-Kumar Pant, NRNA ICC President

एनआरएनएको सदस्य बन्ने एमआइएसमा चरम दुरुपयोग, सर्वत्र बिरोध, अध्यक्ष पन्त मौन

Hollywood Khabar July 26,2021 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वभरका आफ्ना सदस्यहरुको नामावली संकलन गरिएको पोर्टल, एमआइएस सिस्टमको व्यापक दुरुपयोग भैरहेका समाचारहरु प्राप्त भएका छन्।

  1. अमेरिका, बेलायत, क्यानाडा, अष्ट्रेलिया, युरोप र विश्वोका थुप्रै देशको कानुनि प्राबधान अनुसार नागरिक/वासिन्दाहरुको व्यक्तिगत बिवरण संकलन गरेर सार्वजनिक गर्नु, थर्डपार्टीलाइ दिनु (दिनु पनि बेच्नु नै हो) जस्ता कुरा कानुनको विरुद्ध हुन्छ। एका देशको वासिन्दाको व्यक्तिगत विवरण/सूचना अर्को पार्टी या देशमा दिन मिल्दैन र हुँदैन। एनआरएनको एमआइएस सिष्टमले अमेरिका, क्यानाडा, बेलायत, अष्ट्रेलिया लगायत सयौं देशहरुको कानुन उलंघन गरेको देखिन्छ।
  2. एनआरएनए एनसीसी अमेरिकाले अमेरिकी कानुन अनुसार व्यक्तिको नाम, ठेगाना, क्रेडिट कार्ड, इमेल, फोन नम्बर, इमेज र फेसआइडी समेत हुने एमआइएस सिष्टममा सदस्य बनाउन नमिल्ने कुरा जानकारी गराएको थियो। यति मात्र होइन टेष्ट डेमो गर्दा नै सो सिष्टमले नै अमेरिकी प्रयोजनमा काम गरेको थिएन। सो कुरा अमेरिकी कानुन ब्यबसायीहरुले पनि त्यसरी व्यक्तिगत विवरण दिन नमिल्ने बताएका छन्। तर पनि संघले आफ्ना गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) हरुलाई बाध्य पारेर सदस्यहरुको विवरण एमआइएस सिस्टममा दर्ता गर्न लगाइएको थियो। अमेरिकाको पनि सदस्यता पठाइएको छ, त्यो समय आइडी डकुमेण्ट सहित, आइपी एड्रेस समेत मागेको थियो त्यो भने दिने काम भएको छैन भनिएको छ।
  3. अमेरिका, अस्ट्रेलिया जस्ता केहि ठूला राष्ट्रिय समन्वय परिषदहरुले आफ्ना सदस्यहरुको व्यक्तिगत विवरण आफ्नो छुट्टै पोर्टल बनाएर राखेका छन्। तर अधिकांश एनसीसीहरुले केन्द्रको विश्वासमा आफ्ना सदस्यहरुका विवरणहरु एमआइएस सिस्टममा दर्ता गरेका छन्। तर अहिले एनसीसीहरुको चुनावको क्रममा तिनको व्यापक दुरुपयोग भएका प्रमाण फेला परेका छन्।
  4. यहि कुरालाई संघका युरोप क्षेत्रका क्षेत्रीय संयोजक नारायण आचार्यले संघका अध्यक्ष कुमार पन्तको ध्यानाकर्षण इमेल नै गरेका छन्।
  5. उता संघले एनसीसीहरुलाई एमआइएसमा जानुपूर्व कथंकदाचित डाटा लिक भयो भने एनसीसी जिम्मेवार हुने भनेर हस्ताक्षर गराउने गरेको छ। अनि त्यसैको फाइदा लिएर वर्तमान नेतृत्वले आफ्नै निर्देशनमा थुप्रै देशमा डाटा बदल्ने काम गरेको छ।
  6. यति मात्र होइन नेपाली मुलका कोहि एक व्यक्ति रहेको एपलाइ प्रोमोट गरेर धेरै देशमा अर्को लफडा गर्ने लगाइएको छ। एमआइएस सफ्टवेर/एप संघका सचिव गौरीराज जोशीको हो। अनि त्यो अर्को चुनावी एप/सफ्टवेरमा पनि सचिव जोशीका पार्टनर नै छन्। त्यसलाई संघले अबलम्बन गर्नु आफैंमा नियतको कुरा हो।
  7. जापानमा १७०० जना सदस्यको सबै विवरण सिष्टमबाट नै फेरियो। जुलाई २६, २०२१ को चुनाव नै जुलाई ३० मा सारियो। त्यसलाई करेक्शन गर्न लागि परियो। जापानमा पनि एमआइएस सिस्टमको दुरुपयोग केन्द्रले 'स्मार्ट एनआरएनए" को नाममा जबर्जस्ति एमआइएस प्रणाली लागू गर्न खोज्नुको उद्देश्य अहिले स्पष्ट हुदै गएको एनआरएन अभियन्ताहरु बताउंछन्। झन्डै ९,००० पन्जिकृत सदस्य रहेको एनआरएन जापानमा झन्डै ३,००० जना सदस्यहरुको विवरणमा फेरबदल गरिएको पाइएको छ। ती मध्ये झन्डै १,७०० जना सदस्यको इमेल परिवर्तन गरिएकाले उनीहरुको इमेलमा मेसेज नै आएन। कार्यसमिति कै पदाधिकारीहरुले यसको व्यापक विरोध गरे पछि इमेल आइडी परिवर्तन गरिएका सदस्यहरुलाई गुगल फर्ममा आफ्नो विवरण राख्नका लागि बुधबार सम्मको समय दिइएको छ। एनसीसी जापान को चुनाव अब ३० जुलाईमा हुने छ।
  8. बेल्जियममा भएको निर्वाचनमा निर्वाचन समितिकै केहि व्यक्ति तथा एनसीसी बेल्जियमका केहि पदाधिकारीको मिलोमतोमा सैयौं सदस्यहरुको नामावली, ठेगाना लगायत व्यक्तिगत विवरणमा फेरबदल गरी चुनावलाई प्रभावित गर्ने काम भएको छ। चुनाव कसरि गर्ने भन्ने कुरा नै अन्योलमा राखेर पहिले अनलाइन मतदान गर्ने भनेर रातारात प्रत्यक्ष मतदान गर्न लगाईएको र मतदान सुरु हुँदा भोटर लिस्टको नाममा नै अदल बदल गरेको पाईएको थियो। त्यसपछि नेपाली मुलभन्दा अन्यत्र व्यक्ति ल्याएर झडप गर्न लगाइयो। प्रवासी नेपाली मञ्च, बेल्जियमका अध्यक्ष, अर्जुन दाहालले मतदान प्रकृयामा गम्भीर त्रुटिहरु देखिएको र निर्वाचनको अघिल्लो दिन करिब २०० जनाको नाम मतदाता सूचीबाट गायब पारिएको आरोप लगाएका छन्। मतदाता सूचीमा नाम भएको प्रमाण, सदस्यता वापतको शुल्क तिरिएको प्रमाण हुंदाहुंदै पनि मतदान गर्न नपाउनु र मतदाता सूचीबाट एकाएक नामहरु गायब हुनु गलत हो। चुनाबमा हारजित गर्नकै लागि यसरी नामहरु हटाईएको हो भने त्यो गम्भीर अपराध हो। सम्बन्धित ब्यक्तिहरुले यसको जवाफ दिनुपर्छ, दाहालले भने। जनसम्पर्क समिति बेल्जियमकी सभापति सीता सापकोटाले बेल्जियमको एउटा बुथमा १५० जना भन्दा बढीको नाम रातारात अपहरण गरी इडिट गरेर नयाँ नाम थपिएको बताइन्। ७ ओटा बुथमा यसरी नै हिसाब गर्नुस् कति धांधली भए होला? उनले प्रश्न गरिन्।
  9. सोहि योजनाकारहरुले नै मिलेर गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमको नयाँ कार्य समिति चयन गर्न जुलाई २५, २०२१ आईतवार भएको मतदानका क्रममा एन्तवेरपेन मतदान केन्द्रमा गैरनेपाली मुलका केही युवाहरु जबर्जस्ति पसी मतपेटिका नस्ट गर्ने प्रयास गरेका थिए। उनीहरुलाई रोक्न खोज्दा भएको भीडन्तमा केहि एनआरएन सदस्यहरु घाइते भएका छन्। त्यसलाई नेपाली जनसम्पर्क समिति बेल्जियम, नेपाली जनप्रगतिशिल मंच बेल्जियम, नेपाली सङ्घीय समाज बेल्जियम तथा प्रवासी नेपाली एकता मंच बेल्जियमले आइतबार नै एक संयुक्त विज्ञप्ति प्रकाशित गरी उक्त घटनाको निन्दा गरेका छन्। तर नेकपा एमाले ओली समूहका एक नेता तथा एनसीसी बेल्जियमका महासचिव, तीर्थ राज धमलाले आफु माथि लगाइयएका आरोपहरुको खण्डन गरेता पनि तारो उनीमाथी नै सोझिएको प्रमाण अर्को पक्षले दिएको छ।
  10. एनआरएनए बेल्जियमको निवर्तमान कार्यसमितिले २१६२ पंजीकृत सदस्यता निर्वाचन समितीलाई बुझाएर आफ्नो ज़िम्मेवारी बहन गर्दै अधिवेशन सम्पन्न गरिसकेको परिप्रेक्ष्यमा मतदान प्रक्रिया आफ्नो पक्षमा नदेखेपछि धॉंधलिको मिथ्या आरोप लगाएर सदस्यता समितीको संयोजकलाई ब्यक्तिगत रुपमा लान्छना लगाई गरिएको नाटक मन्चनलाई बेल्जियम नेपाली समाजले नियालीरहेको छ भन्नेमा विश्वस्त छु। सदस्यता समितीमा सहकार्य गरिरहेका साथीबाट संस्थागत ज़िम्मेवारीलाई कुल्चेर विश्वासघात भएकोमा पनि म ध्यानाकर्षण गराउन चाहान्छु। समयले यसको पनि हिसावकिताब गर्ने नै छ। तपाईंहरु मध्ये कोही कसैले एनआरएनएको MIS सिष्टमबाट जुन २६, २०२१ १६.०० बजे भन्दा अगाडी सदस्यता आवेदन पूर्णरुपमा गरेको प्रमाण छ भने दिनुहोला, त्यसको सम्पूर्ण ज़िम्मेवारी म लिन तयार छु, उनले एक वक्तव्यमा भनेका छन्।
  11. यहि प्रयास उनीहरुले एनसीसी स्पेनमा पनि गरेका थिए। कतिपयले भोट गर्न नै पाएनन् र यू भोटेड भनेर आएको थियो। तर पनि त्यहाँ उनीहरुको भन्दा अर्को पक्षको सदस्यता अत्याधिक भएकाले केहि सिप लागेन।
  12. जब संस्थागत रुपमा धांधली गर्ने प्रयास हुन्छ र असैहय हुन्छ, त्यहाँ मात्रै मुठभेड हुन्छ। अहिले एनआरएन कब्जा गर्न खोजिरहेको त्यहि समूहले एमआइएस प्रणालीको चरम दुरुपयोगगरी एकलौटी गर्न खोजेकाले मुठभेडका घटनाहरु भएका हुन्। एनआरएनएका एक आइसीसी सदस्यले भने। उनले यस्तो प्रवृत्ति विरुद्ध आगामी बैठकमा जोडदार कुरा उठाउने बताउंदै यस्ता गतिबिधिको तत्काल उच्चस्तरीय छानबिन गर्न माग पनि गरे। महासचिव हेम राज शर्मा र सचिव गौरी जोशीले हामीलाई जवाफ दिनुपर्छ। आफ्नो कार्यकालमै कलङ्कको टिका लाग्ने यस्तो काममा अध्यक्ष कुमार पन्त चुप लागेर बस्नु हुने छैन भन्ने हाम्रो विश्वास छ, उनले भने।
  13. एनसीसी यूएइमा पनि यस्तै दैनिक रुपमा प्रभाव पार्ने काम भएका छन्। तेश्रो निर्वाचन कमिटी बनाउने दबाब बढेको छ। यसको लाइ सोझो रुपमा महासचिव शर्माको निर्देशन जाने काम भएको छ।
  14. यहि हर्कतको योजनामा अमेरिकाका बिवर्तमान अध्यक्ष सुनील साहलाइ उपाध्यक्ष डा बद्रि केसीको टिमबाट उपाध्यक्ष दिने प्रलोभनमा उनलाई चाटुककार बनाइएको छ। त्यसैको फलस्वरूप साहले गत जुलाई ३, २०२१ मा न्यूयोर्कमा भएको अधिवेशनमा निर्वाचित टिमलाइ सपथ ग्रहण गर्न नै दिन्न बरु साधारणसभा बिसर्जन गर्छु भनेर बबाल गरे। साहलाइ समर्थन गर्दै आइसीसी सचिव गौरी जोशीले नाराबाजीको नेतृत्व गरेका थिए। त्यसको २ दिन पछि उनले एउटा कार्यक्रममा माफी मागे।
  15. एमआइएस सिस्टमको दुरुपयोगबारे सिष्टमका हर्ताकर्ता महासचिव डा हेमराज शर्मा र सचिव गौरीराज जोशीसँग सम्पर्क गन्रु बेकार छ। तर संघका अध्यक्ष कुमार पन्तसँग सम्पर्क हुन सकेन।
  16. एमआइएस सिस्टममा सदस्यहरुको नाम, ठेगाना, उमेर लगायतका बिवरण नै परिवर्तन गर्दिने र कुनै समूहका मतदातालाई छानिछानी इन्भ्यालिड गरिदिने जस्ता हर्कतले संघको स्थापित मूल्य मान्यता र विश्वासमा नै ठेस लागेको छ। गैरआवासीय नेपालीहरुका नाममा राजनीति गरेर सत्ता हत्याउने, खाडीका मजदुर र संघमा आएको रकम हिनामिना गरेर कमाउने गिरोहको अत्याचारले संघ नै बिभाजन हुने मोडमा पुगेको आंकलन गर्न थालिएको छ।
  17. यति मात्र होइन संघले बनाएको गैरआवासीय नेपाली संघको “फाउण्डेशन” २०१७ को बिश्वो सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशनले भिजन २०२० एण्ड बियोण्डको हिस्सामा फरक रुपमा पारित गरेको थियो। यसलाई अहिले जुन रुपमा बनाइएको छ त्यो मनि लण्ड्रिङ्गको लागि दुरुपयोग हुनसक्ने, प्यारालाल एनआरएन बनाउने आशंका गर्न थालिएको छ।
  18. यहि हर्कत गर्न नै गत जनवरी २०२१ को बिशेष महाधिवेशनमा पनि २५०० भन्दा धेरै प्रतिनिधिलाइ छिर्न नदिएर ३०० भन्दा कम उपस्थित हुन् पाउने जुम खरिग गरिएको र छानी-छानी आउन दिएको आलो प्रमाण त छ नै।

संबन्धित समाचार

 

एनआरएनए युरोप संयोजक आचार्यले MIS मा चरम दुरूपयोग भएको भन्दै अध्यक्ष पन्तलाइ पत्र लेखे

एनआरएनए जापानको १७०० सदस्य एमआइएसबाट हेरफेरी, जवाफ कुनचाहिँ राजले दिने?

एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा अक्टोबर २३-२५ मा हुने

एनअरएनए बहराइनमा चुनावी नाङ्गो नाँच, अध्यक्ष पन्तज्यू जवाफ दिनुहोस, एकापक्षद्वारा बहिस्कार

गैरआवासीय नेपाली संघको विधानमा महासचिवको मनपरी व्याख्या

एनआरएनएका बैधानिक महासचिव डा शर्माले अबैधानिक तनाव दिन थाले

एनआरएनए अमेरिकाको सभा, उपाध्यक्ष डा के सीको धम्कि, बिधान रोक्न सर्वोच्चमा पिटिशन हुने

एनआरएनएका बैधानिक महासचिव डा शर्माले अबैधानिक तनाव दिन थाले

एनआरएनए एनसीसी अमेरिकाको चुनाव रोक्न माग गर्दै अदालतमा मुद्धा, महासचिव शर्माको संलग्नता

एनआरएनए:बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध, महासचिव शर्मामाथि छानविन गरिने

एनआरएनएले अमेरिकाको सदस्यता मात्र छानविन गर्ने कि बेलायतको पनि

एनआरएनए:हाम्रो काममा प्रश्न उठाउनेजति सबैलाई कारबाही हुनुपर्छ अध्यक्षज्यू

एनआरएनए ILO प्रोजेक्ट अनियमितताको पराकाष्ट, ९५७ जनालाई १९ लाख भुक्तानी

एनआरएनए ILO प्रोजेक्ट:७० लाखको अर्को प्रश्न, ILO ले आफ्नै अडिटर पठाउन माग

एनआरएनए ILO प्रोजेक्टको यूएइपछि एनआरएनको साउदीमा अर्को घोटाला

एनआरएनए ILO प्रकरण, एनसीसी यूएइका अध्यक्ष र उपाध्यक्ष निलम्बित

एनआरएनए ILO प्रोजेक्ट अनियमितता छानविन कमिटी नै शंकास्पद

गैरआवासीय नेपाली संघ:अनियमिततामा शून्य सहनशीलता, छानविन र अडिट दुवै गर्छु, कोषाध्यक्ष श्रेष्ठ

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय संयोजक प्रविन गुरुङको विज्ञप्ति

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय उपसंयोजक गोर्खालीको ध्यानाकर्षण

एनआरएनएको बिधान: महाधिवेशनमा १ जना मात्र उपस्थित भए पनि गणपुरक हुने

एनआरएनए महासचिव डा शर्मा विभेदकारी, भाइगिरी बढ्यो, अधिकार माथि प्रतिबन्ध

एनआरएनएका निरिह १३८ जना परिषद सदस्यलाइ महाधिवेशनबारे एक दर्जन प्रश्न

एनआरएनए महाधिवेशनमा प्रतिनिधिलाइ उपस्थित हुन नदिने सड्यन्त्र महासचिव डा शर्माको

एनआरएनए बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध गर्नेलाइ कारबाही हुनुपर्छ, महाधिवेशन भनेको के हो

एनआरएनएको महाधिवेशनमा २ प्रतिवेदन पास, बिधान संसोधन अक्टुवरमा मात्र

एनआरएनए महाधिवेशन: ३.०८% सहभागी, ९२% Nay, ८% Yea, अनि सर्वसम्मत

गैरआवासीय नेपाली नागरिकताको घोषणा हेर्न तलको यूट्यूब भिडियो हेरौ: https://www.youtube.com/watch?v=rSCCyclARX8

गैरआवासीय नेपाली भनेका नेपाली मुलका बिदेशी, पिआर, ३ वर्ष भन्दा धेरै विदेश बसेका मात्र हुनुपर्छ