-एनआरएनएमा संरक्षक परिषद सक्रिय भएको अवस्था छ, यो भनेको संकटकाल जस्तै हो

एनआरएनएमा संरक्षक परिषद सक्रिय भएको अवस्था छ, यो भनेको संकटकाल जस्तै हो

Hollywood Khabar September 29,2021 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार कुल आचार्यले संरक्षक परिषद सक्रिय भएको अवस्था हो, यो भनेको संघमा संकटकाल जस्तै हो। संघका केहि पदीय जिम्मेवार व्यक्तिबाट नै संरक्षक परिषदको अपमान गर्ने काम भएको देखिएको छ। त्यसो नगर्न आग्रह गरेका छन ।

एशिया प्रशान्त क्षेत्रलाई लक्षित गरी विदेशको पूँजी आर्जन, सीप, दक्षता र स्वेदशमा लगानी र स्वरोजगार’को विषयमा भर्चुअल छलफल कार्यक्रममा आचार्यले महाधिवेशन प्रतिनिधि छनौटमा भएका अनियमितता ढाकछोप गर्ने प्रयास भैरहेको बताए। कार्यक्रममा बोल्दै आचार्यले गैरआवासीय संघ सबै नेपालीको साझा संस्था भएकाले सबैलाई समेट्ने स्पष्ट पारे। आफु अध्यक्षमा विजयी भएमा गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गरेरै छाड्ने प्रतिवद्धता उनले व्यक्त गरे।

म्यानमार, थाइल्याण्ड,मलेसिया लगायतका मुलुकमा कैयौं पुस्तादेखि बसोबास गरिरहेका नेपाली मूलका नागरिकहरुका लागि ‘पिएनओको व्यवस्था गर्न आफु लागि पर्ने उनले बताए। सन २०१२ देखि न्यूनतम १ लाख र अधिकतम १ करोड जम्मा गरेर एनआरएन इन्भेस्टमेन्ट कम्पनी शुरु गरिएको थियो। उनले भने, विदेशमा बस्ने सबै नेपालीलाई समेटेर नेपालमा लगानीको अवसरका लागि खोलिएको कम्पनी थियो।

नेपालमा सानातिना कामबाट व्यवसाय शुरु गर्ने अवसर भएकाले अब आउने नेतृत्वले साना लगानीलाई पनि अवसर दिने बताए। साना लगानीकर्ता गैर आवासीय नेपालीले गरेको लगानीको महसुस हुनेगरी काम गर्नुपर्छ’ उनले भने । त्यसैगरी अध्यक्षका उम्मेदवार आचार्यले महाधिवेशनमा सदस्यता, प्रतिनिधिको विषयमा उठेको विवादलाई समाधान, अनियमितता सुधार्दै समयमै चुनाव हुनुपर्नेमा जोड दिए । ‘विभिन्न तिकडमबाजीका नाममा संस्थालाई दुरुपयोग नहोस्। विधि र विधानमा संसारभरका नेपालीको आत्मसम्मान हुनेगरी काम होस् । कसैको जित र हारका लागि नहोस् । सही र सत्य होस् । संस्थालाई मर्यादित र प्रतिष्ठित बनाउनको लागि अघि बढ्नुपर्छ’ आचार्यले भने ।

आचार्यले एनआरएन बचाउन लाग्न नेतृत्वलाई आग्रहसमेत गरे । साँच्चै हामी संस्था बचाउन चाहेका छौं । संरक्षकहरुसँग छलफल गरेपछि अपमान गर्न मिल्छ ? अहिलेको परिस्थितिमा जसजसले गल्ती गरेका छौं, सच्चाएर जान तयार हुनुपर्छ’, उनले भने, जुन किसिमले सानोतिनो खेल खेलेर संस्थालाई दुर्भाग्यपूर्ण वातावरणतिर धकेलिँदैछ यो मान्य छैन । सहज गर्नतिर नेतृत्व लागोस्।

एनआरएनका कोषाध्यक्ष महेश श्रेष्ठले गैर आवासीय नेपाली संघमा भएका जति पनि विवाद छन् ती अविश्वासको रहेको स्पष्ट पारे। उनले संघलाई कस्तो बनाउने भन्ने विषयमा सोच्नुपर्ने बताए । ‘पक्ष विपक्ष पनि हुनु हुँदैन। सामाजिक संस्थामा अति ध्रुविकरण पनि हुनुहुँदैन । आपसी सहमति, सहकार्य, विश्वास चाँहि हुनुपर्छ’ उनले भने । त्यसैगरी एनआरएन आइसीसीका उपाध्यक्ष पदका उम्मेदवार त्रिलोक गुरुङले एनआरएनमा म्यानमार, थाइलैण्डमा रहेका नेपाली भाषीहरुलाई समेट्नुपर्ने बताए ।

विदेशमा कमाएको पूँजी नेपालमा लगानी

एनसीसी अमेरिकाका पूर्व अध्यक्ष तथा महासचिव पदका उम्मेदवार डा केशव पौडेलले नेपालीहरुले दुख गरेर विदेशमा कमाएको सानो पूँजी पनि नेपालमा लगानी गर्न सक्ने गरी योजना बनाउने बताए। पूँजी भित्राउने र देशमा कसरी स्वरोजगार बनाउन सकिन्छ भन्ने एनआरएन अभियानको मुख्य उद्देश्य हो। उनले भने, पूँजी मात्रै होइन, ज्ञान, सीप, दक्षतालाई कसरी देशमा लैजान सकिन्छ भनेर हामीले ठोस काम गरेर देखाउने छौं ।

धेरै कमाउनेले मात्रै नेपालमा लगानी गर्न सक्छन भन्ने धारणा तोडेर सामुहिक लगानीलाई संस्थागत रुपमा अघि बढाएर जाने डा. पौडेलले बताए । थोरै आम्दानी भएका धेरैलाई सहभागी गराएर पूँजी नेपाल भित्राउने योजना छ। योजना आयोगसँग बसेर छलफल गरेर थुप्रै काम गर्नुपर्ने छ, महासचिवका उम्मदवार पौडेलले भने, संस्थालाई पारदर्शी, समावेशी बनाउन, संस्थाको इमेज सुधार गर्न सकेमा सबैको संस्थाप्रति आकर्षण बढ्नेछ ।

आइसिसी सचिव पदका उम्मेदवार खगेन्द्र न्यौपानेले विदेशमा गएर सिकेको सीप ज्ञान हस्तान्तरण, स्वदेशमा लगानी गर्नमा लागि परेको बताए। सामुहिक लगानी, विदेशमा बसेका गैरआवासीय नेपालीहरुले सोच्नुपर्छ । मलेसिया,कोरिया र मध्यपूर्वमा गरिने सानो कमाइलाई सही ठाउँमा लगानी गर्नको लागि कार्ययोजना बनाउनुपर्छ,’ न्यौपानेले भने, ‘जस्तै मलेशियाबाट तीनचार वर्ष काम गरेर फर्कँदा जम्मा गरेको रकम अनुत्पादक काममा खर्च गरेको देखिन्छ। आफूले कमाएको पूँजीलाई उत्पादनमूलक क्षेत्रमा खर्च गर्नुपर्ने उनले बताए । उनले जुन देशमा बसेपनि नेपालमै लगानी बढाउने सपना रहेको बताए । ‘जति कमाएका छौं नेपालमा धेरै थोरै लगानी गर्नेछौं, उनले भने बिदेशमा रहेका नेपालीलाई नेतृत्व, सीप दक्षता बढाउनतिर लाग्नुपर्छ।

कार्यक्रममा एनआरएन एशिया प्रशान्त क्षेत्रीय संयोजक गोविन्द श्रेष्ठले विदेशबाट रेमिट्यान्स भित्राए पनि अन्य देशमा फिर्ता पठाउने गरेको तीतो यथार्थ सुनाए । उनले नेपालमा सामूहिक लगानी गर्नुपर्ने महसुस भएको बताए। एनआरएनले ठूला प्रोजेक्टको काम थालेको छ। रोजगारको खोजीमा झोला बोकेर विदेश हामी आउनुपरे पनि अबको पुस्ता आउन नपरोस् भन्ने हाम्रो उद्देश्य हो, श्रेष्ठले भने, सामूहिक लगानीको शुरुवात भएको छ।

त्यसैगरी एशिया प्रशान्त क्षेत्रीय संयोजक पदका उम्मेदवार विनोद कुँवरले वाध्यतावश विदेशमा बस्नु परेको अवस्थालाई स्पष्ट पार्दै नेपालसँगको सहकार्य कसरी गर्ने भन्ने विषयमा टिम बन्दै गरेको बताए। त्यसै अनुसार योजना बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे। विदेशमा आफूले कमाएको योग्यता, पूँजीलाई संस्थागत रुपमा लगानी गर्ने योजना रहेको छ, उनले भने।

संबन्धित थप चमाचार

एनआरएनए आचार्य-पौडेल चुनाव प्रचार गर्न ३०१ सदस्य नर्थ-साउथ अमेरिका कमिटी गठन

एनआरएनए अध्यक्षमा आचार्य र महासचिवमा डा पौडेल प्यानलको उम्मेद्वारी घोषणा, नाम सहित

गैरआवासीय नेपाली संघको चुनावमा आचार्य-पौडेल समूहलाई नर्थ अमेरिका क्षेत्रको व्यापक समर्थन

गैरआवासीय नेपाली संघको निर्वाचनमा कुल आचार्यको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा सभा

एनआरएनए उम्मेदवारहरुको आचार्य-पौडेल प्यानलमा पर्न दौड सुरु, नाम सहित

एनआरएनए विवाद परराष्ट्रले नै हेर्ने हो, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार ग-यो

एनआरएनए निर्वाचन अक्टुवर २० मा, भेण्डर फाइनल; प्रेस विज्ञप्ति

एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा अक्टोबर २३-२५ मा हुने

एनआरएनएलाई नेपाल र बाहिर प्रतिष्ठित, मर्यादित, सम्मानित र गौरवशाली बनाउनु पहिलो काम:कुल आचार्य

परराष्ट्रले एनआरएनएलाई सोध्यो, विद्यार्थीलाई पंजीकृत सदस्य बनाएर भोट हाल्न किन दिएको?

गैरआवासीय नेपाली संघमा राजनीति गर्नुहुन्न भन्नेहरुले नै राजनीतिक हस्तक्षेप निम्त्याए

गैरआवासीय नेपाली संघलाई मर्यादित बनाउन खबरदारी गर्नुपर्छ:कुल आचार्य

एनआरएनएका सबै तहका महाधिवेशनका बाँकी गतिबिधि रोक्न पराराष्ट्र मन्त्रालयको निर्देशन

खुलेर आचार्य टिमलाइ सपोर्ट नगर्नेहरु प्यानलमा नपर्ने, टिमको लिष्ट सहित

एनआरएनए, ५ लाख सदस्य, १०० एनसीसी पुर्याउने आचार्यको घोषणा, नागरिकताको कार्यान्वयन सर्वोच्च

गैरआवासीय नेपाली संघ अध्यक्षका प्रत्यासी कुल आचार्यलाइ डेढ दर्जन प्रश्न गर्दा

गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रिय महाधिवेशनमा चुनावी टक्कर