-एनआरएनए आचार्य-पौडेल चुनाव प्रचार गर्न ३०१ सदस्य नर्थ-साउथ अमेरिका कमिटी गठन

एनआरएनए आचार्य-पौडेल चुनाव प्रचार गर्न ३०१ सदस्य नर्थ-साउथ अमेरिका कमिटी गठन

Hollywood Khabar September 28,2021 Comments

सेप्टेम्बर २८, २०२१

गैरआवासीय नेपाली संघको आगामी कार्यकाल २०२१-२०२३ को लागि अध्यक्षका प्रत्यासी कुल आचार्य र महासचिवका प्रत्यासी डा केशव पौडेल अर्थात् आचार्य-पौडेल सहित सहकार्य गर्ने उम्मेदवारहरु सबैको चुनाव प्रचार गर्नको लागि ३०१ सदस्य नर्थ-साउथ अमेरिका चुनाव प्रचार कमिटी गठन गरिएको छ।

सेप्टेम्बर २० देखि नामहरु संकलन गरि तयारी गर्दै आएको सो अभियानले सेप्टेम्बर २८, २०२१ मा जुम गरेर सो कमिटी तयार भएको र गठन गरिएको घोषणा गरेको हो। जुम बैठकमा महासचिवका उम्मेदवार डा केशव पौडेल र क्षेत्रीय स्ततरका अन्य उम्मेवारहरु समेत उपस्थित रहेका थिए।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिका उपाध्यक्ष गोपेन्द्र भट्टराइको संयोजकत्वमा गठित सो कमिटीमा अमेरिका र क्यानाडाका गरि ३ सदस्य सचिवहरु रहेका छन्। यसमा एनआरएनए एनसीसी क्यानाडाका अध्यक्ष दिपक गौतम, एनआरएनए एनसीसी अमेरिकाका उपाध्यक्षहरु दिलु पराजुली, सुमन थापा, महासचिव अन्जन चौलागाईं, सचिव अनुप खनाल, युवा संयोजक त्रिभुवन पाण्डे लगायतको बिशेष भूमिका रहने बताइयो।

कमिटी सदस्यहरुमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका, क्यानाडा र चिलीका पदाधिकारी, सदस्य, पूर्व पदाधिकारीहरु, संघको अन्तराष्ट्रिय परिषद सदस्य, मानार्थ परिषद सदस्य, अन्तराष्ट्रिय परिषदमा यो पटक निर्वाचित सदस्यहरु, पूर्व सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, संघका साधारण सदस्य लगायत रहेका छन्।

कमिटीको गठनपछि संयोजक भट्टराइले तुरुन्तै बैठक बसेर व्यापक रुपमा चुनाव प्रचार र चुनावी गतिबिधि संचालन गर्ने बताएका छन्। प्रचार कमिटीको पहिलो बैठकपछि प्रचार-प्रसारलाइ युद्ध स्तरमा गर्नुका साथै आचार्य-पौडेल र सहकार्य गर्ने उम्मेदवार सबैलाइ बिजयी गराउन सबै खाले प्रयास गर्ने उनले बताए।

कमिटीले नर्थ र साउथ अमेरिका क्षेत्रका सम्पूर्ण प्रतिनिधिहरु र संबद्धहरुसंग सपोर्ट र सहयोगको लागि द्रुत गतिमा कार्य थाल्ने भएको छ। यसका साथै उनिहरुले विश्वो भरिका अन्य एनसीसी र प्रतिनिधिहरुसँग मिलेर आचार्य-पौडेल सहकार्यलाइ जिताउने अभियानलाइ तिब्रता दिने भएको छ।

संबन्धित थप चमाचार

एनआरएनए अध्यक्षमा आचार्य र महासचिवमा डा पौडेल प्यानलको उम्मेद्वारी घोषणा, नाम सहित

गैरआवासीय नेपाली संघको चुनावमा आचार्य-पौडेल समूहलाई नर्थ अमेरिका क्षेत्रको व्यापक समर्थन

गैरआवासीय नेपाली संघको निर्वाचनमा कुल आचार्यको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा सभा

एनआरएनए उम्मेदवारहरुको आचार्य-पौडेल प्यानलमा पर्न दौड सुरु, नाम सहित

एनआरएनए विवाद परराष्ट्रले नै हेर्ने हो, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार ग-यो

एनआरएनए निर्वाचन अक्टुवर २० मा, भेण्डर फाइनल; प्रेस विज्ञप्ति

एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा अक्टोबर २३-२५ मा हुने

एनआरएनएलाई नेपाल र बाहिर प्रतिष्ठित, मर्यादित, सम्मानित र गौरवशाली बनाउनु पहिलो काम:कुल आचार्य

परराष्ट्रले एनआरएनएलाई सोध्यो, विद्यार्थीलाई पंजीकृत सदस्य बनाएर भोट हाल्न किन दिएको?

गैरआवासीय नेपाली संघमा राजनीति गर्नुहुन्न भन्नेहरुले नै राजनीतिक हस्तक्षेप निम्त्याए

गैरआवासीय नेपाली संघलाई मर्यादित बनाउन खबरदारी गर्नुपर्छ:कुल आचार्य

एनआरएनएका सबै तहका महाधिवेशनका बाँकी गतिबिधि रोक्न पराराष्ट्र मन्त्रालयको निर्देशन

खुलेर आचार्य टिमलाइ सपोर्ट नगर्नेहरु प्यानलमा नपर्ने, टिमको लिष्ट सहित

एनआरएनए, ५ लाख सदस्य, १०० एनसीसी पुर्याउने आचार्यको घोषणा, नागरिकताको कार्यान्वयन सर्वोच्च

गैरआवासीय नेपाली संघ अध्यक्षका प्रत्यासी कुल आचार्यलाइ डेढ दर्जन प्रश्न गर्दा

गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रिय महाधिवेशनमा चुनावी टक्कर