माटामाथिको चक्रव्यूह

Hollywood Khabar June 13,2023 Comments

-शीतल निश्चल, गोरखा, लप्सीबोट, जुन १३, २०२३

घर फर्कन मन लागेन
जिम्मेवारी
घरको सङ्घारमा उभिएको देखेपछि
पानीको बहाव जस्तै
बगर बनेर सम्हालिनुपर्छ
अलमलमा परेर
सबैको ख्याल गर्दागर्दै
आफैँलाई बिर्सनुपर्छ !!

विकासका नाममा
बस्तीहरूमा
बाटाहरू लागू हुन थाले
बाटाहरू यसरी नै चलिरहन्छ
गन्तव्यमा नपुगेसम्म
रोकिँदैन अब !!

कहिलेकाहीँ
एकान्तमा दौडन मन लाग्छ
जिम्मेवारी भन्दा धेरै टाढा
मेरो कमजोरी हो
या कायरता
तर
मन त मनै हो
फेरि आफ्नै राष्ट्रको माटोलाई
ओठले चुम्बन गर्न मन लाग्छ !!

कहिलेकाँही
यो मन पनि उत्साहित हुन्छ
हार मान्दैन
थकानको भारी बोकेर
यात्रा गर्दागर्दै
उस्तै व्यवहार र तनावमा
कराउन र रुन मन लाग्छ
केही भन्न लाग्यो
केही सुन्न मन लाग्यो भने
चक्रव्यूहको पासोमा परेर
खोक्रो हाँसोभित्र रिसाउँदै
हरेक समय
माटामाथि आफैँले कुल्चनुपर्छ
ईमान्दार बनेर !!

शीतल निश्चलका कविताहरु