-एनआरएनए अमेरिकाका २९ राज्य च्याप्टरबाट प्रतिनिधि हटाएकोमा अध्यक्ष पन्तको ध्यानाकर्षण

एनआरएनए अमेरिकाका प्रतिनिधि हटाएकोमा २९ राज्य च्याप्टरद्वारा अध्यक्ष पन्तको ध्यानाकर्षण

Hollywood Khabar September 08,2021 Comments

सेप्टेम्बर ८, २०२१

 

श्री कुमार पन्त ज्यू

अध्यक्ष

गैरआवासीय नेपाली संघ

विषय : ध्यान आकर्षण

हामी सबैजना गैरआवासीय नेपाली संघ अन्तरािष्ट्रय समन्वय परिषद्को १० औ महाधिवेशनको सङ्घारमा छौँ। सबै राष्ट्रिय समन्वय परिषद्हरूले आफ्नो देशबाट आइसीसी डेलिगेट्सहरुको नाम आइसीसीमा पठाइसक्नु भएको छ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाले पठाएको आइसीसी डेलिगेट्सहरुको लिस्टमा २५ प्रतिशतको नाम हटाएर प्रकाशित गरेको देखिएको छ। यसमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका माताहतका राज्यच्याप्टरमा निर्वाचितहरुले आफूहरु मध्यबाट बैठक चुनेर पठाइएका आइसीसी प्रतिनिधिहरूको नाम समेत हटाईएको देखिन गएको छ।

अमेरिकाका ५० राज्यहरु मध्ये एनअरएनए एनसीसी अमेरिका अन्तरगत रहेका २९ वटा च्याप्टरहरूले एनसीसीको विद्यमान विधान र विधिपूर्वक पठाएका प्रतिनिधिको नाम हटाईएकोमा हाम्रो घोर आपत्ती रहेको कुराजानकारी गराउँद छौ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाले ९ अगष्टमा विधान अनुरूप च्याप्टरहरुबाट एकजना आइसीसी डेलिगेटस पठाउन गरेको पत्राचार अनुसार नै च्याप्टहरुबाट प्रक्रियागत ढङ्गले एक जना आइसीसी डेलिगेटस पठाइएको स्मरण गराउन चाहन्छौँ। च्याप्टरबाट प्रतिनिधित्व गर्ने २९ जना र क्षेत्रगत रूपमा निर्वाचित १८ जना गरी ४७ जना अर्थात् अमेरिकाबाट २५ प्रतिशतको नाम प्रकाशित नहुनुको कारण स्पष्ट गर्न सम्बन्धित सबैको ध्यान आकर्षित गराउन चाहन्छौँ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकामा थोरै सदस्य भएको एउटा च्याप्टरमा जति पनि सदस्य नभएका थुप्रै देशलाई राष्ट्रिय समन्वय परिषद्को मान्यता दिएर ठुलो सङ्ख्यामा प्रतिनिधि लान सक्ने आइसिसीले एनसीसी अमेरिकाकोले च्याप्टरबाट प्रतिनिधित्व गराएका एक-एक जना प्रतिनिधिलाई कुनै पनि बहानामा हटाउन खोज्नु दु:खद पक्ष हो।

एनसीसी अमेरिकाले च्याप्टरबाट समेत सहभागी गराएर पठाएको आइसीसी डेलिगेटस लिस्टलाई आइसिसीले मान्यता दिनुपर्छ भन्ने हाम्रो जोडदार माग रहेको छ। च्याप्टरहरूको मागलाई बेवास्ता गरिएमा आइसीसीका कार्यक्रमलाई समेत च्याप्टरहरूले सहयोग गर्न नसकिने अवस्था निर्माण हुनसक्ने तर्फ समयमा नै सचेत गराउन चाहन्छौँ।

धन्यवाद

च्याप्टर अध्यक्षहरू

  1. Ang Tshiring Sherpa - NY
  2. Bal Rai - NV
  3. Basudev Bhatt - NC
  4. Bikash Devkota - FL
  5. Bimal Adhikari - NE
  6. Bivek Jha. - MN
  7. Dilip Kumar Baniya-GA
  8. Dipak Thapa - WI
  9. EKA DEV SHARMA - CA
  10. Ganga Acharya - NM
  11. Indara K Chaudhary - IL
  12. Jyoti baral. - IA
  13. Santosh Kaji Thapa - TN
  14. Kamal Dhungana - NH
  15. Keshav Lohani. - KY
  16. Khem Raj Khatiwada - IN
  17. Laxman Darlamee. - OR
  18. Mohan Neupane. - OH
  19. Muna Tiwari. - CT
  20. Philip KC. - KS
  21. Prem Tamang. - MA
  22. Raju Parajuli. - MD
  23. RC Panta. - CO
  24. Subhash K Baitha - PA
  25. Subodh Regmi. - VA
  26. Surya Tiwari. - NJ
  27. Tanka dahal. - WA
  28. Tulshi Shiwakotee - MI

बोधार्थ

सचिबालय

  • गैरआवासीय नेपाली संघ अन्तरािष्ट्रय समन्वय परिषद्
  • अध्यक्ष गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका

संबन्धित समाचार

गैरआवासीय नेपाली संघमा विदेशमा बस्ने नेपाली र नेपाली मुलका बिदेशीको बिषय प्रवेश हुन्छ

https://www.hollywoodkhabar.com/nrna10th-deligets-primarylistcontronrna

एनआरएनए बिधानको अपव्याख्या, ६५% महाधिवेशन प्रतिनिधि २०२१ को एनसीसीले गर्ने हो

एनआरएनएका महासचिवको संलग्नतामा अमेरिकाको डाटा दुरुपयोग, रिपोर्टिङ्ग हुने

गैरआवासीय नेपाली संघ अमेरिकाको लोगो र नाम दुरुयायोग भएकोमा एनसीसीको ध्यानाकर्षण

एनआरएनएको इतिहासमा असफल महासचिव डा शर्मा, प्रसङ्गमा ८ र १२, अपसगुन कुरा

नेपाली राजदूतावास अमेरिकाको आयोजनामा ब्रेनगेन कार्यक्रम सम्पन्न

एनआरएनए अमेरिकाको २५% प्रतिनिधिमा राज्य च्याप्टर सहभागी गराउने सहमति

एनआरएनएको सदस्य बन्ने एमआइएसमा चरम दुरुपयोग, सर्वत्र बिरोध, अध्यक्ष पन्त मौन

एनआरएनए युरोप संयोजक आचार्यले MIS मा चरम दुरूपयोग भएको भन्दै अध्यक्ष पन्तलाइ पत्र लेखे

एनआरएनए जापानको १७०० सदस्य एमआइएसबाट हेरफेरी, जवाफ कुनचाहिँ राजले दिने?

एनआरएन विश्वो सम्मेलन तथा १० औँ साधारणसभा अक्टोबर २३-२५ मा हुने

एनअरएनए बहराइनमा चुनावी नाङ्गो नाँच, अध्यक्ष पन्तज्यू जवाफ दिनुहोस, एकापक्षद्वारा बहिस्कार

गैरआवासीय नेपाली संघको विधानमा महासचिवको मनपरी व्याख्या

एनआरएनएका बैधानिक महासचिव डा शर्माले अबैधानिक तनाव दिन थाले

एनआरएनए अमेरिकाको सभा, उपाध्यक्ष डा के सीको धम्कि, बिधान रोक्न सर्वोच्चमा पिटिशन हुने

एनआरएनएका बैधानिक महासचिव डा शर्माले अबैधानिक तनाव दिन थाले

एनआरएनए एनसीसी अमेरिकाको चुनाव रोक्न माग गर्दै अदालतमा मुद्धा, महासचिव शर्माको संलग्नता

एनआरएनए:बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध, महासचिव शर्मामाथि छानविन गरिने

एनआरएनएले अमेरिकाको सदस्यता मात्र छानविन गर्ने कि बेलायतको पनि

एनआरएनए:हाम्रो काममा प्रश्न उठाउनेजति सबैलाई कारबाही हुनुपर्छ अध्यक्षज्यू

एनआरएनए ILO प्रोजेक्ट अनियमितताको पराकाष्ट, ९५७ जनालाई १९ लाख भुक्तानी

एनआरएनए ILO प्रोजेक्ट:७० लाखको अर्को प्रश्न, ILO ले आफ्नै अडिटर पठाउन माग

एनआरएनए ILO प्रोजेक्टको यूएइपछि एनआरएनको साउदीमा अर्को घोटाला

एनआरएनए ILO प्रकरण, एनसीसी यूएइका अध्यक्ष र उपाध्यक्ष निलम्बित

एनआरएनए ILO प्रोजेक्ट अनियमितता छानविन कमिटी नै शंकास्पद

गैरआवासीय नेपाली संघ:अनियमिततामा शून्य सहनशीलता, छानविन र अडिट दुवै गर्छु, कोषाध्यक्ष श्रेष्ठ

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय संयोजक प्रविन गुरुङको विज्ञप्ति

एनआरएनएको ILO प्रोजेक्ट विवादबारे मध्यपूर्व क्षेत्रीय उपसंयोजक गोर्खालीको ध्यानाकर्षण

एनआरएनएको बिधान: महाधिवेशनमा १ जना मात्र उपस्थित भए पनि गणपुरक हुने

एनआरएनए महासचिव डा शर्मा विभेदकारी, भाइगिरी बढ्यो, अधिकार माथि प्रतिबन्ध

एनआरएनएका निरिह १३८ जना परिषद सदस्यलाइ महाधिवेशनबारे एक दर्जन प्रश्न

एनआरएनए महाधिवेशनमा प्रतिनिधिलाइ उपस्थित हुन नदिने सड्यन्त्र महासचिव डा शर्माको

एनआरएनए बिशेष महाधिवेशनमा प्रतिनिधि निषेध गर्नेलाइ कारबाही हुनुपर्छ, महाधिवेशन भनेको के हो

एनआरएनएको महाधिवेशनमा २ प्रतिवेदन पास, बिधान संसोधन अक्टुवरमा मात्र

एनआरएनए महाधिवेशन: ३.०८% सहभागी, ९२% Nay, ८% Yea, अनि सर्वसम्मत

गैरआवासीय नेपाली नागरिकताको घोषणा हेर्न तलको यूट्यूब भिडियो हेरौ:

https://www.youtube.com/watch?v=rSCCyclARX8

गैरआवासीय नेपाली भनेका नेपाली मुलका बिदेशी, पिआर, ३ वर्ष भन्दा धेरै विदेश बसेका मात्र हुनुपर्छ