हार र जित

Hollywood Khabar October 15,2023 Comments

-शीतल निश्चल, गोरखा, लप्सीबोट, अक्टुवर १५, २०२३

हार र जित देशभर युद्ध जारी छ
कहिले प्रत्यक्ष, कहिले अप्रत्यक्ष
एक्काइसौँ शताब्दीलाई
यसरी चिनिन्छ
कहिले शीतयुद्ध
कहिले प्रणय युद्ध !!

यी युद्धमा कसले हार्छ ?
कसले जित्छ ?

प्रश्न आज उस्तै छ
हिजो पनि थियो
भोलिका दिन पनि यस्तै हुनेछ
कसले जित्यो, कसले हा~यो ?

कसले जित्छ, कसले हार्छ ?
प्रश्न उस्तै छ !!

यहाँ जित्नु भन्दा बढी
जित्ने सामर्थ्य बन्यो
पौराणिक कथाका पात्रहरू
कौरव र पाण्डवमा
तुलना गर्नुहोस् त ?

तपाईँ के भन्नुहुन्छ ?
प्रश्न उठेको छ ?
महाभारतमा कसले जित्यो ?
कसले हार्यो ?

किन यस्तो हुन्छ
मान्छेको घमण्ड
युद्ध पछिको परिणामले देखाउँछ
त्यसपछि मान्छेको आवाज
एकाएक बन्द हुन्छ
एक पटक सोच्नुहोस् त!
विजयपछि अशोकले हतियार छोडे
पाण्डवले महास्नान गरे
यी दुवै
महाभारतका विजेता हुन् !!
अनुमान गर्नुहोस् त !
यो युद्ध साँच्चै
शान्तिको युद्ध हो
बुद्धम् शरणम् गच्छामि
धम्मम् शरणम् गच्छामि
तर यो देश
शान्तिको देश हो
उनिहरूले बुद्धमाथि
युद्धको घोषणा गरेका छन्
बुद्धलाई बारम्बार निर्वासित
गरेका छन्
अहिले लडेको युद्धले
भविष्यमा रगतको खोला बग्नेछ
इतिहासको पानामा
धेरै पटक चोट दिएका छन्
मानवता हराएको छ
मानव घाइते भएका छन् !!

योद्धाहरू सुन्न सक्दैनन्
योद्धाहरूको सपना कराउँछन्
चिच्याउँछन् उनीहरूको आवाज र पिडा
खुम्चिएकाछन्
तरपनि आवाजहरू सडकमा
गुन्जायमान सुनिएको छ
उनिहरू युद्धको घेरामा
काटिन्छन् , मारिन्छन् र थुनिन्छन्
एकदिन उनिहरू आउनेछन्
मुर्कट्टा बनेर
सहर सहरमा,बस्ती बस्तीमा
तर्साउनेछन् बाटो बाटोमा
विजय जुलुसमा
अशोकले बोकेको हतियार
उनिहरूको आवाजमा तेर्सिनेछ
जुन गोली
अनावश्यक खेर जानेछ
एकदिन सुन्न पाइनेछ
हार र जितको आवाज !!

शीतल निश्चलका कविताहरु