-सूचना तिमल्सिना, ललतिपुर, अगष्ट १०, २०२३
प्रिय कविरप्रति समर्पित
आचार्य प्रशान्तबाट कविरको नाम पहिलोपटक सुनेको थिएँ । कविरको जीवनी खुलेर थिएन । फरक कहानीहरु थिएँ । तर मलाई आकर्षित गर्यो उनको गीतले । बच्चा बेलादेखि एउटा कुरा लगातर खेलिरहेको थियो कि मैले लिएको विद्या के को लागी ? यो प्रश्नले मलाई वर्षौ वर्ष सताएको थियो । मैले पढाइ सकिनासाथ यो विचार गरेकी थिएँ कि अब म यो विद्या कण्ठ गर्ने काम गर्दिनँ । चाहे मानिसहरुले मलाई मूर्ख नै भनुन या जुनसुकै परिस्थिति आइपरोस । यसैको प्रभावले गर्दा पहिले ध्यान गयो कविरको यो गीतमा :
तनकी कुण्डी मनको सोटा
ज्ञानकि रगड लगता हे
पाँच पच्चिस बसे घाटभित्र
उनकी घोट पिलाता हे
शुन्य गढ शहर
शहर घर बस्ती
कोन सूता कोन जागा हे
लाल हाम्रा हामी लालनका
तन सोता ब्रह्मा जागे हे
...........क्रमश
यो भजनले गर्दा मैले आफैँलाई बुझ्न पाएकी थिएँ । कविर गीतबाट यति स्पष्ट पारिदिन्छन् कि सबै शंकाहरु मेटिदिन्छन् । स्पष्ट जीवन छर्लङ्ग देखाइदिन्छन् । हाम्रो समाजमा पुराण अझ विषेश गरेर पुरुष प्राथमिकता दिइन्छ । यो छाप मेरो दिमामा पनि थियो । यो छाप उपनिषद पढेपछि केही स्पष्ट भएको थिएँ । कविर सुनेपछि राम्ररी बुझेँ ।
न्यारा = प्यारा, नै/नही = छैन, कछु = केहिपनि
सखीया सखीया, व घर सबसे न्यारा, जहाँ पुराण पुरुष हामारा
जहाँ नही सुख दुख, साँच झुट नही, पाप न पुण्य पसारा
नही दिन रैन, चाँद नै सुरज, बिन ज्याती उज्यारा
नही तह ज्ञान ध्यान, नही जप तप, वेद कित्तेब न बानी
करनी धरनी रहनी गहनी, ये सब जहां हिरानी
धर नही अधर, न बाहर भीतर पिण्ड ब्रह्माण्ड कछु नही
पाँच तत्व गुण नही तह, साखी शब्द न ताही
मूल न फूल, बेली नहीं बिजा, बिना वक्ष फल सोहे
ओहम सोहम अर्थ उर्थ नही, स्वास लेख न को है
जहाँ पुरुष त्यहाँ कछु नही, कहे कविर हाम जाना
हमरे सँग लाखे जो कोई पावे पाद निर्वाना
यो भजनले गर्दा मानिसहरुप्रति करुणा पलाएको थियो । पटक पटक विवाह सम्बन्धि जागरण गराउनेप्रति एक तित्तता भाव चल्थ्यो । उनीहरुको चाह देखेर विलखबन्द पर्थेँ । किन समाजले पुरुषमा समर्पण हुनुपर्छ भनिरहेको बुझिरहेकी थिइनँ । माथिको कविरको दोहा पढेपछि थाहा भयो कि समाज मैत्रिय रुपमा बाटो देखाइरहेको थियो । मात्र समाज पुरुष भनेको पुरुष शरीर तथा मन भन्ने भ्रममा रहिरहेको थियो । त्यही भ्रम समाइरहेको थियो । जसकारण समाज दुखको चक्र भोग्दै थियो । तरपनि समाज दुखको चक्र काट्न पटक पटक बाटो देखाइरहेको थियो | यो समाजको अत्यन्त गहनतम करुणा थियो ।
~ जहाँ पुरुष त्यहाँ कछु नही
आदी शंकाराचार्य
आदी शंकाराचार्यसँगको भेट शंकाबाट भएको थियो । शंकाराचार्यले मोक्ष पाएका थिए वा थिएनन भन्ने विवाद चलिरहेको थियो । कहाँ कसरी याद छैन तर दिमागमा छाप रहेको थियो । यो छाप रमण महर्षिको प्रश्न अरुको मोक्ष चासो किन छ ? किन आफूमा प्रश्न छैन । छाप आफैँ गुम भएको थियो ।
स्वामी रामसुखदास सुनेपछि, प्रशान्त आचार्यबाट शंकाराचार्यको पढ्न पर्ने किताबबारे थाहा पाएपछि शंकाराचार्य पढ्न थालेँ । अब शंकाराचार्यप्रति कुनै शंका थिएन । उनका किताबहरुमा स्पष्टता थियो । तत्वज्ञान, विवेक चुडामणि, जीवन खुलाएर भनिरहेका थिए । जति पनि दुविधा, शंका थिए, ती सब मैभित्र पलाएका विचार थिए । शंकाराचार्य त आफैँमा वेद भएर पनि वेदान्त थिए । वेदान्त नै उनको सारतत्व हो |
आदी शंकाराचार्यको किताबहरु : तत्वज्ञान, विवेक चुडामणि, अपरोक्षानुभुति (यहाँ राखिएका किताबहरु मैले पढेका किताब राखेकी हुँ । शंकाराचायका अन्य किताब पनि रहेका छन् ।)
बुद्ध
बुद्धम शरणम गच्छामी
धम्मम शरणम गच्छामी
संगम शरणम गच्छामी
कहाँबाट सुरु गर्ने ? अत्यन्त प्रिय गुरुको बारेमा भन्न । यस्तो लाग्छ उनका कहानी मात्र पनि सुनिरहुँ । उनलाई हेरेर एक नविनतम बाटो हिड्न तत्पर भएँ । उनलाई हेरेर मात्र पनि यो होस जागेको थियो कि म यो सांसारिक दुनियाँमा आफैभित्र भिड बनाएर अलमल गर्दै छु भनेर | कुनै ताका यस्तो लागेको थियो । उनको कहानी स्पष्टता छैन । कसरी बुद्धको कहानी बुद्धत्व जस्तो कहानी बिना स्पष्टता मानिसहरुले लेखेका बताएका ? तर अहिले हेर्दा म स्पष्ट नभएर स्पष्टता नदेखिएको थियो ।
थाहा छैन के लेख्ने, कति लेख्ने, श्रद्धा कसरी ....... मात्र श्रद्धा !
कृष्ण
सबभन्दा प्रिय सम्बन्ध समर्पण हुन्छ । त्यसैले राधा प्रिय छिन् । अर्जुन प्यारा छन् । मीरा आँखामा राखे पनि नबिझाउने छिन् । अर्जुन हाम्रो मनको कुरा कृष्णलाई सोध्छन् । समय बनेर प्रश्न हामीहरुमाझ रहिरहेको छ । कृष्ण प्रत्येक जान्न इच्छुक प्रश्नलाई समयलाई अर्थात समय समयमा जन्मेको अर्जुनलाई जीवनको वास्तविकता भागवत गीता भएर बताइरहेछन् । कृष्ण प्रेम गर्छन, निवृत समयलाई, क्षणभंगुर संसारलाई, प्रश्नलाई, उत्तरलाई, सबलाई । त्यसैले कृष्ण प्यारा छन । त्यसैले न राधा आफूलाई समर्पण गर्छिन । र त मीरा भन्छिन म कृष्णभन्दा अरु कोही देख्दिन ।
म एक दर्शक हेरिरहन्छु, सुनिरहन्छु र श्रद्धा पोख्छु । र, क्षणभंगुर संसारलाई प्रेम गर्न सिक्छु ।
जयकृष्णमूर्तिकार
आफैभित्र हेर्न थालेपछि अजिव तरिकाले शब्द र भाव चलिरहेको देख्न थालेँ । देख्न त थालेँ तर सीमितता थिएन । यो कल्पना आफै चल्थ्यो । के भइरहेको बुझ्न गाह्रो भएको थियो । आफैँलाइ बुझ्न कठिन परिरहेको थियो । यही समयमा मैले कृष्णमूर्तिकारको किताबहरु पढ्न थालेँ । अनि आफैँलाई विस्तारै बुझ्न थालेँ । शब्दहरु जुन मैले मेरा ठान्थेँ । तिनीहरु आफैँ चल्छन् । भाव जसलाई मैले चाह राखेर सकियोस भन्छु वा अझ चाहियो बताउछु ती सब क्षणिक थिए ।
उनले मलाइ आफैँभित्र हेर्न सिकाए । एक दर्शक बन्न प्रेरित गरे । मलाइ प्रिय लागेको उनको किताबहरुमा द इन्डिङ अफ टाइम हो । यो पटक पटक पढिरहेकी छु । उनले वैज्ञानिक बोहमसँग गरेको कुराकानी युटुबमा पनि हेर्न सकिन्छ । बोहम क्वान्टम फिजिक्सका वैज्ञानिक थिए तथा आइन्स्टाइनको समकालिन साथी थिए ।
जयकृष्णमूर्तिकारको किताबहरु : ज्ञातबाट मुक्ति (freedom from known) पहिलो तथा अन्तिम स्वतन्त्रता (The first and last freedom) , विवेकको जागरण (The awakening of intelligence), समयको अन्त्य (The ending of time)
गोयन्का गुरु
म दर्शक बन्न त खोजिरहेकी थिएँ । तर पटक पटक चुकिरहेकी थिएँ । दर्शक बन्ने कला गोयन्का गुरु मार्फत विपश्यनाबाट सिकेँ । एक भाव यसरी उत्रित भएको थियो कि मैले मभित्र चलेका भावलाई बुझ्नुपर्छ । शब्दहरु भावलाई छेक्थे । आरोपित गरिदिन्थे । मानौ यी सब भावको जिम्मेवार अरु कुनै मानिस हो । थाहा थियो स्पष्ट थाहा थियो । कुनै भावको जिम्मेवारी अरु कोही होइन । शब्दहरु कहानी मार्फत बताउथे । म झुक्किन्थेँ । विस्तारै सासको साहयताले ध्यानमा स्पष्टता आउदै जान थाल्यो ।
गोयन्का गुरु प्रति श्रद्धा । विपश्यनाप्रति श्रद्धा ।
विपश्यना नेपालका विभिन्न शहरमा रहेको छ । काठमाडौँ उपत्यकाको तीन ठाउँ बुढानिलकण्ठ, किर्तिपुर र कोटडाँडाकाट गुरुदान स्वरुप विपश्यना लिन सकिन्छ ।
रमण महर्षि
रमण महर्षिसम्म आइपुग्दा अरुप्रति रहेको शंका टुङ्गिसकेको थियो । अब एउटै शंका आफैप्रति रहेको थियो । म को हूँ ? विचार कसको निमित्त आउछ ? विचारको स्रोत के हो ? म को हूँ भन्ने किताब मार्फत रमण महर्षि २८ प्रश्न उत्तर अत्यन्त स्पष्टतासाथ बताएका छन् । र त शंका देखिनासाथ म तिनीहरु पढ्छु ।
रमण महर्षिसँग सम्बन्धित किताबहरु : रमण महषिसँगको कुराकानी, गीता सारम, म को हूँ ?
डेभिड गडम्यानले बनाएको रमण महर्षिको जीवनकथा युट्युबमा हेर्न पनि सकिन्छ ।
स्वामी रामसुखदास
स–म–अर्पण अर्थात सर्मपण निकै कठिन कार्य लागेको बेला म स्वामी रामसुखदास सुन्न थाले । उनी यति सरलसाथ बताउछन् कि लाग्छ कुनै कार्य पनि कठिन छैन । सबै सहज छ । सबै सहजतापूर्वक हुन्छ ।
यो खुल्लापनसँग जोडाउने बुझाउने गुरुप्रति श्रद्धा । सम्पूर्ण गुरु (शब्दमा रहेका, चित्रद्वारा इङ्गित भएका, भावानुतिमा मार्फत जोडिएको, अवधूतापन र शुन्यतापन) सम्पूर्णता : प्रति आदर गर्दछु ।
कविरको भजनसँगै गुरुमा समर्पित
दुजेंके सँग = गुरुसँग, मलमल = पलपल
गुरुजी मे त्यो एक निरञ्जन ध्याऊँ जी
दुजेंके सँग नै जाउ जी
दुख ना जानु जी में दर्द ना जानुँ जी मेँ
ना कोही वैद्य बुलाउँ जी
सदगुरु वैद्य मिले अविनाशी
वाको ही नाडी बताऊँजी
दुजेके सँग नै जाउँ जी
.............................
गंगा न जाऊँ जी मेँ जमाना न जाऊँ जी मेँ
ना कोई तीरथ नहाऊँ जी
अडसठ तीरथ हैँ घाटभितर
वाही मेँ मलमल नहाउँ जी
दुजे के सँग नै जाऊँ जी
..............................
कहे गोरख जी हो सुन हो मच्छन्दर मेँ
ज्योती मेँ ज्योती मिलाऊँ जी
सतगुरु के मैँ शरण गये से
आवगमन मिटाऊँ जी
दुजे के सँग नै जाऊँ जी
सूचनाका अरु लेखहरु
यमराज:मृत्युको सच्चाइ के हो? ओ सुख खोज्ने दुखी !
फूल फुल्न पात झर्नुपर्दो रहेछ लालुपाते फूल-१
के गर्ने तीज मनाउने ? कहिल्यै दुविधामा थिइन तर यो पालामा परेँ
घाउ बोल्छ मान्छे बोल्दैन, घाउ पीँडा हुँदै आगो बन्छ
मन पराउनेहरु मन पराउन नपराउनेहरु नपराउन अड्केका, गन्तव्य एउटै बाटो नमिलेर विचारहरु विचारमग्न
भ्यालेण्टाइन डे बिशेष: हेल्लो देअर
बल्दा बल्दा थकित राम्रो ऊ नराम्रो बनेर पछारिन्छ गल्दा गल्दा राम्री म नराम्री बनेर थच्चारिन्छु
कहिलेकाहीँ कपाल छाडेर फोटो खिच्न मन लाग्छ, कहिले पुरै चिन्डे बनाएर काटिदिउ झैँ
अर्कोको पछि लाग्दा अर्काकै घर पुगिन्छ
कहिलेकाहीँ कपाल छाडेर फोटो खिच्न मन लाग्छ, कहिले पुरै चिन्डे बनाएर काटिदिउ झैँ
सिफारिस
जगदिश समाल र बबिना भट्टराईको स्वरमा फूल जस्ती माया
अमेरिकाका ईन्जिनियर बिरेन थारु अभिनित गीत
मे डे अर्थात ८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम अनि नेपालको...
ललितपुरको बडिखेलमा आगोलागि, एकजनाको मृत्यु