श्रीस्वस्थानी व्रत कथा अध्याय २८

Hollywood Khabar February 21,2024 Comments

श्रीस्वस्थानी व्रत कथाको सत्ताईसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ हे अगत्स्य मुनी ! तहां उप्रान्त डोलेहरू भन्दछन्- हे महारानी !

स्वर्गका अप्सराले स्वस्थानीको परमेश्वरको व्रत गर्न लागेका देख्यौं र उनका संसर्गमा हामीले पनि व्रत गर्न लाग्यौं र विलम्ब भयो, क्षमा गर्नुहओस्, तपाईंलाई पनि श्रीस्वस्थानी परमेश्वरीको प्रसाद ल्याईदिएको छ, लिनुहओस् भनी डोलेहरूले भनेको वचन सुनी चन्द्रावती अति क्रुद्ध भई लाल-लाल आंखा गरी दाह्रा किटी नागले श्वास फेर्दा झैं सुस्केरा हाली मत्ता हात्ती रिसाउंदा ठूलो स्वरले गर्जना गरिन् ।भन्ने आदि कुराको विस्तार गर्नुभयो ।अब अठ्ठाईसौं अध्यायमा कुमारजीले अगस्त्य मुनीलाई कुन कुराको व्याख्या गर्नुहुन्छ ।बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानी व्रत कथाको अध्याय २८ सुनेर लाभ प्राप्त गरौं ।

पण्डित रामबाबु लुइटेलका प्रवचनहरु:श्रीस्वस्थानी व्रत कथाका अरु भागहरु हेर्न तलको लिंक क्लिक गर्नुहोस: