-एनआरएन युकेको चुनाव पर सारियो, जापान र बेल्जियमपछि युकेमा अर्को सड्यन्त्र सुरु

एनआरएन युकेको चुनाव पर सारियो, जापान र बेल्जियमपछि युकेमा अर्को सड्यन्त्र सुरु

Hollywood Khabar July 30,2021 Comments

लन्डन, जुलाई ३०, २०२१

शुक्रबार राति १२ बजे देखि चुनाव शुरु हुन केहि घण्टा अघि निर्वाचन समितिका संयोजक महेन्द्र राज कडेलले एक विज्ञप्ति निकाल्दै एनआरएनए युकेको चुनाव दुइ दिन पर सारिएको जनाएका छन्।

बुधबार राती एक पत्रकार सम्मेलन गर्दै कडेलले यस पटक अनलाइन माध्यमबाट चुनाव गराइने र यसका लागि 'च्वाइस भोटिङ' नामक बेलायती कम्पनीसित सम्झौता भइसकेको जनाएका थिए । तर तोकिएको समयमै चुनाव गराउन ब्रिटिश कम्पनी तयार हुंदाहुंदै पनि कडेलले बदनियतपूर्वक चुनाव पर सारेको जानकार सूत्रले जनाएको छ।

शुक्रबार बसेको निर्वाचन समितिको बैठकमा समितिका सदस्यहरुले मतदान शुरु हुन केहि घण्टा मात्रै बांकी रहदा चुनाव सार्ने निर्णय गर्न नहुने, त्यसो गर्दा समितिप्रति बेलायतस्थित नेपाली समुदायको विश्वास नरहने बताएका थिए। तर कुनै भरपर्दो कारण विना हचुवाको भरमा एक विज्ञप्ति निकाली कडेलले चुनाव पर सारेका छन्। यस अघि विना कुनै कारण उम्मेदवारी दिने मिति १५ जुलाईबाट १७ जुलाई सारिएको थियो।

गैरआवासीय नेपाली संघको विधान २००३ (२०२१ संशोधन सहित) को दफा २४.१ मा प्रत्येक राष्ट्रिय समन्वय परिषदको राष्ट्रिय महाधिवेशन अन्तरराष्ट्रिय महाधिवेशन हुने वर्षको जुलाई महिनाको १ देखि ३१ तारिख सम्ममा अनिवार्य रुपमा सम्पन्न गर्नु पर्ने भन्ने उल्लेख छ। यदि चुनाव पर सार्नु पर्ने कुनै भरपर्दो कारण भए निर्वाचन समितिले एनआरएनए युके कार्य समितिलाइ लिखित जानकारी गराउनु पर्ने थियो। त्यस पछि कार्य समितिले आइसीसीलाई लेख्नु पर्ने थियो। तर त्यो कुनै पनि प्रक्रिया पुरा गरिएको छैन।

ब्रिटिश कम्पनी, Choice Voting, शुक्रबार राति देखि नै मतदान शुरु गर्न तयार रहेको तथा कुनै प्राविधिक समस्या पनि नरहेको जानकार सूत्रले बताएको छ। तर एक उम्मेदवारको फोनको आधारमा कडेलले एकतर्फी रुपमा चुनाव सार्ने निर्णय गरेका थिए।

कडेलद्वारा प्रकाशित विज्ञप्तिमा अगस्ट ३ तारिख दिउंसो १२ बजे मतदान सकिए पछि बिहीबार ५ बजे मात्र मत परिणाम घोषणा गरिने भन्ने उल्लेख छ। ब्रिटिश कम्पनीले मतदान सकिएको केहि घण्टा भित्रै नतिजा दिन सकिने जनाउंदा जनाउंदै पनि मत परिणामका लागि दुइ दिन पर सार्ने घोषणा गर्नुले कडेलको नियत माथि गम्भीर प्रश्न उठेको छ।

यसैबीच षड्यन्त्रपूर्ण ढंगले मतदान प्रक्रिया नै स्थगित गर्ने निर्णय गरेकाले त्यसको नैतिक जिम्मेवारी कडेलले लिनु पर्ने समावेशी समूहले जनाएको छ।

संबन्धित समाचार

एनआरएनएको सदस्य बन्ने एमआइएसमा चरम दुरुपयोग, सर्वत्र बिरोध, अध्यक्ष पन्त मौन

एनआरएनए युरोप संयोजक आचार्यले MIS मा चरम दुरूपयोग भएको भन्दै अध्यक्ष पन्तलाइ पत्र लेखे

एनआरएनए जापानको १७०० सदस्य एमआइएसबाट हेरफेरी, जवाफ कुनचाहिँ राजले दिने?

एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा अक्टोबर २३-२५ मा हुने

एनअरएनए बहराइनमा चुनावी नाङ्गो नाँच, अध्यक्ष पन्तज्यू जवाफ दिनुहोस, एकापक्षद्वारा बहिस्कार

गैरआवासीय नेपाली संघको विधानमा महासचिवको मनपरी व्याख्या

एनआरएनएका बैधानिक महासचिव डा शर्माले अबैधानिक तनाव दिन थाले

एनआरएनए अमेरिकाको सभा, उपाध्यक्ष डा के सीको धम्कि, बिधान रोक्न सर्वोच्चमा पिटिशन हुने

एनआरएनएका बैधानिक महासचिव डा शर्माले अबैधानिक तनाव दिन थाले

एनआरएनए एनसीसी अमेरिकाको चुनाव रोक्न माग गर्दै अदालतमा मुद्धा, महासचिव शर्माको संलग्नता

एनआरएनए:बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध, महासचिव शर्मामाथि छानविन गरिने

एनआरएनएले अमेरिकाको सदस्यता मात्र छानविन गर्ने कि बेलायतको पनि

एनआरएनए:हाम्रो काममा प्रश्न उठाउनेजति सबैलाई कारबाही हुनुपर्छ अध्यक्षज्यू

एनआरएनए ILO प्रोजेक्ट अनियमितताको पराकाष्ट, ९५७ जनालाई १९ लाख भुक्तानी

एनआरएनए ILO प्रोजेक्ट:७० लाखको अर्को प्रश्न, ILO ले आफ्नै अडिटर पठाउन माग

एनआरएनए ILO प्रोजेक्टको यूएइपछि एनआरएनको साउदीमा अर्को घोटाला

एनआरएनए ILO प्रकरण, एनसीसी यूएइका अध्यक्ष र उपाध्यक्ष निलम्बित

एनआरएनए ILO प्रोजेक्ट अनियमितता छानविन कमिटी नै शंकास्पद

गैरआवासीय नेपाली संघ:अनियमिततामा शून्य सहनशीलता, छानविन र अडिट दुवै गर्छु, कोषाध्यक्ष श्रेष्ठ

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय संयोजक प्रविन गुरुङको विज्ञप्ति

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय उपसंयोजक गोर्खालीको ध्यानाकर्षण

एनआरएनएको बिधान: महाधिवेशनमा १ जना मात्र उपस्थित भए पनि गणपुरक हुने

एनआरएनए महासचिव डा शर्मा विभेदकारी, भाइगिरी बढ्यो, अधिकार माथि प्रतिबन्ध

एनआरएनएका निरिह १३८ जना परिषद सदस्यलाइ महाधिवेशनबारे एक दर्जन प्रश्न

एनआरएनए महाधिवेशनमा प्रतिनिधिलाइ उपस्थित हुन नदिने सड्यन्त्र महासचिव डा शर्माको

एनआरएनए बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध गर्नेलाइ कारबाही हुनुपर्छ, महाधिवेशन भनेको के हो

एनआरएनएको महाधिवेशनमा २ प्रतिवेदन पास, बिधान संसोधन अक्टुवरमा मात्र

एनआरएनए महाधिवेशन: ३.०८% सहभागी, ९२% Nay, ८% Yea, अनि सर्वसम्मत

गैरआवासीय नेपाली नागरिकताको घोषणा हेर्न तलको यूट्यूब भिडियो हेरौ:

https://www.youtube.com/watch?v=rSCCyclARX8

गैरआवासीय नेपाली भनेका नेपाली मुलका बिदेशी, पिआर, ३ वर्ष भन्दा धेरै विदेश बसेका मात्र हुनुपर्छ