हजुरबाजेलाई चिठी-राजनैतिक कटाक्ष

Hollywood Khabar April 26,2023 Comments

-गीता बजगाईॅ अधिकारी, अमेरिका, अप्रिल २५, २०२३

हजुरबा नमस्कार । आराम छौ, आरामको कामना गर्दछौ । ढिलै भए पनि दाइले कानको अपरेशन गरिदिएछन् सुनेर खुशीलाग्यो। लौ ढिलै भए पनि हाम्रा बाजेको कानको अपरेशन भएको छ। उमेरैमा भएको भए सबैकुरा सुन्नु हुन्थ्यो होला ।औषधी खानै मान्नु भएन। न औषधी हाल्न मान्नु भो । घरवरिपरिको तुलसीको पात टिप्दै पानी हाल्दै बस्नु भो। कहिले हुक्काको पानी राख्नु भो, पानीले कान खुलेन झनै बन्द गर्दै लग्यो । मर्ने बेलामा हरियो काँको भने झै बुढेश कालमा बल्ल बाजेको कानको अपरेशन भयो। काम गर्ला नगर्ला । जेहोस् दाइले जवर्जती कानको अपरेशन चाहिं गरिदिनु भयो ।

अनि अर्को रमाइलो कुरा हाम्रा बाजेलाई बराजुले एउटा सुन्दर घर बनाएर छाडिदिएका थिए । घरमा छोराोछोरी नातिनातिनी हामी सबै जन्मिए हुर्कियौ।बाजे बुढा हॅुदैगए । बाजे सार्है लोभि थिए ।कसैलाई भण्डार छुन दिन्नथे । ॲाखा नदेख्ने भएका बाजेले भण्डारको रैथाने चाहिं उनले मात्रै निकै मन पराएका एक सदस्यलाई दिए।

 

उनले त्यो राम्रो गरेका थिएन् तर उनलाई त्यो कुरा हेक्कै भएन ।बाजे पहिले सोझा ,राम्रा ज्ञानी थिए रे पछि बाजेलाईघमण्ड बढ्दै गयो । उनी लोभी पापी बन्दै गए त्यो चालाखी चावी लिनेको थियो उनी आफैले रोजेको मान्छेको स्वाथर्थीचतुर्याईॅ भित्र होमिदैं गए । फेरी उनले बुद्धी ,तर्क,र क्षमता सबैमा हुन्छ,आफ्नै छोरा नाति पनातिलाई पनि समयमा समानअबसर दिंदै गए होनाहार हुव्छन् भन्ने ख्याल गरेन्न ।

आफू र आफूसॅगै जीर्ण बनेको बराजुले बनाएको सुन्दर घर समयमा मर्मत गर्नु पर्छ भन्ने सोचेनन्।त्यसैले एकाएक घरकाबलाहरू पालै पालो भॅाचिंन थाल्यो।छानो चुहिंन थाल्यो।पिंढीको डिल भत्किंन थाल्यो तर उनले चौकामा बस्न र धुरी खॅावोसमाउन कहिल्यै छाडेन्न् ।अरूलाई मौका दिनै हुॅदैन भनेर विधानमा लिखितम ठोकिरहे।

उता परिवारका अन्य सदस्यहरू बॅाचुन्ज्ल कर्मी मौरीले झै काम गरिरहे। बाजे रानो बनेर महमा पौडि खेलिरहे। बाजे घार छाडेर एक पटक पनि बाहिर निश्किएनन्। एक पटक पनि  देखेनन् आफूलाई महमा पौडी खेलाएर राजा रानी बनाउने आफ्नै सन्तान कर्मी मौरीहरूलाई।ती कर्मी मौरीकस्ता भीरमा पुग्छन् र रस जम्मा गर्छन् भनेर नियालेन्न। कठै हाम्रा बाजे विचरा आज मर्मत नभएर दुलो परेको मौरीको घारकुरेका छन्।

हेर घार दुल्यो पर्यो र सुरक्षा जेखिम हॅुदैन गएको भन्दै कर्मी मौरीहरू भकाभक भाग्न थाले ।बराजुले बनाएकोघर दयनीय हालतना देखियो। बराजुले बनाएको घर बाजेको पालोमा आएर भग्नावशेष बन्ने लगभग पक्का भयो। यसले बर्षाको झरी ओत्न छाड्यो। गर्मीको घाम छेक्न छाड्यो । जाडोको चिसो रोक्न छाड्यो। ज्यामीहरू मर्मत गर्न तम्तयार हॅुदापनि पुरिख्यौली घर भनेर बाजेले छुन चलाउन दिइएन।सिगान तानेर भए पनि भान्सामा बाजे बजैकै राजचल्यो ।

पिठोलाई पनि मिठो बनाउन सक्ने नाडीहरू टुलुटुलु हेरेर नमस्किएको ढिंडो सात दिनको बासी अमिलो मोईसॅग खान बाध्यभए । कॅाचो मिठो र अमिलो मोईले पेट हॅुडाल्यो ।

वाक वाक आयो, खाना पच्दै पचेन। आफूले मायाले पसिना पोखेर उब्जाएको अन्न भकारीमा हाल्न नसकेपछि ॲागनमाधोक्रो मिल्काएर अर्को घर बनाउन नाती नातिनीहरू बसाईॅ सरे। बाजे आफ्नै टाउको देखि खुट्टासम्म नियाल्न बाध्य बनेकाछन् । सधैं शिर ठूलो हो भन्ने लोभी बाजेको आज हात गोडा भॅाचिएको  छ। अब त बाजेले शिर अड्याउ पैताला वा गोडापनि अपरिहार्य रहेछ भनेर बुझ्नु भयो होला ।

हजुवा जमाना फेरियो । आश्वसनको जमाना गयो । अर्ती उपदेशको काम छैन । पौरख गरे भोजन मिल्छ। विधि विधान रअनुशासनमा तुक छ। हजुरबा अब पुरानो तम्सुक बदल्नुहोस् । पुराना विधान  च्यात्नुहोस् । नयॅा युगान्तकारी विधानलाई नजिर बनाउनुहोस् । 

एउटा व्यक्तिले दुई पटक भन्दा बढी  शासन गर्न नपाउने व्यवस्था ल्याऊनुहोस्। राष्ट्रका नायकराष्ट्रलेले छान्ने अभियान चलाउनुहोस्। राम्राको हात समाउनुहोस्। अब त चेत खुल्नुहोस्। सार्थकता मात्र बोल्नुहोस् । “जित कलमको हुन्छ, तरबारको हॅुदैन । विद्रोह दिमागले हुन्छ, मुखले हुदैन विद्रोह शान्ती पूर्णछ स्ववीकार्नुहोस् जे हुनु पर्थ्यो भयो। अब विकाशहोस्, अब निकाश होस् । देशले अग्रगामी गति लेओस् ।

जय नेपाल 

जय नेपाली

*****************

गीता बजगाईं अधिकारीका कविताहरु