श्रीस्वस्थानी व्रत कथा अध्याय ३१

Hollywood Khabar February 23,2024 Comments

श्रीस्वस्थानी व्रत कथाको तीसौं अध्यायमा कुमारजी आज्ञा गर्नुहुन्छ हे अगत्स्य मुनी ! तहां उप्रान्त चन्द्रावतीले गोमा रानी र नवराजलाई प्रणाम गरिन् र नवराज राजाले सम्मान गरी बिछ्याउंनामा बसाली चन्द्रावतीछेउ सुध्याए- हे स्त्री ! तेरो मुख नदेखेको पांच वर्ष भयो, ल्याउंन भनी डोलेहरू गएथे, उनी पनि फिरेनन्, तैंले पनि किन विलम्ब गरिस् ?

म राजा भएको चाल पाइनस् कि ? मैंले ता राज्यको कार्यबोझले तॅंलाई बिर्सिराखेको थिएं, फेरी शाली नदीका तीरमा आई किन एकलै बसिस् ? मलाई ता लावण्य देशका जनले भने र पो थाहा पाएं, औ तॅं पनि अघिकी जस्ती छैनस्, बडी तेजवती भैछस्, वृतान्त सुना । भन्ने आदि कुराको विस्तार गर्नुभयो ।अब एकतीसौं अध्यायमा कुमारजीले अगस्त्य मुनीलाई कुन कुराको व्याख्या गर्नुहुन्छ ।बांकी प्रसंगको लागी पं. रामबाबु लुइटेलद्धारा प्रस्तुत स्वस्थानी व्रत कथाको अध्याय ३१ अन्तिम अध्याय सुनेर लाभ प्राप्त गरौं।

पण्डित रामबाबु लुइटेलका प्रवचनहरु:श्रीस्वस्थानी व्रत कथाका अरु भागहरु हेर्न तलको लिंक क्लिक गर्नुहोस: