माघ शुक्ल पञ्चमी वा वसन्त पञ्चमी, सरस्वती पूजा किन गर्ने

Hollywood Khabar February 14,2024 Comments

-गीता बजगाईॅ अधिकारी, अमेरिका, फेब्रवरी १४, २०२४

या कुन्देन्दुतूषारहारधबलाया शुभ्रवस्त्रावृता
या वींणावरदण्डमण्डितकरा या श्वेतपदमासना॥
या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता।
सा माम पातु सरस्वती भगवती निःशेषजाड्याऽपहा॥

आदिकालमा भगवान श्री ब्रम्ह्राले यो जगतको सृष्टी गर्नुभयो। सृष्टीमा मानिस, पशुपंक्षी, किटपतङ्ग,  खोलानाला, हिमाल, पहाड, वनजङ्गल, घासपात, जडिबुटी, फलफूल, अन्न कन्दमूल जहॅा जसलाई जे आवश्यक छ सोही अनुसार सबै बनाइयो तर कही कतै कोही कसैको आवाज आएन। आवाज विनाको संसार सर्वत्र सुन्सान् सन्नटामय बन्यो। सुन्सान संसार देख्दा भगवानलाई आफ्नै सृष्टी फिका लाग्न थाल्यो। 

सृष्टी गर्ने क्रममा आफूबाट केही त्रुटी भएको महसुष भै नै राख्यो। मनमा खुल्दुली छाईरह्यो। ब्वहारमा अपुग वा अभाव खड्की रह्यो।यस्तो परिवेशमा आफ्नो रचना वा सृष्टी पूर्ण नभएको अनुभुत हुनु स्वभाविक नै थियो। त्यपछि भगवान श्री ब्रम्ह्राजी यसको कारण पत्तालगाई सामाधानको उपाय रच्ने हेतुले निकै समय ध्यानमग्न हुनु भयो। ध्यान मग्न भई अन्नतसम्म दृष्टी पुर्याई विचार गर्दा परमात्माले त्यसको चूरो पत्ता लागाई छाड्नु भयो। अहो मेरो सृष्चीमा मैले कसैलाई आवाज दिइन आवाज विनाको जगत साच्चै विरह लाग्दो हुने रहेछ।

आवाज, वाणी वा झन्कार विनाको सृष्टी के सृष्टी हो र? यस्तो अपूर्ण सृष्टीलाई अब पूर्ण तुल्याउनु पर्छ भनि भगवान् श्री ब्रम्ह्राजीले ध्यानबाट बाहिरिएर आफ्नो हातमा रहेको कमण्डलुको जलमामा उर्जा समाहित गरी वाणीकी देवी सरस्वतीको उत्पतिको खातिर आराधना गर्दै जल भुईमा छर्कनु भएको रहेछ। ब्रम्ह्राको आराधना पछि सरस्वती उत्पन्न भइन्। सरस्वतीको उत्पति भएको दिन तीथि मिति संयोगले माघ शुक्ल पञ्चमी वा वसन्त पञ्चमीको दिन परेको थियो। यसरी सरस्वतीको उत्पति भएको पावन दिन भएकाले यस दिनलाई सरस्वतीको जन्मोत्सवको रूपमा हामीले मान्ने गरेका हौ।

फेरी पहिले सन्नटा छाएको धर्तीका चराचरले सरस्वतीको उत्पति पश्चात् आवाज पाएको हुनाले सरस्वतीलाई वाणी वा आवाजकी देवीमानेर सबैले  पूजा गर्ने गरेका हौं। परापूर्वकालदेखि नै आजका दिनबाट सृष्टीमा  रहेका सबैचिजले आफ्नो आवाज पाएका हुनाले हामीले सरस्वतीको पूजा गरेका हौ। यी सारा कथ्यहरू विभिन्न पौराणिक ग्रन्थहरूमा उल्लेख भएको पाइन्छ। 

श्रीपञ्चमी वसन्त ऋतुको प्रारम्भ हुने दिन पनि हो। तसर्थ वसन्त पञ्चमीको रूपमा यसलाई मानिएको हो। पञ्चमी तिथीमा सरस्वती जन्मिएकी र उसै दिनबाट पानीले कलकल आवाज दिएको हावा सुसाएको। चराचुरूङ्गीहरूले संगीतमय आवाज गुञ्जाउन थालेका, आगो फर्भराएको, प्रत्येक प्राणीहरूमा आवाज भरिएको, मेष गड्गडाएको विजुली जम्किनुका साथै सबैले आ-आफ्नो स्वधर्म निर्वाह गर्दै बस्तु अनुसासरको घ्वनि निश्किएको हुनाले सृष्टीमा अलौकिक सुन्दरता थपिन पुगेकोले सरस्वतीलाई आवाजकी साक्ष्यात्देवीको रूपमा मान्दै आएको हो।  सबैमा आवाज भरिए पछि मात्रै  भगवान श्री ब्रम्ह्राले आफ्नो सृष्टीले पूर्णता पाएको महसुस गरी  प्रफुलित हुनु भएको थियो। यी कुराहरूको कथ्यांस पौराणिक ग्रन्थहरूमा पढ्न पाइन्छ। यसरी सृष्टीमा संगित भरेर सबैलाई मोहित गर्न सक्ने देवी भएकी हुनाले हामीले सरस्वतीको आरधना गरेका हौ।

आवाजको पार्दूर्भाव गर्नै भवानी भएकी हुनाले साना नानीहरूलाई पढ्न यसै दिनबाट सिकाईन्छ। यो दिनमा  नाक कान छेड्दा पाक्दैन भन्ने मान्यता छ ।त्यसैले नाक कान छेड्न यही दिन रोजिन्छ। यसरी आस्था विश्वास र भरोषाका निम्ति पुकार गरिने हुनाले अध्ययन अध्यापन गर्न सहजता प्राप्त हुन्छ तसर्थ सरस्वतीको  पूजा गरिएको हो। वीणा, पुस्तक माला हातमा लिएर संगीत ज्ञान र ध्यानलाई संप्रेशित गर्ने शक्ति स्वरूपा माता भएकी हुनाले दिव्य ज्ञानकी प्रतिमुर्ती स्वरूपमा सरस्वतीको पूजा गरिएको हो।

जय जय भवानी सरस्वती माता
विद्या ज्ञान बुद्धी विधाता
कृपा गरिदेऊ हे जगन्माता
महा सरस्वती देवी ज्ञानकी हौ दाता
सृष्टी भरकी आवाजकी धनी
सुद्धी बुद्धी दिई बनाई देऊ ज्ञानी !

गीता बजगाईं अधिकारीका कविताहरु