-शीतल निश्चल, गोरखा, लप्सीबोट, अगष्ट २२, २०२३
मेरो गाउँ
ए! शहर
तिम्रो आगमनमा
मेरा नजरहरू
सडकभरि बिछ्याइरहेछु
कहाँ छौ ?
गगनचुम्बी महल बोकेर
चिल्ला सडकमा गुडेर
कहाँसम्म आइपुग्यौ ?
जब विकास बोकेर
मेरो दुर्गम गाउँ
छिर्ने छौ साँझमा
म तिम्रो हात समाएर
गाउँको वेदना देखाउने छु
ओ शहर!
म सोचिरहेछु
तिमीलाई हिमालपारिको
गाउँमा लैजाने सपना
जहाँ सूर्य उदाउँछ
त्यहाँ हिमाल चम्कन्छ
अर्कोतिर
तराईको फाँटमा
घाम डुब्दै छ
लैजानेछु तिमीलाई
मेरो गाउँमा
हरेक बाटो र गल्लीहरूमा
जहाँ म
पटक पटक खेलेको छु !!
म तिमीलाई
अनेक जातका
सुन्दर फूल फुल्ने
मेरो फूलवारी देखाउनेछु
जहाँ म विहान बेलुका
ती फूललाई चुम्बन गर्दै
हिमाललाई साक्षी राखेर
आफ्नो वेदना पोख्ने गर्छु !!
घुमाएर देखाउने छु
घरको कुनाकुना
जहाँ सधैँ रोधी बसेर
गुनगुनाउने भाकामा
मादलको तालमा
म नाच्ने र गाउने गर्थेँ
सम्झनामा राखेको थिएँ
तिमीलाई
विश्वास दिलाउन
याद दिलाउन
मेरो गाउँको
विकट भूगोल खिचेर
मायाँको तस्वीर
जुन मैले च्यातिदिएँ!!
तर मलाई थाहा छ
म तिमीबाट धेरै टाढा छु
न तिमी आउनेछौ
न त तिमीलाई
मेरो गाउँमा ल्याउन सक्छु
म तिम्रो बारेमा सोच्दासोच्दै
शहरको सपना
देखेको हुन्छु
जहाँ म कहिल्यै पुग्ने छैन !!
शीतल निश्चलका कविताहरु
- नेपाल आमा, म रोऊँ कि हाँसूँ?
- नियति
- सरकार र इमान्दार नेता~रोपहरू जहाँ छन्
- माटामाथिको चक्रव्यूह
- आकाशको जून
- बलिरहेको बस्ती
- प्याड र ढाल
- म तिम्रो सहरमा
- पिँजडाभित्रको कनिष्ठ1
- कल्पित सुन्दरी
- यात्रा र सिट
- प्रतिबन्ध
- विक्षिप्तता
- किनार र आमा
- पवित्र तुलसी र रुद्राक्ष
- देश हराएको सूचना
- निरक्षर छोरो
- सप्तरङ्गी दुनियाँ
- सपना !
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु