा ,घडी ,स्कुटर ,झुम्का मोबाइल लिनको निम्ति आफ्नो जिउनै मार्ने धन्दा कहॅा गर्छन् त।त्यसमापनि अहिलेका केटी मान्छेलाई यसो गर्नै पर्दैन ।गक्दैन्न् पनि ।
तिमीलाई थाहा छैन ।
आजकल त भारी बोक्नेले पनि पेटपाल्ने भाग कमाउॅछ।
त्यस्तो जाबो मोबाइल घडी टिभि किन्न पनि अहिलेको जमानामा सय बर्ष अगाडि धै जसले दे भन्यो त्यही मान्दै हिंड्छन्होला त?
यत्ति जाबो कुरा त एक महिना निबेक गर्रेर पनि किन्न सक्छन् छोरी त्यो गीतको फूलमाया झै सकम्वरी बन्नै पर्दैन ।
ए सॅाची मामु सक्मबरी भनेको चाहि के हो ।
मैले भनिदिए धेरै लोग्ने मान्छेसॅग यौन सम्पर्क गर्दै हिंड्ने  
केटी नेपालीको ठ्याक्कै शब्द भन्दा बेश्या ।
छोरी -छि ! इयू।
हेर छोरी यो एक्काइसौ शताव्दीमा काम गर्न सक्नेलाई इज्जत र शानले काम गर्ने बाटाहरू लाखौं छन् ।
फूलमाया जसरी सेक्सुअल क्रियाकलाप गरेर किन हिंड्नु पर्छ र ।
यो सकम्वरी गीतमा नारीलाई नाङ्गो बनाएर उपहास गरेको कुरा मलाई त पट्टक्कै मन परेको छैन ।
हो है मामु। हो त ।
यसमा त सानु मौरीलाई चिनी खुवाएर मह बनाउन लगाएको झै एउटा फूलमायालाई पर्दामा ( भिडियोमा ल्याएर ) सारानारीको इज्जत माथि धज्जी उॅडाइएको छ ।छोरीले पक्क परेर सुनिरहिन् ।
मैले सोधें तिमीले बुझ्यौ त।
एक धार्नीको मुन्टो हल्लाई दिए।
हेर कान्छो आफूले आफूलाई आफू भित्रबाट नै बलियो बन्उनु पर्छ।
त्यो गीतमा गीतकारले फूलमायालाई झुक्याए जस्तै फकाएर ,झुक्याएर ,छक्याएर लोभ नै लोभ देखाएर पिंजडामा हालिदिने मान्छेहरू यो संसार भर छरफस्ट छन्
सधैं चलाख बन्नु पन्नु पर्छ।
ट्याप्प टिप्ने ,
क्वाप्प खाने ,
झ्वाम्म हाम्फाल्ने गर्नु हॅुदैन
पानीमा पौडिनु पूर्व आफू डुविन्छ कि डुविन्न भनेर पोखरीलाई नियाल्नु पर्छ अनि मात्रै पानीमा पस्नु पर्छ बुझ्यौ ।कुनै पनि काम गर्नु पूर्व (पहिले)
दश पटक सोच्नु पर्छ र अगाडि बढ्नु पर्छ है ल तिमीलाई मामुको तर्फबाट आशिर्वाद नै आशिर्वाद छ।साच्चै न्याय दिन सक्ने न्यायाधीश बन्नु!

******************