-एनआरएनएमा परराष्ट्रको निर्देशन छलेर पदावधि बढाउने दाउ, समाचार विश्लेषण

एनआरएनएमा परराष्ट्रको निर्देशन छलेर पदावधि बढाउने दाउ, समाचार विश्लेषण

Hollywood Khabar October 14,2021 Comments

काठमाडौँ, अक्टुवर १४, २०२१

तपाईहरु सबैले छट्टु स्याल र चल्लाको कथा त पढ्नु, सुन्नु भएकै होला। कथा अनुसार एउटा छट्टु स्यालले पहिले चिल आयो, चिल आयो भनेर हुइयाँ मच्चाउंछ। अनि सबै गाउँलेहरुले आकाश तर्फ हेरेको मौका छोपेर सुटुक्क चल्ला लिएर टाप कस्छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान नेतृत्वले त्यही कथा हुबहु दोहोराउन खोजिरहेको धेरैले आशंका गरेका छन् ।

गैरआवासीय नेपाली संघले आउदो अक्टोबर २३-२५ मा काठमाडौँमा दशौं महाधिवेशन गर्ने र त्यो भन्दा अगावै चुनाव गर्ने गरी मिति तोकेको थियो। तर संघको १८ वर्षे इतिहासमै पहिलो पटक महाधिवेशन पछि सरेको छ भने चुनाव अनिश्चित बन्न पुगेको छ।

गत अगष्ट महिनामा एनआरएन अमेरिकाका सल्लाहकार बेद खरेल, संघकी पूर्व केन्द्रीय सचिव जानकी गुरुङ तथा मानार्थ आइसीसी सदस्य शनि कुमार ओलीले महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स) हरु छनोट गर्दा व्यापक धांधली गरिएको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी दिएका थिए। संघका उपाध्यक्ष, आइसीसी सदस्यहरु तथा क्षेत्रीय संयोजक लगायतले पटक पटक केन्द्रलाई लेख्दा पनि कुनै सुनुवाई नभएकाले वाध्य भएर परराष्ट्र पुग्नु परेको उनीहरुले बताए।

त्यस पछि परराष्ट्र मन्त्रालयले एक समिति गठन गरेर, झन्डै १ महिना लगाएर, गत साता एनआरएनएलाई तीन बुंदे निर्देशन दियो।

तर यही अक्टोबर १८ मा दुइ वर्षे कार्यकाल पुरा गर्न लागेका अध्यक्ष कुमार पन्त परराष्ट्रको निर्देशन कार्यान्वयन गर्नु भन्दा आफ्नो कार्यकाल बढाउने चलखेलमा लागेको पाइएको छ। कार्यकाल बढाउन चलखेल संघको केन्द्रीय सचिवालयले दशैंको बिदाको बीचमा शनिबार, १६ अक्टोबर, अन्तर्राष्ट्रिय समन्वय परिषदको बैठक बोलाएको छ। अध्यक्ष पन्तले बैठकले आइसीसीको म्याद ६ महिना थप गरिदिए डिसेम्बर २०२१ भित्रै महाधिवेशन र चुनाव गर्ने प्रस्ताव गर्न लागेको उनी निकट सूत्रले जनाएको छ। तर संसारभरिबाट आइसीसी सदस्यहरुको चुनाव भैसकेकाले पुरानो आइसीसीको म्याद बढाउनु भन्दा नव निर्वाचित आइसीसी सदस्यहरुलाई शपथ ग्रहण गराई उनीहरुलाई बहाल गर्नुपर्ने माग बढदै गएको छ।

यसै बीच अध्यक्ष पन्त निकट केही अनलाइनहरुले परराष्ट्र मन्त्रालयले एनआरएनए कब्जा गर्न खोजेको, केन्द्रीय समिति भंग गरी प्रमुख संरक्षक शेष घलेलाइ जिम्मा दिन लागेको जस्ता काल्पनिक र आधारहीन हौवा फैलाइ रहेका छन्।

परराष्ट्र मन्त्रालयलाइ अहिले आएर एनआरएनए कब्जा गर्नुपर्ने कुनै औचित्य र आवश्यकता छैन। परराष्ट्र मामिलाबारे जानकार एक पूर्व कूटनीतिज्ञले भने। एनआरएनए भित्र धांधली भयो, विधानको पालना गरिएन, केन्द्रले सुनुवाइ गरेन भन्ने लिखित उजुरी परेकाले परराष्ट्रले छानबिन गरेर निर्देशन दिएको हो। परराष्ट्र आफै एनआरएनएको विषयमा सोधखोज गर्दै पुगेको होइन।

परराष्ट्रको निर्देशन जापान र जर्मनी लगायतका मुलुकहरुमा विधान विपरीत विद्यार्थीहरुलाई सदस्यता दिएको र सोही सदस्यताका आधारमा मतदानमा सहभागी गराएको पाइएपछि मन्त्रालयले ती देशको निर्वाचन बदर गर्न निर्देशन दिएको छ।

एनआरएनएको विधान अनुसार विद्यार्थी भिसामा रहेकाहरुले सदस्यता लिन पाउँदैनन्। जापानका अधिकांश उम्मेदवारहरुले गत जुलाई महिनामै केन्द्रमा लिखित उजुरी दिंदै चुनावमा व्यापक धांधली गरिएको आरोप लगाएका थिए। पछि एउटा स्वतन्त्र छानबिन समितिले काठमाडौँस्थित केन्द्रीय सचिवालयका कर्मचारीहरु प्रयोग गरेर, एमआइएस प्रणाली दुरुपयोग गरेर, चुनावमा धांधली गरिएको प्रमाणहरु फेला पा-यो। तर तीन महिना सम्मपनि अध्यक्ष पन्तले दोषीहरुलाई कुनै कारवाही गर्नु त परको कुरा त्यो विषयमा छलफल गर्न कुनै बैठक पनि बोलाएनन्। बरु उल्टै उजुरीकर्ताहरुलाई सरसल्लाह गरेर समस्या सुल्झाउनोस् भन्दै दबाब दिइरहे।

दर्जनौं लिखित उजुरी पर्दा पनि तिनलाई सम्बोधन गर्ने तर्फ अध्यक्ष पन्त र उहांको टिमले खासै चासो देखाएन। अब अहिले म्याद थप्दैमा सर्वसम्मत समाधान आउला भनेर विश्वास गर्ने कुनै आधार छैन, एनआरएनएका युरोप क्षेत्रीय संयोजक तथा २०२१-२३ का लागि सचिव पदका उम्मेदवार नारायण आचार्यले भने। अर्को कुरा केन्द्रीय सचिवालयका अधिकांश पदाधिकारीहरु आफै उम्मेदवार भएका कारण पनि निस्पक्ष रूपले विवाद समाधान हुने कुरा सहज देखिंदैन। त्यसकारण पनि विधानले व्यवस्था गरेको र संघले चिनेको माथिल्लो निकाय भनेको संरक्षक परिषद् छ। त्यसैले अब ढिला नगरीकन संरक्षक परिषद्लाई नै समस्या समाधान गरी चुनाव समेत गराउने जिम्मा दिनु नै उत्तम विकल्प हुन सक्दछ। तर केही साथीहरुको नियत संरक्षक परिषद्मा रहेका अग्रजहरुलाई विवादित गर्ने देखिन्छ, यो हाम्रो जस्तो संस्थाको लागि दुर्भाग्य हुन सक्दछ, आज एक पक्षले शेष घलेको विरोध गर्न थालेपछि भोलि अर्कोले उपेन्द्र महतो, जीवा लामिछानेको विरोध गर्न लाग्छन् अनि कहाँ जान्छ एनआरएनएको शाख ? यहाँ त आज जसरी पनि खाउँ भोलि जे सुकै होस् भन्ने सोच भएका व्यक्तिहरू हावी भए, यसले एनआरएनएलाई बर्बादीतिर धकेल्दै लगेको छ, उनले भने ।

अब निकास के?

संघका केन्द्रीय उपाध्यक्ष सोनाम लामा म्याद थप्ने होइन, संरक्षक परिषदलाई जिम्मा दिएर छिटो भन्दा छिटो चुनाव गराउनु पर्ने बताउंछन् । परराष्ट्रले हस्तक्षेप गरेको भन्ने कुरा गलत हो। अहिले सबै लागेर संस्था जोगाउनु पर्छ, उनले भने। गत आइतबार एनआरएनए युकेको अल्डरशटस्थित नयां कार्यालयको उद्घाटन पछि बोल्दै संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक शेष घलेले आवश्यक परे आफुहरु समस्या समाधान गर्न तयार रहेको बताए।

प्रमुख संरक्षक घलेले भने, यदि हामीलाई जिम्मेवारी आयो भने, यदि त्यस्तो केहि भयो भने आउंदो १ या २ महिनामा हामीले यो समस्याको समाधान गरेर, महाधिवेशन बोलाएर नयाँ नेतृत्व चुन्ने प्रक्रिया पनि शुरु गर्न सक्छौं ।

सोही समारोहमा बोल्दै एनसीसी अमेरिकाका पूर्व अध्यक्ष तथा २०२१-२३ का लागि महासचिव पदका उम्मेदवार डा केशव पौडेलले अहिलेको नेतृत्वको असक्षमताले गर्दा महाधिवेशन र चुनाव अनिश्चित बन्न पुगेको बताए। उनले संरक्षक परिषद्को बैठक बोलाएर छिटो भन्दा छिटो चुनाव गराउन माग गरे। महाधिवेशन र चुनाव गराउन असफल भए पछि माफी मागेर बिदा हुनु पर्नेमा एनआरएनएको वर्तमान नेतृत्व आफ्नै कार्यकाल बढाउने चलखेलमा लाग्दा थप विवाद निम्तिने देखिएको छ।

संबन्धित थप चमाचार

एनआरएनएको रोकिएको महाधिवेशन, संरक्षक परिषद, एनसीसी अध्यक्ष भेला र विकल्पहरु

एनआरएनएको विवाद समाधान गरी निर्वाचन गराउन संरक्षक परिषद् तयार र सक्षम छ

एनआरएनहरुको महाधिवेशन सर्ने, चुनाव हार्नेको बितण्डा र हण्डीकारको नाङ्गो हर

परराष्ट्रको चिठी:एनआरएनए जापान र जर्मनीमा चुनाव, युके र अमेरिकामा नपर्ने, समाचार विश्लेषण

विधान विपरितका काम तत्काल सच्याउन एनआरएनएलाई परराष्ट्रको निर्देशन, समयमै महाधिवेशन गरौँ

एनआरएनलाइ परराष्ट्रले भन्यो:महाधिवेशनका ६५ प्रतिशत खारेजी, पुरानो चलन अनुसार लिनु

एनआरएनए अध्यक्षका उम्मेदवार आचार्यको ५ लाख पंजीकृत सदस्य सहितको प्रतिबद्धता सार्वजनिक

एनआरएनएमा जे गर्छ अमेरिकाले गर्छ, अमेरिकालाई उपेक्षा होइन अपेक्षा गर्नुपर्छ, आचार्य

एनआरएनएमा संकटकाल, जिम्मेवारीमा संरक्षक परिषद विकल्पमा एनसीसी अध्यक्ष भेला

एनआरएनएमा संरक्षक परिषद सक्रिय भएको अवस्था छ, यो भनेको संकटकाल जस्तै हो

एनआरएनए आचार्य-पौडेल चुनाव प्रचार गर्न ३०१ सदस्य नर्थ-साउथ अमेरिका कमिटी गठन

एनआरएनए अध्यक्षमा आचार्य र महासचिवमा डा पौडेल प्यानलको उम्मेद्वारी घोषणा, नाम सहित

गैरआवासीय नेपाली संघको चुनावमा आचार्य-पौडेल समूहलाई नर्थ अमेरिका क्षेत्रको व्यापक समर्थन

गैरआवासीय नेपाली संघको निर्वाचनमा कुल आचार्यको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा सभा

एनआरएनए उम्मेदवारहरुको आचार्य-पौडेल प्यानलमा पर्न दौड सुरु, नाम सहित

एनआरएनए विवाद परराष्ट्रले नै हेर्ने हो, सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार ग-यो

एनआरएनए निर्वाचन अक्टुवर २० मा, भेण्डर फाइनल; प्रेस विज्ञप्ति

एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा अक्टोबर २३-२५ मा हुने

एनआरएनएलाई नेपाल र बाहिर प्रतिष्ठित, मर्यादित, सम्मानित र गौरवशाली बनाउनु पहिलो काम:कुल आचार्य

परराष्ट्रले एनआरएनएलाई सोध्यो, विद्यार्थीलाई पंजीकृत सदस्य बनाएर भोट हाल्न किन दिएको?

गैरआवासीय नेपाली संघमा राजनीति गर्नुहुन्न भन्नेहरुले नै राजनीतिक हस्तक्षेप निम्त्याए

गैरआवासीय नेपाली संघलाई मर्यादित बनाउन खबरदारी गर्नुपर्छ:कुल आचार्य

एनआरएनएका सबै तहका महाधिवेशनका बाँकी गतिबिधि रोक्न पराराष्ट्र मन्त्रालयको निर्देशन

खुलेर आचार्य टिमलाइ सपोर्ट नगर्नेहरु प्यानलमा नपर्ने, टिमको लिष्ट सहित

एनआरएनए, ५ लाख सदस्य, १०० एनसीसी पुर्याउने आचार्यको घोषणा, नागरिकताको कार्यान्वयन सर्वोच्च

गैरआवासीय नेपाली संघ अध्यक्षका प्रत्यासी कुल आचार्यलाइ डेढ दर्जन प्रश्न गर्दा

गैरआवासीय नेपाली संघको १० औं अन्तराष्ट्रिय महाधिवेशनमा चुनावी टक्कर