श्रीस्वस्थानी व्रत कथा अध्याय ३०

Hollywood Khabar February 22,2024 Comments

श्रीस्वस्थानी व्रत कथाको उनन्तीसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ हे अगत्स्य मुनी! तहां उप्रान्त चन्द्रावती ब्राम्हणीले शाली नदीमा बगाएका आठ रोटीमा चार रोटी नागिनीले पाएर हातमा लिई यी रोटी कस्ले बगाएछ, मेरा स्वामी घर छैनन्, बाह्र वर्ष भयो, के जानी कता गइरहेछन्, उनलाई नख्वाई एक्लै कसरी खाउॅं, कहां बसिरहेछन्,खबर गरुं।

दुई रोटी बांडी खाऔंला भनी गण्डकी नदी नाला सबै ठाउंमा खबर गर्दै गइन् ।तीआठ रोटीमा चार रोटी नागले पाए र कस्ता अपूर्व रोटी पाएं यी रोटी मेरी स्त्रीलाई नख्वाई म एक्लै कसो गरी खाउॅं, म परदेश आएको पनि बाह्र वर्ष भयो, अब घर गई २।२ रोटी बांडी खाऔंला ।भन्ने आदि कुराको विस्तार गर्नुभयो।अब तीसौं अध्यायमा कुमारजीले अगस्त्य मुनीलाई कुन कुराको व्याख्या गर्नुहुन्छ ।बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानी व्रत कथाको अध्याय ३० सुनेर लाभ प्राप्त गरौं।

पण्डित रामबाबु लुइटेलका प्रवचनहरु:श्रीस्वस्थानी व्रत कथाका अरु भागहरु हेर्न तलको लिंक क्लिक गर्नुहोस: