-Krishna KC

एनआरएनए एकता यो पटक संभव छैन-दर्जन कारण, एनसीसीहरुको राष्ट्रिय महाधिवेशनको तयारी गरौँ

Hollywood Khabar July 14,2023 Comments

कृष्ण के सी, अमेरिका, जुलाई १४, २०२३

**नोट: लेख भित्रका हाइपरलिंक क्लिक गर्नुभयो भने त्यो बिषय पढ्न सक्नुहुन्छ**

गैरआवासीय नेपाली संघ-एनआरएनएको एकताको ११ औं महाधिवेशन सम्पन्न गर्न अर्को पक्षबाट अनुरोध आएपछि हामीले पनि त्यसलाई अध्ययन, छलफल र बैठक हुँदै साधारण सभाबाट नै पारित गर्दै एउटा कार्यदल सहितको एजेन्डा बनायौं। म आफू पनि त्यो कार्यदलको सदस्य सचिव थिए।

वार्ताको कुरालाइ अर्को पक्षले चर्काएर हल्लाउँदा मैले त्यो संभव नभएको कुरा बेलैमा स्पष्ट पारेको नै हो। कुरा त मैले सेप्टेम्बर १०, २०२२ मा नै भनेको थिए: एनआरएनएमा वार्ताको कुरा भनेको इर्स्याको हिकअप र बोर्डरलाइन अफुल म त्यो बेला पनि स्पष्ट नै थिए र अहिले पनि स्पष्ट नै छु। 

हुनत इतिहास हामीसँग पनि छ मलाइ यो एकता हुन्छ भन्ने कुरामा पटक्कै विश्वास थिएन। संघको अन्तराष्ट्रिय सचिव भएपछि निर्णयलाइ मान्नु नै मेरो कर्तब्य हो। हुन त हामीमा पनि पक्का रेकर्ड छ - एनआरएनएको संसोधित बिधान परराष्ट्र मन्त्रलायमा दर्ता यो एउटा आफैमा इतिहास हो। यो इतिहास कुनै समय सत्य भएर आउने छ।

हामीले अर्को पक्षले बनाएको वार्ता समितिसँग अनौपचारिक र औपचारिक धेरै संवाद गर्यौं। औपचारिक बैठकमा हामीले पृष्ठभूमी सहित १२ बुंदे प्रस्ताव प्रस्तुत गर्यौं। उहाँहरुको कुनै प्रस्ताव छैन भन्नुभयो। हामीले हाम्रो एजेण्डामा छलफल गर्न अनुरोध गर्यौं। उहाँहरुले छलफल गर्न मान्नुभएन, आफ्नो एजेन्डा पनि प्रस्तुत गर्नुभएन। हिडन एजेन्डा भएकाले भाषण र मन्तब्य छाँटेर बैठक समापन भयो।

फेरी, पछि उहाँहरुले हाम्रै एजेन्डामा छलफल गर्ने आफूहरुको तयारी नभएको, धेरै जना अध्यक्ष भएकाले सबैको एकै मत हुँदैन अनि काम गर्न गारो भएको दुखेसो पोख्नुभयो। अब उहाँहरु पनि हाम्रै एजेन्डामा जाने हुनुभयो। तर विडंवना त्यहि हाम्रै एजेन्डालाइ तोडमोड गरेर हामीलाई काउण्टर प्रस्ताव पठाउनुभयो। उहाँहरुको दिमाग सुल्टो काममा पटक्कै आउंदैन तर खुरापाती दिमाग मिनेटमा आउँछ। त्यसबाट एकता होइन अल्मल्याउने गन्ध आएको थियो। टुंगोमा नपुग्ने खालको सड्यन्त्र थियो। हामीले त्यसलाई ब्याक-एण्ड फोर्थ धेरै पटक पिङ्ग-पङ्ग गर्यौं। अन्तमा हामी दुवै पक्षका संवाद टोली मिलेर सहमत र असहमत बिषयको लिष्ट बनायौं।

बिचमा अध्यक्ष बिनोद कुँवर सहितको टोलीले तत्कालिन परराष्ट्र मन्त्री डा नारायण खड्कासँग कुरा नराखेको पनि होइन। एनआरएनए अध्यक्ष कुँवरसँग परराष्ट्रमन्त्री डा खड्काले भने, शेषजी अत्यन्तै असल मान्छे हामीसँग पनि छ प्रमाण।

तर पनि अर्को पक्ष सहमत भएन, हामीले अब यसरी हुँदैन भनेर अर्को पक्षका अध्यक्षहरु सहितको संयुक्त बैठक जुन २६ मा नै बोलायौं। त्यसमा हाम्रो पक्षबाट अध्यक्ष बिनोद कुँवर, महासचिव जानकी गुरुङ, म सचिव कृष्ण केसी, सल्लाहकार धरम के सी, केशव कडेल सहित उताका बद्रि के सी, कुल आचार्य, केशब पौडेल, आरके शर्मा, महेश श्रेष्ठ, गंगाधर गौतम लगायत धेरैसँग केहि एजेन्डामा कुरा भए, मन्तब्य दिने र औपचारिक बैठक बस्ने सहमति भयो।

बिचमा अचानक प्रधानमन्त्रीको कार्यालयमा एउटा सहमति हस्ताक्षर भयो। त्यसलाई पनि मैले लेखेकै हो- प्रधानमन्त्री दाहालले प्रतिबद्धता गरे अनुसार बिधान स्वीकृत नभए एनआरएनएको एकता संभव छैन। त्यो सहमति गर्दा प्रधानमन्त्री दाहालले प्रष्ट रुपमा भन्नु भएको थियो, तपाइँहरुको बिधान परराष्ट्रबाट प्रमाणिकारण हुन्छ। त्यसैलाइ रेकर्ड होस् भनेर लेखेकै हो, दुइ एनआरएनएलाइ एक बनाउन प्रधानमन्त्री दाहालको उपस्थितिमा सहमति, परराष्ट्र मन्त्रालयमा रोकिएको बिधान स्वीकृत हुने तर त्यसो भएको छैन।

त्यसपछि अर्को पक्ष र हाम्रो बीच संयुक्त बैठक भयो। बैठकले ७ वटा बिषयमा निर्णय गरेको थियो। त्यसलाई तोडमोड गरेर उज्यालो नहुँदै उहाहरुले सर्कुलर गर्नुभयो। उताको आन्तरिक रुपमा पठाइएको इमेलमा अर्को पक्षको सदस्यहरु बुझिलिनु बाँकी लात मार्नु भन्ने खालको आसय थियो।

त्यसपछि हाम्रो महासचिवले पनि सर्कुलर जारि गर्नुभयो। अनि हामीले विश्वो भरि नै एकताको लागि पहल गर्यौं। तर कुनै पनि ठाउँमा त्यो संभव भएन। पोर्तुगलले आफैं पहल गरेको हो, उहाँहरुको त्यो आफ्नै पहल हो, कसैले पहल गरेको जसको कमिशन नलिए हुन्छ। बाँकी कतै पनि हामीलाई स्थान भएन।

कुरा यति माता होइन। अब यो एकता भन्ने कुरा यो पटक संभव छैन तर ध्रुवीकरण भने तिब्र रुपमा हुन्छ। यो कुरा मैले ७ महिना पहिला जनवरी ७, २०२३ नै लेखेको थिए। म धेरै कुराको मुल्याङ्कन गरेर लेख्ने गर्छु।एनआरएनएको एकीकरण किर्तेमण्डलीको भ्रम मात्र, असली कुरा अर्कै छ  प्रमाण जिउँदै छ।

मेरो योजना थियो कम्तिमा पनि ३० देशमा एनसीसी बनाउने र जुन २०२३ सम्म २५ देशमा एनसीसी बनाउने। अमेरिका र मध्येपूर्वमा काम भयो तर युरोप, एसिया र अष्ट्रेलिया लगायत क्षेत्रमा काम भएन। गैरआवासीय नेपाली संघले जुन अन्त सम्म २५ देशमा एनसीसी गठन गर्ने

अर्को कुरा त्यो बेला त बक्तब्य आयो तर अहिले यो बक्तब्य आउनु पर्ने हो - एनआरएनएको अन्यौलता समाप्त, संगठन बिस्तारमा छौं, महासचिव गुरुङ तर आएको छैन। यो थियो हाम्रो योजनाको लाइन। 

अबको लडाइ भनेको असल र खराबबीच हो भनेर म त अप्रिल २०२२ मै प्रष्ट थिए गैरआवासीय नेपाली संघमा १९ बर्ष पछि सहि र गलत भूमिकाबारे बहस सुरु भएको छ लेखेकै हो। 

मलाइ वार्ता बिरोधि भने पनि त्यसलाई पुष्टि गर्न पछिल्लो केहि महिनाका कुरा हेरौं, बिषय मैले आकस्मिक रुपमा उठाएको होइन। मे ५ सम्मको समय अबधि सकिएपछि मे १४, २०२३ मा भनेकै हो, हाम्रो पक्ष अब अलमलिनु हुँदैन भनेर- एनआरएनए ११ औं महाधिवेशन संयुक्त गर्न अर्को पक्ष तयार नहुँदा ध्रुवीकरणको गोल्डेन मोड वास्तवमा यो हाम्रो लागि सुनौलो मौका थियो र अझै पनि छ। 

यस्ता धेरै कुरा पहिला नै उद्घोष गरेको थिए, मे २२, २०२३ मा एनआरएनए ११ औं महाधिवेशन संयुक्त गर्न अर्को पक्ष तयार भएन, उपरान्त संयुक्त बैठक हुँदैन के त्यो कुरा सावित भएन र ?

फेरी तर्साउन बिचमा ट्रेडमार्कका कुरा आएका थिए। त्यसलाई पनि जवाफ दिएकै हो। गैरआवासीय नेपाली संबैधानिक सर्वनाम हो, कसैको एकल हक दावीमा पर्दैन, एक दर्जन कारण सहित सबैको कुरा सहमत नहोला तर बिषय भनेको बेलामा बोल्नुपर्छ अनि मात्र इतिहास बन्छ।

अप्रिल २०, २०२३ मा एउटा घोषणा गरेको नै हो एनआरएनएको ११ औं महाधिवेशन संबन्धि धारणाले किर्ते मण्डली अनलाइमा सिमित भए अहिले ठिक त्यसै भएको छ। अर्को पक्षका एनसीसीहरु रुन थालेका छन्-चुनावको मुख आयो तर सदस्यहरुको लिष्ट आएको छैन। एमआइएसवालाले रसियामा लगेर थन्क्याएका छन।